Posts

हाम्रा धर्मशास्त्रमा पिताको महत्व

Image
                      ✍️ मुरारीराज मिश्र  पिता धर्मः पिता स्वर्गः पिता हि परमं तपः ।   पितरि प्रीतिमापन्ने प्रीयन्ते सर्वदेवताः ।।   पितरौ यस्य तृप्यन्ति सेवया च गुणेन च ।   तस्य भागीरथीस्नानमहन्यहनि वर्तते ।।   (अर्थात् : “पिता भनेका धर्म हुन, पिता स्वर्ग हुन र पिता नै सवैभन्दा श्रेष्ठ तपस्या हुन । पिता प्रसन्न भएमा सम्पूर्ण देवता प्रसन्न हुन्छन । जुन सन्तानको सेवा र सदगुण बाट पिता सन्तुष्ट रहन्छन् त्यस सन्तानलाई प्रतिदिन गंगास्नान गरेको पुण्य प्राप्त हुन्छ ।”   माथिका उल्लेखित यी श्लोकहरु हाम्रो जीवनमा पिताको के कस्तो महत्व छ भन्ने कुरा प्रष्ट्याउन पर्याप्त छन् । आफ्नो आँखामा आँसु नदेखाई, थकाई, पीडा र आफ्नो आवश्यकतालाई तिलाञ्जली दिंदैं ओठमा हाँसो देखाउन सक्ने उदार छाती पितासंग मात्रै हुन्छ ।  हामी  आमालाई पृथ्वीसंग तुलना गर्छाैं भने पितालाई आकाशसंग । सन्तानको पालनपोषण र संरक्षणकर्ता पिता हुन । यसो भन्दा आमा सन्तानको संरक्षक होईन भनेको वा आमाको महत्व कम छ भनेको भन्ने ...

हाइकु

 थाेपाहरुले सुरु गरे बिद्रोह  समुद्र सुक्याे ! घामले छुंदा पग्लिंदैछ हिमाल  प्रेम चुलियाे ! आएकी थियाै सुटुक्क सपनीमा निन्द्रा चाेरियाे !                                                                                                         धराले गरिन् वसन्तकाे बिदाई  चिसा अाँखाले !१-३१ धर्तीकाे जिम्मा गृष्मलाई सुम्पंदै गयाे वसन्त !१-३१ अाकाशभरी बादल मडारिए मन रुझेछ !२-१ गृष्ममा जाडाे माैसम बदलियाे राजनीति झैँ  !२-६ मज्जाले नाच्छ  आैंलाकाे इसारामा  कठपुतली !२-६ घर झगडा सत्ताकाे राजनीति  भाेग्दैछ देश !२-८ मध्य रातमा झ्याउँकिरीकाे स्वर मीठो संगीत !२-१० ढाडमा भारी पग्लिंदैछ निधार  नुनिलो स्वाद !२-१२ नदी सुतेछ   बगरकाे ताताेमा    अाँसु निख्रेर !२-१२ काँडाकाे बाटाे प...

काव्य आकाशमा नयाँ नक्षत्र : छेस्का

Image
✍️  मुरारीराज मिश्र  अहिलेको व्यस्त समयमा मानिसहरुसँग ठूला आकारका साहित्यहरु पढ्ने समय, अझ भनुं धैर्यता रहेको पाइन्न ।  मानिसहरु साहित्यका लघुतम विधातर्फ आकर्षित हुँदै आएका देखिन्छन् । यसैकाे फलस्वरूप साहित्यका विधाहरुमा समयसमयमा नयाँ-नयाँ प्रयोगहरु पनि हुँदै आइरहेका छन् । विशेषगरी कविताको क्षेत्रमा यस्तो प्रयोग बढी भएको देखिन्छ ।समयक्रमसँगै लामा-लामा र क्लिष्ट कविताहरु भन्दा छाेटा आकारका काव्य तर्फ मानिसहरुको अभिरुचि बढ्दै गइरहेको छ । यसैक्रममा मुक्तक, हाइकु, शीत, बुँद, उदक, झर, बाछिटा, डाली, सुसेली, साईनाे लगायतका नविनतम साहित्यिक विधाहरुकाे उदय हुँदै आएकाे मान्न सकिन्छ । पछिल्लो समय  २०७६  सालकाे उत्तरार्धतिर कविताकाे लघु रुपमा, पन्ध्र अक्षरलाई पाँच-पाँच अक्षरकाे समान तीन लाइनमा पूर्ण आकार दिने गरि साहित्याकाशमा "छेस्का" काे उदय भयाे । कविताको उपविधा अन्तर्गत अक्षर गन्ने कविताकाे रुपमा याे सबैभन्दा कान्छाे विधा थियो । यस्काे प्रणेता साहित्यकार विनाेद नेपाल 'बैगुनी' ले, 'हाइकु लेख्ने क्रममा पन्ध्र अक्षरीय उक्त संरचनाले आफूलाई आकर्षित गरेपछि यस्काे च...

