Posts

लघुकथा: खुशी

Image
 लघुकथा: खुशी                     ✍️ मुरारीराज मिश्र म बजारमा सामान किन्दै थिएँ । मैले किनमेल गर्दै गरेको पसल नजिकै एउटा बालक पनि बेलुनहरुमा हावा भरेर बेच्दै थियोे । बुबाआमासंग बजार आएको अर्को बालकले बेलुनहरु देखेर आफ्नो बुबासंग हावा भरिएको बेलुन किनिदिनका लागि जिद्दी गर्‍याे । बुबाले बालकलाई बेलुन किन्नबाट टार्न निकै सम्झाए, तर बालकले मानेन । बालहठ अगाडि केही नचलेपछि बुबाले बालकलाई पैसा दिएर पठाए । बालकले बेलुन किनेर हातमा लियो । किन्ने-बेच्ने दुबै बालक खुशी देखिन्थे ! याे सबै घटनाक्रम नियालिरहेकाे मलाई लाग्याे, खुशी परिस्थितिमा निर्भर हुँदाे रहेछ ! किनकि, एउटा बालक बेलुन किन्दा खुशी देखिन्थ्याे भने, अर्को बालक बेलुन बेच्दा ।                           *** (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७) हिमाली गुराँसमा प्रेषित 

भजन

 #प्रार्थना  पार्वती माता साथ लिएर, हे शम्भु तिमी आऊ । हाम्रो मनको द्वेष हटाई, प्रेम भाव जगाऊ ।। गर्न जान्दिन पाठ-पूजा म, गर्न जान्दिन ध्यान । कसरी गर्ने तिम्रो साधना, छैन प्रभु क्यै ज्ञान ।। बुद्धि बिनाकाे बालक ठानी, भक्ति गर्न सिकाऊ । हाम्रो मनको द्वेष हटाई, प्रेम भाव जगाऊ ।। छुट्न सकेन लाेभ र माेह, रिस, राग र दम्भ । मर्दा सम्पत्ति लान्छु जस्तै, गर्छ मन याे अचम्म !! ज्ञानरुपकाे दीप जगाई, मायाजाल मेटाऊ । हाम्रो मनको द्वेष हटाई, प्रेम भाव जगाऊ ।। पार्वती माता साथ लिएर, हे शम्भु तिमी आऊ । हाम्रो मनको द्वेष हटाई, प्रेम भाव जगाऊ ।। ------------------------------------ ✍️ मुरामि

लघुकथा: मतदान✔️

लघुकथा: "मतदान"              ✍️ मुरारीराज मिश्र मतदानका लागि आएका एक बृद्धले मतदाता नामावलीमा आफ्नो नाम रुजु गराए पश्चात् मतदान अधिकृतलाई साेधे - "बाबू, मेराे छाेराे दुखीप्रसाद नेपाली अहिले भाेट हाल्न यहाँसम्म आउन सक्दैन । मिल्छ भने मेराे भाेट तपाँईले नै राम्रो उम्मेदवारलाई दिनुस् है बुबा भनेकाे छ, मिल्छ हाेला त !" "भाेट हाल्न ब्यक्ति आफैं उपस्थित हुनुपर्छ, नत्र अरु कसैले हाल्न मिल्दै मिल्दैन ।" रुखाे स्वरमा निर्वाचन अधिकृतकाे जवाफ आयाे । याे संवाद सुनिरहेका एकजना उम्मेदवारका बुथ प्रतिनिधिले त्यस अवधिमा नामावली चेक गरेछन् र बृद्धतर्फ हेर्दै भने - "तपाँईले आफ्नो छाेराकाे नाम दुखीप्रसाद नेपाली भन्नुभएको हैन बुबा ? उहाँले अघि नै आएर भाेट हालिसक्नु भएको देखिन्छ त यहाँ !" याे सुनेर अचम्मित बृद्धले निर्वाचन अधिकृतलाई भने - "ब्यक्ति आफैं नआई भाेट हाल्न मिल्दै मिल्दैन भन्नुभएको हैन अधिकृतज्यू ! मेराे छाेराे त राेजगारीकाे सिलसिलामा गत तीन बर्षदेखि अरबमा पाे छ त !!" (उमामहेश्वर मार्ग, कुमारीगाल, कामपा-७) छछल्का, लघुकथासङ्ग्रहमा प्र...

