Posts

भगवान श्रीकृष्णकाे तुलादान

Image
पाैराणिक प्रसंग;           जब सत्यभामाकाे अहंकार हट्याे .... श्रीकृष्णका आठ पत्नीहरु (रुक्मिणी, जाम्बवन्ती, सत्यभामा, कालिन्दी, मित्रबिन्दा, सत्या, भद्रा र लक्ष्मणा) मध्येकी एक सत्यभामालाई उनको पुण्यक व्रतकाे समापनकाे क्रममा पुरोहितकाे रूपमा रहेका नारदजीले आफ्नाे सबैभन्दा प्रिय वस्तु दानका लागि संकल्प गर्न भन्नुभयो । सत्यभामाले भूलवश श्रीकृष्णलाई नै आफ्नो प्रिय वस्तुको रुपमा दान संकल्प गर्न पुग्नुहुन्छ । याे दानका कारण भगवान श्रीकृष्ण नारदजीकाे अधिनमा (दास) हुनुभयो । दानपछि आफ्नोे गल्ती महसुस गरेर नारदजीसंग सत्यभामा श्रीकृष्ण आफूलाई फर्काईदिन अनुराेध गर्नुहुन्छ । याे सुनेर नारदजीले “दानमा दिएको वस्तु फिर्ता गर्न नमिल्ने तर यस्काे बदलामा आफूलाई अरु नै केही दिन तयार भएमा फर्काउन सक्छु” भन्नुभयो । नारदजीबाट यस्तो मुरा सुनेपछि सत्यभामा खुशी भएर भन्नुहुन्छ “साँच्चै फिर्ता गर्नुहुन्छ त मुनिवर ?” नारद भन्नुहुन्छ “हाे देवी, आफ्नो पतिमाथि तपाईंको यति गहिराे प्रेम भावना देखेर मेरो मन पग्लियाे र मैले श्रीकृष्णलाई मुक्त गर्ने निश्चय गरें । तर यस्काे बदलामा केही मूल्य म...

मेरी आमा र ईश्वर

Image
देवता कस्ता हुन्छन् ? खै, मैले देवता देखेको छैन आजसम्म ! तर लाग्छ मलाई  उनी मेरी आमा जस्तै होलान्  मलाई चोट लाग्दा रुने, म रुँदा फकाउने , नराम्रै भएतापनि मेरा अनुहारलाई  संसारकै सुन्दर ठान्ने, चुहिने झुपडीमा बस्ने मलाई  राजा भनेर बोलाउने ! देवता त सर्वज्ञानी हुन्छन् रे शायद मेरी आमा जस्तै होलान् ! मैले बोल्न नजान्दा पनि  मेरा मनका कुरा बुझ्ने  मलाई भोक लागेको,  पीडा भएको, र, मेरा हरेक आवश्यकता मैले नभन्दा पनि बुझ्ने !! ईश्वरले पालनपोषण गर्छन् रे मेरी आमाले पनि गर्थिन् आफ्ना छाती चुसाएर ! ईश्वरले प्रेम सिकाउँछन् रे मेरी आमाले पनि सिकाउँथिन् पशुपंक्षी र बोट बिरुवालाई समेत मायां गर्नुपर्छ भन्थिन् ! ईश्वरले सुरक्षा गर्छ रे मेरी आमाले पनि गर्थिन् पाइला पाइलामा कवच बनेर ! अनि, के फरक होला त ईश्वर र मेरी आमाका बिचमा ? पक्कै पनि मेरी आमा र ईश्वर  उस्तै–उस्तै होलान् ! त्यसैले त होला, आमा बित्नुभएको आज बर्षाैं पछि पनि कतै ठेस लाग्दा म उहाँलाई नै सम्झेर ' आमा ...' भन्छु !! ✍ मुरारीराज मिश्र    (कुमारीगाल, कामपा– ७)