मुरली

विभिन्न श्रुति-स्मृति पुराणहरुका अनुसार, कुनै युगमा ब्रह्माजीले कारणवश आफ्नी मानसपुत्री सरस्वतीलाइ 'जड भएर रहनु पराेस्' भन्ने श्राप दिएछन् । मानस पिताबाट यस्तो श्राप पाएकी उनले जड हुनु पूर्व एक हजार वर्षसम्म प्रभु-प्राप्तिकाे लागि भगवान बिष्णुकाे कठिन तपस्या गरिन् । तपस्याबाट प्रसन्न भएका भगवानले कृष्णावतारमा आफ्नाे सहचरी बनाउने वरदान सरस्वतीलाई दिए । प्रभुकाे यस्तो वचन सुनेर सरस्वतीले, आफूलाई ब्रह्माजीले दिएकाे श्रापकाे स्मरण गर्दै भनिन् : ‘प्रभु मलाई त जड भएर जन्म लिनुपर्ने ब्रह्माजीकाे श्राप छ, म कसरी हजुरकाे सहचरी बन्न सक्छु र !’  याे सुनेर प्रभुले भन्नुभयो : ‘सन्देह नगर, तिमीलाई जड रुपमा जन्म मिले पनि म अपनाउनेछु र तिमीमा यस्तो प्राण-शक्ति भरिदिन्छु कि, तिमीले आफूमा एक विलक्षण चेतनाकाे अनुभव गर्दै आफ्नाे जड रुपलाई चैतन्य बनाई राख्नेछाै ।' यसपछि सरस्वतीकाे जन्म मुरलीकाे रूपमा भयाे र उनी विश्व वन्दनीय श्रीकृष्ण भगवानकाे प्रिय मुरली बनेर आफ्नाे सुमधुर प्रेम धुनले समस्त जड-चेतनकाे मन जित्दै हरबखत प्रभुकाे साथमा रहन थालिन् ।  ©मुरामि

भगवान श्रीकृष्णकाे तुलादान

Image
पाैराणिक प्रसंग;           जब सत्यभामाकाे अहंकार हट्याे .... श्रीकृष्णका आठ पत्नीहरु (रुक्मिणी, जाम्बवन्ती, सत्यभामा, कालिन्दी, मित्रबिन्दा, सत्या, भद्रा र लक्ष्मणा) मध्येकी एक सत्यभामालाई उनको पुण्यक व्रतकाे समापनकाे क्रममा पुरोहितकाे रूपमा रहेका नारदजीले आफ्नाे सबैभन्दा प्रिय वस्तु दानका लागि संकल्प गर्न भन्नुभयो । सत्यभामाले भूलवश श्रीकृष्णलाई नै आफ्नो प्रिय वस्तुको रुपमा दान संकल्प गर्न पुग्नुहुन्छ । याे दानका कारण भगवान श्रीकृष्ण नारदजीकाे अधिनमा (दास) हुनुभयो । दानपछि आफ्नोे गल्ती महसुस गरेर नारदजीसंग सत्यभामा श्रीकृष्ण आफूलाई फर्काईदिन अनुराेध गर्नुहुन्छ । याे सुनेर नारदजीले “दानमा दिएको वस्तु फिर्ता गर्न नमिल्ने तर यस्काे बदलामा आफूलाई अरु नै केही दिन तयार भएमा फर्काउन सक्छु” भन्नुभयो । नारदजीबाट यस्तो मुरा सुनेपछि सत्यभामा खुशी भएर भन्नुहुन्छ “साँच्चै फिर्ता गर्नुहुन्छ त मुनिवर ?” नारद भन्नुहुन्छ “हाे देवी, आफ्नो पतिमाथि तपाईंको यति गहिराे प्रेम भावना देखेर मेरो मन पग्लियाे र मैले श्रीकृष्णलाई मुक्त गर्ने निश्चय गरें । तर यस्काे बदलामा केही मूल्य म...

