भजन

 #प्रार्थना 

पार्वती माता साथ लिएर, हे शम्भु तिमी आऊ ।

हाम्रो मनको द्वेष हटाई, प्रेम भाव जगाऊ ।।


गर्न जान्दिन पाठ-पूजा म, गर्न जान्दिन ध्यान ।

कसरी गर्ने तिम्रो साधना, छैन प्रभु क्यै ज्ञान ।।

बुद्धि बिनाकाे बालक ठानी, भक्ति गर्न सिकाऊ ।

हाम्रो मनको द्वेष हटाई, प्रेम भाव जगाऊ ।।


छुट्न सकेन लाेभ र माेह, रिस, राग र दम्भ ।

मर्दा सम्पत्ति लान्छु जस्तै, गर्छ मन याे अचम्म !!

ज्ञानरुपकाे दीप जगाई, मायाजाल मेटाऊ ।

हाम्रो मनको द्वेष हटाई, प्रेम भाव जगाऊ ।।


पार्वती माता साथ लिएर, हे शम्भु तिमी आऊ ।

हाम्रो मनको द्वेष हटाई, प्रेम भाव जगाऊ ।।

------------------------------------ ✍️ मुरामि

Comments

Popular posts from this blog

महिला शिक्षा र पद्मकन्या विद्याश्रम

चैतलाेङ अर्थात् चित्लाङ पुगेर फर्केपछि …

वृन्दावन चाैरासी काेस परिक्रमाकाे नालिबेली