एक्काइस झर

  १. खम्बा जस्तै भयाे जिन्दगी, जेलिएका छन् समस्याका तारहरू ! २. भ्यागुताहरू कराउने बेलामा, काेइलीकाे के काम  ! ! ! ३. सपना देख्न निदाउनुपर्छ हजुर, खुला आँखाले त संसार मात्रै देखिन्छ ! ४. शब्दको पनि स्वाद हुन्छ, बाेल्नुअघि चाखाैँ ! मीठो लागे मात्रै बाेलाैँ, नत्र आफैँ राखाैँ !! ५. ओखती हाे तिम्राे मुस्कान दिनभरिकाे मेराे थकान बिर्साउँछ ! ६. आँखाकाे आँसु लुकाऊँ, ढाेका खाेल्दा मुस्कुराऊँ ! ७. पीडा त सबैको एउटै नै हुन्छ हजुर, कोही आँसु झार्छन्, कोही हाँसेर टार्छन् !! ८. दियाे निभ्नुमा ‘हावा नै दाेषी’ नहुन सक्छ, झट्टै आराेप नलगाऊँ ‘तेल सकिएको’ हुनसक्छ ! ९. जिब्रो तरबार त हाेइन, तर यस्ले मुटु चिर्न सक्छ ! १०. कस्तो अचम्म ! आँखा एउटाकाे, आँसु भरिदिन्छ अर्काले !! ११. मन तृप्त हुँदा एक थाेपा पानी पनि वर्षातझैँ लाग्छ, अतृप्त मनले त पूरै समुद्र पनि कम नै ठान्छ ! १२. अभावमा पनि खुशीहरू भेटिन्थे पहिले, सम्पन्नता छ तापनि खुशी भेटिन्न अचेल ! १३. काटिनु छ भन्ने थाहा हुँदाहुँदै पनि उड्न छाेड्दैन ! वास्तवमा, जिउने कला त चङ्गाले पाे सिकाउँछ !! १४. घडी त सस्तैमा पाइन्छ हजुर, समय पाे महङ्गो छ त !! ...

उद्धव-श्रीकृष्ण संवाद

Image
  उद्धव-श्रीकृष्ण संवाद   एकपटक कुराकानीकाे क्रममा द्राैपदीकाे चीरहरण र जुवा खेलकाे प्रसंग चल्दा उद्धवजीले श्रीकृष्णसंग भन्नुभयाे : पाण्डवहरुलाई आफ्नाे बन्धुबान्धव भनेर नथाक्ने तपाँईले उनीहरूलाई जुवा खेल्नबाट सुरुमै किन राेक्नु भएन ? त्यसै कारणले द्राैपदीमाथि घाेर आापत आईपर्‍याे, एउटी नारीकाे हुनुसम्म बेइज्जत भैसके पछि लाज ढाक्न वस्त्र दिएर उनकाे मान रह्याे त ? संकटमा आफन्तकाे मद्दत नगर्ने हाे भने आफन्त हुनुकाे के अर्थ हुन्छ र ? श्रीकृष्णले मुस्कुराउँदै भन्नुभयाे : प्रिय उद्धव, सृष्टिको नियम याे छ कि, विवेकवानले नै संधै जित्ने गर्छ । त्याे समय दुर्याेधनसंग विवेक थियाे उस्ले जित्याे, विवेक नभएकाे कारण धर्मराज युधिष्ठिरले हार्नुपर्‍याे ! अचम्मित भएर उद्धवले भने- दुर्याेधनसंग पनि विवेक !!!!  त्याे सुनेर कृष्णले अगाडि भन्नुभयो : हेर उद्धव, दुर्याेधनसंग जुवा खेल्न धन, सम्पत्तिकाे कुनै कमी थिएन । कमी याैटै थियाे र त्याे उ जान्दथ्याे कि उस्लाई राम्ररी जुवा खेल्न  आ उँदैन भनेर । त्यसैले उस्ले आफ्नाे तर्फबाट जुवा खेल्नमा पारङ्गत मामा शकुनिलाई खेलाए । अर्कोतर्फ धर्मराज युधिष्ठ...

