Posts

तीर्थयात्रा डायरी २०७८

Image
ने पालको चारघाम मध्येको एक धाम मानिने रिडी क्षेत्रमा श्राद्ध गर्ने तथा केही धार्मिक स्थानहरूको दर्शन गर्ने उद्देश्यले दशैंकाे त्रयोदशीका दिन २०७८ कार्तिक १ गतेका दिन बिहान सानाे गाडीमा ९ जनाकाे टाेली प्रस्थान गर्ने हाम्रो पूर्वनिर्धारित कार्यक्रम थियोे । तर भ्रमणकाे केही घण्टा अघिमात्रै भ्रमण टाेलीका केही सदस्यहरुलाई छेकथुन परेको कारण अन्तिम समयमा आएर हाम्रो भ्रमण कार्यक्रम अकस्मात् स्थगित गर्नुपर्ने अवस्था आयो । जाने सबै तैयारी भईसकेपछि अन्तिम समयमा जान नमिल्दा ज्यादै खल्लो महसुुस भयाे । हामीलाई यात्रामा लैजान भाेलिपल्ट बिहान ५ बजे आउने तय भएको गाडीलाई फाेन गरेर भ्रमण राेकिएकाे जानकारी गरायौं । राति राम्ररी निन्द्रा लागेन । साँझदेखि गडबडीएकाे माैसमका कारण रातिबाट हुरी बतास र चट्याङ सहित मुसलधारे पानी पर्न थाल्याे । बिहानसम्म पनि पानी पर्न राेकिएकाे थिएन । साे बेमौसमी बर्षाका कारण देशभर बाढी पहिरो आउँदा व्यापक मात्रामा जनधनको क्षति भएकाे, सडक अवरुद्ध भएर सयाैं सवारीसाधन र यात्रुहरु बिचल्लीमा परेका खबरहरु सार्वजनिक भए । अनि लाग्याे, शायद यस्तै बिपत्तिबाट हामीलाई बचाउन नै भगवानले हाम्रो ...

हाइकु

Image
एक इमानी वेइमान वस्तीमा झुन्डाईएछ ।✔️ मक्केकाे जाल के थाम्दथ्याे र माछाे बिचराे माझी !✔️ जाडाे न गर्मी पिठ्युँ माथिकाे भारी तर्र पसिना !✔️ सिंहदरबार स्यालकाे बिगबिगी रक्ताम्य देश ।✔️ बुढाे हाँगोमा वसन्तकाे स्पर्शले बैँस चढेछ !✔️ पल्टिए पाना फेरिए क्यालेन्डर छाेटि ँदाे आयु ।✔️ मन पग्लियाे आँखाबाट झर्दैछन् नुनिला ढिक्का ।✔️ उदण्ड शैली गुण्डागर्दीमा राज्य न्याय काेमामा !✔️ माैन अवधि चलखेलमा नेता मासु पाक्दैछ !✔️ मतदाताले समुन्नति खाेज ेछन् मतपत्रमा !✔️ चिसो बिहान मात्तिंदैछ हेमन्त शीतकाे स्नान ।✔️ चिसो बिहान न्यानाे खाेज्दैछिन् धरा हुस्सु ओढेर ।✔️ चुर्लुम्मै डुब्याे फेवामा माछापुच्छ्रे न्यानाे खाेजेर !✔️ अक्करे डाँडा भीरमौरीको चाका मह शिकारी ।✔️ वसन्त बिनै सुकेका हाँगाभरी हिउँ फुलेछ ।✔️ सेताे बर्काेमा शाेकमग्न प्रकृति वसन्त कुर्दै ।✔️ भुकम्प थेग्दा चर्किएको पहराे मूल फुटेछ ।✔️ मझौला बाेट लटरम्म सुन्तला काँडाकाे त्रास ! नश्ल सुधार कृतिम गर्भाधान जन्म्यो खच्चड ! कत्ति दुख्दैन हिजोआज याे मन आँसु रित्तेछ !७-१६       ...

कविता : प्रेम

Image
     "प्रेम"               ✍️ मुरारीराज मिश्र जाे संधै आसपास हुन्छ,  छुन्छ,  तर देखिन्न क्षणभर पनि नभई हुन्न  बाचिन्न हाे, त्यस्तै हुनुपर्छ प्रेम अदृश्य हावाजस्ताे ।            ***** (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं)

धर्मको परीक्षा मन्दिरमा होइन, व्यवहारमा हुन्छ

Image
✍ मुरारीराज मिश्र मानिसको जीवन केवल बाँच्नुमा सीमित हुँदैन; ऊ आफ्ना कर्म, विचार र नैतिक आचरणबाट पनि चिनिन्छ । धर्म पनि त्यस्तै विषय हो, जुन केवल मन्दिर, पूजा-आराधना वा कर्मकाण्डभित्र मात्रै सीमित छैन । धर्मको वास्तविक अर्थ मानवता, करुणा, जिम्मेवारी र समभावको अभ्यास हो । कसैले पूजा-पाठ, व्रत वा तीर्थयात्राबाट धर्म आर्जन भएको ठान्छ भने कसैले दान, सेवा र परोपकारमा धर्मको अनुभूति गर्छ । आस्था व्यक्तिको निजी अधिकार भएकाले त्यसप्रति सम्मान हुनुपर्छ । तर, जुन कर्मले अर्को प्राणीलाई दुःख दिन्छ, समाजलाई असुविधा पुर्‍याउँछ वा प्रकृतिको सन्तुलन बिगार्छ, त्यसलाई धर्मको आवरणले ढाक्न सकिँदैन । धर्मको मूल्य कर्मको बाहिरी प्रदर्शनले होइन, त्यसले सिर्जना गर्ने कल्याणले निर्धारण गर्छ । जीवनले हामीलाई एउटा सामान्य तर गहिरो सत्य सिकाउँछ- हामीले आफूलाई जे व्यवहार उचित लाग्छ, अरूप्रति पनि त्यही व्यवहार गर्नुपर्छ । यही नै नैतिकताको आधार हो र यही नै अधिकांश धर्मदर्शनको सार पनि हो । दुर्भाग्यवश, हाम्रो समाजमा दान र धर्मको नाममा देखावटी प्रवृत्ति अझै पनि जीवित छ । घरमा प्रयोग गर्न नमिल्ने, गुणस्तरहीन वा कुहिएका...