मेरी आमा र ईश्वर

Image
देवता कस्ता हुन्छन् ? खै, मैले देवता देखेको छैन आजसम्म ! तर लाग्छ मलाई  उनी मेरी आमा जस्तै होलान्  मलाई चोट लाग्दा रुने, म रुँदा फकाउने , नराम्रै भएतापनि मेरा अनुहारलाई  संसारकै सुन्दर ठान्ने, चुहिने झुपडीमा बस्ने मलाई  राजा भनेर बोलाउने ! देवता त सर्वज्ञानी हुन्छन् रे शायद मेरी आमा जस्तै होलान् ! मैले बोल्न नजान्दा पनि  मेरा मनका कुरा बुझ्ने  मलाई भोक लागेको,  पीडा भएको, र, मेरा हरेक आवश्यकता मैले नभन्दा पनि बुझ्ने !! ईश्वरले पालनपोषण गर्छन् रे मेरी आमाले पनि गर्थिन् आफ्ना छाती चुसाएर ! ईश्वरले प्रेम सिकाउँछन् रे मेरी आमाले पनि सिकाउँथिन् पशुपंक्षी र बोट बिरुवालाई समेत मायां गर्नुपर्छ भन्थिन् ! ईश्वरले सुरक्षा गर्छ रे मेरी आमाले पनि गर्थिन् पाइला पाइलामा कवच बनेर ! अनि, के फरक होला त ईश्वर र मेरी आमाका बिचमा ? पक्कै पनि मेरी आमा र ईश्वर  उस्तै–उस्तै होलान् ! त्यसैले त होला, आमा बित्नुभएको आज बर्षाैं पछि पनि कतै ठेस लाग्दा म उहाँलाई नै सम्झेर ' आमा ...' भन्छु !! ✍ मुरारीराज मिश्र    (कुमारीगाल, कामपा– ७)

एक्काइस झर

  १. खम्बा जस्तै भयाे जिन्दगी, जेलिएका छन् समस्याका तारहरू ! २. भ्यागुताहरू कराउने बेलामा, काेइलीकाे के काम  ! ! ! ३. सपना देख्न निदाउनुपर्छ हजुर, खुला आँखाले त संसार मात्रै देखिन्छ ! ४. शब्दको पनि स्वाद हुन्छ, बाेल्नुअघि चाखाैँ ! मीठो लागे मात्रै बाेलाैँ, नत्र आफैँ राखाैँ !! ५. ओखती हाे तिम्राे मुस्कान दिनभरिकाे मेराे थकान बिर्साउँछ ! ६. आँखाकाे आँसु लुकाऊँ, ढाेका खाेल्दा मुस्कुराऊँ ! ७. पीडा त सबैको एउटै नै हुन्छ हजुर, कोही आँसु झार्छन्, कोही हाँसेर टार्छन् !! ८. दियाे निभ्नुमा ‘हावा नै दाेषी’ नहुन सक्छ, झट्टै आराेप नलगाऊँ ‘तेल सकिएको’ हुनसक्छ ! ९. जिब्रो तरबार त हाेइन, तर यस्ले मुटु चिर्न सक्छ ! १०. कस्तो अचम्म ! आँखा एउटाकाे, आँसु भरिदिन्छ अर्काले !! ११. मन तृप्त हुँदा एक थाेपा पानी पनि वर्षातझैँ लाग्छ, अतृप्त मनले त पूरै समुद्र पनि कम नै ठान्छ ! १२. अभावमा पनि खुशीहरू भेटिन्थे पहिले, सम्पन्नता छ तापनि खुशी भेटिन्न अचेल ! १३. काटिनु छ भन्ने थाहा हुँदाहुँदै पनि उड्न छाेड्दैन ! वास्तवमा, जिउने कला त चङ्गाले पाे सिकाउँछ !! १४. घडी त सस्तैमा पाइन्छ हजुर, समय पाे महङ्गो छ त !! ...