Posts

लघुकथा: टरेकाे दुर्घटना...

Image
            ✍️ मुरारीराज मिश्र, "रक्सी लागेर निकै मातिसकेकी छ, आज त जसरी पनि त्यसलाई काेठामा लैजानुपर्छ बुझिस् !"  रेष्टुरेन्टमा छिर्दै गर्दा, ढाेकाकाे आडमा उभिएका दुईजना केटाका बिचमा भएको यी संवाद रमेशले सुन्याे ।  श्रीमती माइत गएकोले रातिको खाना पकाउन अल्छी लागेर उ अफिसबाट फर्कंदै गर्दा खाना लिन रेष्टुरेन्ट छिरेकाे थियोे । याे संवादले रमेशलाई चनाखो बनायो ।  उसले यताउता हेर्‍याे । अलिक पर एउटा टेबुलमा, अर्धनग्न पहिरनकी मदिराले अर्धचेत एक किशोरी देखिइन् । अघिका संवादवाला दुई केटा पनि त्यहीँ पुगिसकेका थिए । झट्ट हेर्दा किशोरी परिचित अनुहारकी झैं लाग्यो रमेशलाई ! उसले अलि नजिकै गएर हेर्‍यो, किशोरी त उसकी श्रीमती रमाकी साथीकी छाेरी नै पाे रहिछन् ।  उसकाे मनमा विभिन्न साेचहरु पलाए । एकछिन साेचेर उसले रमालाई फाेन गर्‍यो । केही कुराकानी भए ।   `.... ए, उसाेभए आज राति आउन्नाै त तिमी ? ल ठीकै छ ।´ उसले फाेन काट्दै भन्याे । श्रीमतीसंगकाे फाेनवार्ता  पछि, उ किशोरी रहेको टेबुलमा पुग्याे । "हैन, के चाला हाे याे तिम्रो नानी !" उसले किश...

लघुकथा: पाँचहजार

Image
                 ✍️ मुरारीराज मिश्र, "झण्डै मारेको बजियाले" बृद्ध दीनानाथ काम्दै गरेका हातले बाटोभरी छरपस्ट सामान टिप्दै भुत्‌भुताए । केही समय अघिदेखि उनी त्याे बाटोकाे छेउमा प्लास्टिक ओच्छाएर जडिबुटीहरु बेच्दै आएका थिए । आज एउटा केटाेले चलाएको माेटरसाइकल उनको सामान माथिबाट कुद्‌दा  याे घटना भएको थियोे । बाटो पारीपट्टी रहेका ट्राफिक हवलदारले याे सबै घटना प्रत्यक्ष देखेका थिए । केही साेचेर उनले तत्कालै सञ्चारसेटमा खबर गरे । पाँच मिनेटभित्रै सेटबाट उनलाई सूचना आयाे । उनी माेटरसाइकल लिएर, केटाे गएको बाटो तर्फ घुईँकिए । तीनचार स्टप परकाे चेकपोस्टमा केटाेकाे माेटरसाइकल ट्राफिक प्रहरीले समातेका रहेछन् । हवलदारले त्यहाँ पुगेर प्रहरीसँग केही खासखुस गरे अनि केटाेलाई लिएर छेउतिर लागे ।  उनले केटालाई भने "हेर बाबु, बुढा पनि घाइते छन् र उनकाे सामान पनि सबै नाेक्सान भएको छ । गल्ती गरिहाल्याै, सजायँ त भाेग्नैपर्छ अब । लाइसेन्स त छ नि !" "छ सर" केटाेले खल्तीबाट लाइसेन्स झिक्दै भन्याे । हवलदारले फेरि अत्याउँदै भने "लाइसेन्स भएपनि यस्ताे घटनामा, सवा...