हाइकुहरु

 माैसम जस्तै धुम्मिए मनहरु नाता टुट्दैछन् !९-२० मुसुक्क हाँस्याे निदाएको हिमाल घामले छुँदा ! ९-२५ जिब्रो थुतिन्छ प्रश्न गर्न थालेमा माैन रहनु !९-२५ बर्षा राेकियाे बलेसी तप्किंदैछ यी अाँखा जस्तै !९-२६ माैन अाँखाले धेरै कुरा भनेथे बुझ्याै बुझिनाै !!९-२६ कैले त बुझ मनका कुरा पनि बाेल्नै पर्छ र !९-२७ कता हराए लमतन्न बगर मुस्काए घर  १०-०१ तिमीझैं लाग्छ माघकाे घाम पनि नछाेडाैं जस्तो !१०-३ अन्न पिंध्दैन बिग्रिएकाे जाँताेले हाताे थन्कियाे १०-१६ भवँरा थुन्यो फूलले आफूभित्रै माया पोखियो ! १०-१७ अचम्म दृश्य रमिता छ देशमा मान्छे भुक्दैछन् ! १९-१८ हुस्सु अाेढेर शीतको बिछ्यौनामा निदाइन् धर्ती ! १०-१८ लजाईन् धरा बर्षाले नुहाएर ऋतुकाल झैँ ! १०-२५ तिम्रो स्पर्शले मात्तिएछ बतास सुगन्ध चल्यो ! ११-०३ काेल्टे फेर्दैमा छर्लङ्ग बित्यो रात थाकेनन् अाँखा ! ११-११ लाज लाग्दैन नाङ्गै भैसक्दा पनि तब पाे नेता ! ११-१७ बिहानी भित्र विलीन भयाे रात दिन जन्मियाे !१२-८ लुसुक्क निस्क्याे किन अाज बिरालाे दूध फाटेछ ! १२-०८ । रङ्ग भर्दैछ सिउँदाेमा वसन्त लजाईन् ...

दुई भजन

 आऊ आऊ साथी संगी, पशुपति जाऊँ ! बाग्मतीकाे तिरमा बसी, शिव भजन गाऊँ !! भुत प्रेत साथ लिई बस्दछन् शिव, बाघ छाला कम्बरमा कस्दछन् शिव, तड्कभड्क केही छैन भाेले शम्भुमा, चिता भस्म घसी हिड्छन अङ्ग-अङ्गमा ।।                आऊ आऊ साथी संगी, पशुपति जाऊँ !                बाग्मतीकाे तिरमा बसी, शिव भजन गाऊँ !! नागमाला गलाभरी लाउँछन् शिव, बिष, भाङ, धतुराेमा रम्दछन् शिव, डम्बरु र त्रिशूल लिने दुबै हातमा, चन्द्रमालाई धारण गर्छन् आफ्नाे माथमा ।।                आऊ आऊ साथी संगी, पशुपति जाऊँ !                बाग्मतीकाे तिरमा बसी, शिव भजन गाऊँ !! गङ्गालाई जटा माथि राख्दछन् शिव, पार्वती काखमा राखि हाँस्दछन् शिव, भक्तसँग चाँडै खुशी हुने शंकर, शरण पर्‍याैं भाेले हाम्रो पीर सब हर                आऊ आऊ साथी संगी, पशुपति जाऊँ !                बाग्मतीकाे तिरमा बसी, शिव भजन ग...

नारी

Image
✍️ मुरारीराज मिश्र नारी हुन् प्रेमको बाली, उब्जने खेतका गरा । उब्जाई खुशीकाे बाली, पार्छिन् गृह हराभरा ।। सहन्छिन् दुखका भारी, गुनासो गर्दिनन् उनी । निस्वार्थ भाव मात्रै छ, लाेभ देखिन्न क्यै पनि ।। बसन्त ऋतु हुन् नारी, हरियाली सबैतिर । फूल्दछन् फूल मायाका, प्रेम सिंच्दा उनीतिर ।। नारी हुन् काेकिलाकण्ठी, सुनाैं लाग्ने संधैभरी । राखाैं लाग्छ उनैलाई, यी आँखाकै वरिपरि ।। स्नेहकाे मह घाेलेर, सबैलाई पिलाउँछिन् । म छु है दुखकाे साथी, भनी ढुक्क बनाउँछिन् ।। सुखमा रम्दछिन् साह्रै, पीडामा हात थाम्दछिन् । बनेर बलियो खम्बा, नारी गृह सम्हाल्दछिन् ।। घर बारी उज्यालिन्छ, नारीले मुस्कुराउँदा । आधा दु:ख त्यसै घट्छ, नारीले सुम्सुम्याउँदा ।। नारीकै साथले चल्छ, जिन्दगी सहि ढंगले । नारी त्याे प्राणवायु हाे, खाेज्दछन् अङ्ग अङ्गले ।। भालेकाे डाक देखि नै, फुर्सद् मिल्दैन तापनि । थाकेको छु म भन्दिनन्, नारीले कहिल्यै पनि ।। जिन्दगी कसरी ज्यूने, नारीले त्यो बताउँछिन् । पिएर आँसुकाे प्याला, नारी हाँस्न सिकाउँछन् ।। देवता बस्न सक्दैनन्, सबैका घरमा भनि । पठाए दैवले नारी, पृथ्वीमा जाऊ लाै भनि ।। मायाकी खानी हुन् नार...