लघुकथा : छट्पटी

✍️ मुरारीराज मिश्र अरुणजी हेर्दा खाईलाग्दाे युवा । पेशाले शिक्षक । एक दशक भन्दा अघि देखि उहाँकाे परिवार हामीकहाँ बस्दै आएको थियोे । यतिलामो समय एकैसाथ रहँदा उहाँमा कुनै स्वास्थ्य समस्या देखिएकाे थाहा थिएन । एकदिन रातकाे समय पेटकाे समस्याका कारणले उहाँ छट्पटीन थाल्नुभयाे । उहाँको छट्पटाइ देख्दा गम्भीर प्रकृतिको लाग्थ्यो । हामी सबै आत्तियाैं । तत्कालै ट्याक्सी खाेजेर उहाँको दाइ, श्रीमती र म सहित शिक्षण अस्पताल पुग्याैं । अस्पतालकाे आकस्मिक कक्षमा कागजी प्रक्रिया पूरा गरे पश्चात् उपचार सुरु भयाे । स्लाइन पानी चढाइए । विभिन्न परीक्षण गरिन थाले । करीब दुई घण्टा बित्याे । दुखाइ कम हुने ओैषधीका कारणले बिरामीकाे पीडा कम भएको देखिन्थ्योे । डाक्टरहरु बिरामीकाे रिपोर्ट हेर्दै के के सल्लाह गर्ने गर्थे । तर हामीले साेध्दा प्रष्ट केही नभनी उपचार हुँदैछ मात्र भन्थे । सात-आठजना डाक्टरहरुकाे निरन्तरकाे छलफल देख्दा, कुनै निकै नै गम्भीर राेगकाे आशंकाले हामीहरूकाे छट्पटी भने प्रतिक्षण बढ्दै थियाे । यसैबीच डाक्टरले हामीलाई बाेलाए । एउटा कागज हातमा दिंदै बिरामीलाई तुरुन्त गंगालाल अस्पताल लैजानु भने । हामीले...

मुक्तकहरु २

Image
घाउ गाेडामा छ, पाखुरामा मल्हम दल्दैछन् लाग्छ सबै विद्वान्‌हरु, रिमाेटबाट चल्दैछन् खै, याे प्रभाव राजनीतिकाे हाे वा माैसमकाे घिराैंलाकाे बाेटभरी, तितेकरेला फल्दैछन् !!                                            एकातिर टाठाबाठाहरु, सत्ताकाे आडमा माेजमस्ति गर् छन् अर्कातिर सर्वसाधारणहरु, सिटामाेलै नपाएरै मर्छन् प्राथमिकतामा `अस्पताल´ कहिल्यै पनि परेन याे देशमा नेता भने भ्यूटावर र शालिक, बनाउन मात्रै अघि सर्छन् ! संघर्ष हाे जीवन, काेही हार्छन् कसैले बाजि मार्छन्  काेही काेकाेहाेलाे गरि बस्छन्, काेही मन शान्त पार्छन्   आखिर एउटै त हाे नि, पीडा र वेदना सबैकाे  फरक यै छ - कोही आँसु झार्छन्, कोही हाँसेर टार्छन् !! आशाको डाेरी समाऊ, आँखाकाे आँसु लुकाऊ, खुच्चिङ् भन्ला समाजले ढाेका खाेल्दा मुस्कुराऊ । प्रजातान्त्रिक भनिने, संस्कार खै कता गाे ? सबैतिर, टीके र हुकुमी प्रथा हावी भाे ! पाउँदा चुप, नपाए मात्रै रुने हुन् सबै अलिकति भएनि, लाज त लाग् नै पर्ने हाे ! कतै ...