शैलुङ: जहाँ स्वर्गीय सुखानुभूति हुन्छ ।

Image
 यात्रा अनुभव:                 ✍️ मुरारी राज मिश्र "यसपटक शैलुङ जाने सल्लाह भएको छ, तपाईं पनि जानुपर्छ है !" साथी सुभाष अर्यालले कार्यकक्षमा पस्दै भन्नुभयो ।  दुई बर्ष अघि २०७८ चैत १२ मा परिवार सहित रामेछापस्थित सानो शैलुङ पुगेर आएपछि, ठूलाे शैलुङ पुग्ने मेराे चाहना पटकपटकको प्रयासकाे बाबजुद पनि सफल हुन सकिरहेकाे थिएन । यस्ताे अवस्थामा सुभाष सरकाे कुराले मभित्रकाे दमित आकांक्षा पुन: जुर्मुरायाे । जाने सहमति जनाएँ ।  यात्रा भन्नासाथ उर्जा बढेको महसूस भएर मेरो मन प्रफुल्लित भइहाल्छ । बेलुका घरमा आएर उत्साहित हुँदै "म त अफिसका साथीहरूसंग शैलुङ जाने भएँ नि" भनेर श्रीमतीजीलाई सुनाएँ । उनलेे पनि त्यहाँ जान चाहेकी थिइन्, त्यसैले हाेला मुखले नभनेपनि उनकाे मुखाकृतिमा `संगै जान नपाएको भन्ने जस्तो´ हल्का असन्तुष्टिकाे भाव झल्किएकाे महसूस गरें मैले ।  "म गएर आएपछि, कस्तो ठाउँ रहेछ, बसाइ र खानपिनकाे व्यवस्था केकस्ता रहेछन्, अप्ठ्यारो सजिलो कस्तो छ, सबै कुरा बुझिन्छ, अनि फेरि जाउँला नि हामी !" मैले आफूलाई लागेको असजिलो मेटाउने र बाताबरण सहज ...

गजल

Image
बग्दैछ  सपनाको  महल,  अभावका लहरले  कसरी जोत्छ र बाँझो बारी, कमजोर बहरले  । लुटिएर  गाउँ फर्कंदैछु  धरधरी  रुँदै, अहिले आएको थिएँ  अवसर खोज्दै, यहाँ म रहरले । रगत –पसिना  बगाएकै हुँ, यही सहरमा मैले   कहिल्यै  आफ्नो  ठानेन,  मलाई यो   सहरले । मिसावटको  चलन, निकै नै  बढिसकेछ यहाँ  जति  पिउँदा पनि  मान्छे मर्न सकेन जहरले । जिन्दगीको  प्रहारले  चट्टान  बन्यो  यो मुटु  दुख्दैन  मन  कुनै   विघ्न बाधा र  कहरले  ।  °°°°°°°°°°° गाेरखापत्र/२०८०-१२-१७ शनिबार मा प्रकाशित 

लघुकथा: बिटुलाे

Image
          ✍️ मुरारीराज मिश्र, "कस्ताे बेला के पकाउनु हुन्छ, के हुन्न भन्ने अलिकति पनि ज्ञान छैन तँलाई ?"  ससुरा बितेको छ महिनापछि छाेरा-बुहारीलाई भेट्न गाउँबाट सहरमा आएकी कमलाकी सासूआमा भातकाे थाल पर सार्दै रिसले भुत्भुताइन् । "हाे भन्या आमा ! ल हेर्नुस् त, बरखी बारेको बेलामा मुसुरोकाे दाल, गाेलभेडाकाे अचार, भण्टा र च्याउकाे तरकारी ! त्याे पनि लसुन-प्याज हालेर ! हैन, कस्तो संस्कार दिएछन् यसलाई यसको बाबुआमाले !" छाेराे विवेकले आमाको रिसमा घिउ थप्याे । पतिले आफ्ना बाबुआमासम्मलाई गाली गर्न थालेपछि भने, सासू र पतिको टाेकसाे चुपचाप सुनिरहेकी कमलाकाे धैर्यकाे बाँध टुट्छ ।  पतिलाई हेर्दै उनी भन्छिन् "भाे, कम्तीमा तपाईंले त चाेखाे, बिटुलाे र संस्कारकाे कुरा नगरेकै बेस श्रीमान्‌‌ज्यू ! ससुराबाकाे तेह्रदिनको क्रियाकर्म सकिएकाे पर्सीपल्टै सासुआमाले मासु पकाएर दिँदा चुपचाप खाएकाे बिर्सिनुभयाे ? माछामासु नै खाईसकेपछि के चाेखाे के बिटुलाे !" (उमामहेश्वर मार्ग, काठमाडौं - ७, कुमारीगाल) दाेभान त्रैमासिकमा प्रेषित 