लघु काव्य विधा : छेस्का

Image
                             ✍️ मुरारीराज मिश्र प्रा चीनकाल देखि नै मानिसले आफ्ना भावनाहरु विभिन्नरुपले उजागर गर्दै आएको छ । यसै क्रममा वेद पुराणादि बृहत् ग्रन्थहरु जन्मिए । बिस्तारै मानिसको रुचि साहित्यतर्फ आकर्षित हुँदै गयाे । ठूलाठूला महाकाव्य, खण्डकाव्य, काव्य लगायतका विविध साहित्यिक कृतिहरु रचिए । साहित्यफाँट उर्वर बन्याे । हुन त, अहिले पनि महाकाव्य, खण्डकाव्य नलेखिने हैनन् फाट्टफुट्ट लेखिन्छन्, तर पहिलेको जस्तो फुर्सदिलाे समय छैन । जीविकाेपार्जनकाे क्रममा लेखक-पाठक सबै व्यस्त  छन् । लामाे रचना लेख्ने र पढ्ने फुर्सद कसैलाई छैन । तसर्थ, मानिस छाेटा रचना तर्फ आकर्षित भएका छन् । कथाकाे छाेटाेरुपमा लघुकथाले बेग्लै स्थान जमाईसकेकाे छ । साहित्यमा सबैभन्दा बढी लेखिने विधा कविताकाे क्षेत्रमा पनि विविध प्रयाेग भएर यसका लघु तथा सुक्ष्म-लघुरुपमा मुक्तक, हाइकु, मिनी हाइकु,  साईनाे, डाली, सुसेली, उदक, झर, बाछिटा, शीत, वुंद आदि नव काव्य विधाकाे उदय भएका छन् । यसै सेरोफेरोमा करिव दुई बर्ष अघि साहित्याकाशमा देखाप...

हाम्रा धर्मशास्त्रमा पिताको महत्व

Image
                      ✍️ मुरारीराज मिश्र  पिता धर्मः पिता स्वर्गः पिता हि परमं तपः ।   पितरि प्रीतिमापन्ने प्रीयन्ते सर्वदेवताः ।।   पितरौ यस्य तृप्यन्ति सेवया च गुणेन च ।   तस्य भागीरथीस्नानमहन्यहनि वर्तते ।।   (अर्थात् : “पिता भनेका धर्म हुन, पिता स्वर्ग हुन र पिता नै सवैभन्दा श्रेष्ठ तपस्या हुन । पिता प्रसन्न भएमा सम्पूर्ण देवता प्रसन्न हुन्छन । जुन सन्तानको सेवा र सदगुण बाट पिता सन्तुष्ट रहन्छन् त्यस सन्तानलाई प्रतिदिन गंगास्नान गरेको पुण्य प्राप्त हुन्छ ।”   माथिका उल्लेखित यी श्लोकहरु हाम्रो जीवनमा पिताको के कस्तो महत्व छ भन्ने कुरा प्रष्ट्याउन पर्याप्त छन् । आफ्नो आँखामा आँसु नदेखाई, थकाई, पीडा र आफ्नो आवश्यकतालाई तिलाञ्जली दिंदैं ओठमा हाँसो देखाउन सक्ने उदार छाती पितासंग मात्रै हुन्छ ।  हामी  आमालाई पृथ्वीसंग तुलना गर्छाैं भने पितालाई आकाशसंग । सन्तानको पालनपोषण र संरक्षणकर्ता पिता हुन । यसो भन्दा आमा सन्तानको संरक्षक होईन भनेको वा आमाको महत्व कम छ भनेको भन्ने ...

हाइकु

 थाेपाहरुले सुरु गरे बिद्रोह  समुद्र सुक्याे ! घामले छुंदा पग्लिंदैछ हिमाल  प्रेम चुलियाे ! आएकी थियाै सुटुक्क सपनीमा निन्द्रा चाेरियाे !                                                                                                         धराले गरिन् वसन्तकाे बिदाई  चिसा अाँखाले !१-३१ धर्तीकाे जिम्मा गृष्मलाई सुम्पंदै गयाे वसन्त !१-३१ अाकाशभरी बादल मडारिए मन रुझेछ !२-१ गृष्ममा जाडाे माैसम बदलियाे राजनीति झैँ  !२-६ मज्जाले नाच्छ  आैंलाकाे इसारामा  कठपुतली !२-६ घर झगडा सत्ताकाे राजनीति  भाेग्दैछ देश !२-८ मध्य रातमा झ्याउँकिरीकाे स्वर मीठो संगीत !२-१० ढाडमा भारी पग्लिंदैछ निधार  नुनिलो स्वाद !२-१२ नदी सुतेछ   बगरकाे ताताेमा    अाँसु निख्रेर !२-१२ काँडाकाे बाटाे प...