लघुकथा : प्रमाण

 लघुकथा #प्रमाण                                                                     ✍️मुरारीराज मिश्र केही अघिकाे कुरा हाे । आफ्नो घर मूलबाटाेमा जाेडिएकाेले, टाेलका मानिसहरूले घर अगाडि बाटोमा फालेका फाेहाेरकाे दुर्गन्धले कुमारलाई निकै असहज हुन्थ्यो । यसका बिरुद्ध आवाज उठाउँथ्याे र सामाजिक सञ्जालमा लेख्थ्याे पनि । बाटाे कुरेर भएपनि उ लुकेर फाेहाेर फाल्न आउनेलाई गाली गर्थ्याे । तर याे सबैमा उसले छरछिमेकीबाट साथ पाएन । फाेेहाेर फाल्ने मानिस पत्ता लगाउनु पर्‍यो भनि सहयोग खाेज्दा छिमेकीहरु हाँसेर टारिदिन्थे । उनीहरूकाे हाउभाउबाट - 'तँ किन जान्ने भएकाे भनेर उसलाई राेक्न खाेज्दैछन्' भने झैं लाग्थ्यो ! सबैकाे साथ नपाएकोले त्यहाँ फाेहाेर फाल्ने काम उस्काे प्रयासबाट मात्र राेकिन सक्ने सम्भावना नै थिएन र राेकिएन पनि ! आफ्नै घर सामुन्नेकाे यस्ताे नियमित दृश्यले दिक्क भएको उसलाई एकदिन बिहान बाहिर बाटोमा निस्कन लाग्दा आफ्नो ढाेक...

श्रीकृष्णद्वारा कुमालेलाई मुक्ति प्रदान

Image
 पाैराणिक कथा गाे पिनीहरुबाट दिनहुँजसो बाल श्रीकृष्णकाे बारेमा गुनासो सुन्दा-सुन्दा दिक्क हुनु भएकी यशाेदा माता कृष्णजी प्रति क्राेधित हुँदै, अब त यसलाई बदमासीकाे सजायँ नदिई भएन भनेर लठ्ठी समाति कृष्णजी तर्फ जाईलाग्नु भयो । आमा लठ्ठी लिएर आफूतिर आएको देखेर लठ्ठीबाट बच्न श्रीकृष्ण दाैड्न थाल्नुभयाे भने यशाेदा माता पनि पछिपछि लखेट्न थाल्नुभयाे । दौड्दै गर्दा श्रीकृष्ण एक कुमालेकाे घरमा पुग्नुभयाे । कुमाले माटोको भाँडा बनाउनमा व्यस्त थिए । कृष्णजीलाई आफ्नो अगाडि देखेर उनी निकै खुशी भए । कृष्णजीले कुमालेलाई भन्नुभयो - "कुमाले काका, आज मेरी आमा मसँग धेरै क्रोधित हुनुभएकाे छ । उहाँ लठ्ठी लिएर मेरो पछि पछि आउँदै हुनुहुन्छ । कृपया, मेरी आमाले नदेख्ने गरि मलाई कतै लुकाउनुहोस्" । कृष्णजीकाे यस्ताे आग्रह सुनेर कुमालेले कृष्णजीलाई ठूला घैटाहरुकाे मुन्तिर लुकाए । केही क्षणमै यशोदा त्यहाँ आउनु भयाे र कुमालेलाई सोध्नुभयाे - "कुमाले भाइ, तिमीले मेरो कन्हैयालाई कतै देख्यौ कि ?" कुमालेले भने - "छैन माता, मैले कन्हैयालाई देखेको छैन ।" कृष्णजीले घैंटाे मुनिबाट यी सबै कुरा स...