लघुकथा : हतार

Image
            ✍️ मुरारीराज मिश्र, "तीन बजे देखि निम्तोमा बाेलाएर पाँच बजिसक्दा पनि बार नखाेल्न त भएन नि !" छिमेकीको छाेराकाे विवाहको पार्टीमा साथीहरूसंग बसेर कुखुराको सपेटाे चपाइरहेकाे महेश एक्कासी भुत्भुतायाे । "साँझ परेकै छैन ! रात सिङ्गै बाँकी छ ! व्यर्थै किन हतारिएकाे हँ तँ !" दिनेशले हाँस्दै साेध्याे । "जरुरी काममा जानु छ, त्यसैले यसाे एकदुई पेग लगाएर निस्किहालुँ भनेको, हतारै भैसक्याे ! तेरो कुरा त छिमेकीले मान्छ क्यार ! बरु, बार छिटै खाेल्ने ब्यवस्था मिला न गएर !" महेशले अनुरोध गर्‍यो । "अहँ, जान्न म ! एकैछिन कुुर् न, खाेलिहाल्छन् नि ! हैन, हतारिएर हिँडिहाल्नुपर्ने त्यस्ताे कारण चाँहि के पर्‍यो हँ तेराे ? दिनेशले जवाफसंगै प्रश्न तेर्स्यायाे । "कति कुर्नु भन्या ! अहिले बेलुका पल्लो गाउँमा सत्यनारायणकाे पूजा गराईदिन जानु छ क्या मलाई !" महेशले हतारिंदै भन्याे । (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७) लहरा मा प्रकाशित

ललितपुरस्थित कैलाश पर्वतकाे सेरोफेरोमा

Image
 यात्रा वृत्तान्त:                                  ✍️ मुरारीराज मिश्र, पट्यारलाग्दाे एकनासे दैनिकीबाट थाेरै समय भएपनि छुटकारा पाउँदा मन निकै प्रफुल्लित हुन्छ । तर, गरिखानु पर्ने  बाध्यताले संधै याे सम्भव हुँदैन । तापनि, यात्राले उर्जा दिने भएकाले माैका मिल्दा घुमिहाल्नु पर्छ भन्ने मेरो मान्यता छ । गत: जेठ महिनामा दुईदिन कालिन्चाेक पुगेर आईएकाे थियोे । दशैंकाे समयमा रारा जाने सम्पूर्ण प्रवन्ध मिलाएर पनि जाने तीनदिन अघि मात्र अकस्मात् साे भ्रमण कार्यक्रम रद्द गर्नु परेको थियोे । त्यसबेला, गाडीलाई दिएकाे पेश्की फिर्ता लिन र भ्रमण व्यवस्थापकलाई मनाउन कम्ती गाह्रो परेको थिएन । त्याे सम्झँदा अहिले पनि नमज्जा लाग्छ । पछिल्लोपटक कार्तिकमा एकपटक पलान्चाेकी भगवती र एकपटक खाँडादेवीकाे एकदिने यात्रापछि सामुहिकरुपमा कतै जाने अनुकूल जुरेको थिएन । यस्तैमा, भाउजु शर्मिला मिश्रले "सन्तानेश्वर महादेव मन्दिरमा एकहप्तापछि लाखबत्ती बाल्ने भएका छाैं, त्याे दिन बिदा मिलाउनुस् है बाबु ! सबैजना बिहानै जानुपर्छ" भन्नु...