विद्यालयको ७७ओैं बार्षिकाेत्सवकाे सन्दर्भमा: ✍️ मुरारीराज मिश्र, शिक्षाको महत्व : अन्नदानं परं दानं विद्यादानमतः परम् । अन्नेन क्षणिका तृप्ति र्यावज्जीवं च विद्यया ॥ ( भावार्थ; अन्नदान ठूलो दान हाे भने विद्यादान त्याे भन्दा पनि ठूलो दान हाे । किनकि, अन्नबाट क्षणभर मात्र तृप्ति हुन्छ तर विद्याले आजीवन तृप्त गराउँछ) मा नव जीवनमा शिक्षाको महत्व कति छ भन्ने कुरा हामी माथिको श्लोकबाट पनि अनुमान लगाउन सक्छौं । वास्तवमा शिक्षा उज्यालोको त्यो श्रोत हो, जुन उज्यालोले हामी मानवलाई जीवनको बिभिन्न क्षेत्रमा अमूल्य मार्गदर्शन गर्ने गर्छ । शिक्षाले मानवको ब्यक्तित्व निमांणमा सहयोग पुर्याउंछ । शिक्षाले नै मानिसभित्र आत्मबिश्वास र सकारात्मक बिचार पैदा गर्छ । जीवनमा अघि बढ्न र सफलता प्राप्त गर्न उचित शिक्षा आर्जन गर्नु सवैको लागि अत्यावश्यक छ । शिक्षा आर्जन नगर्नु भनेको अन्धकारमा बस्नु सरह हो । शायद यहि तथ्यलाई बुझेर होला सभ्यताको...
नियात्रा : ✍️ मुरारीराज मिश्र अयाेध्या, नैमिषारण्य र वृन्दावनकाे तेह्रदिने भ्रमणबाट फर्केकाे दुई साता पनि भएको थिएन एकरातकाे लागि चित्लाङ घुम्न जाने जाने प्रस्ताव आयाे । शरीरले साथ दिएसम्म र अनुकूल मिलेसम्म घुम्न जानुपर्छ भन्ने मेरो धारणा रहेकोले साे प्रस्ताव नकार्ने कुरै भएन । पहिले पटकपटक गइसकेको ठाउँ भएतापनि सबैसँग जाँदा रमाइलो हुने भएकाले मैले जाने सहमति जनाएँ । चित्लाङका पुराना बासिन्दा पारिवारिक नाताभित्रका भाइ सुदर्शन लामिछानेले साझेदारीमा हालै नयाँ हाेमस्टे सञ्चालनमा ल्याएका रहेछन् । उनकाे हाेमस्टेकाे आतिथ्यता र आन्तरिक पर्यटन प्रवर्द्धन अन्तर्गत चित्लाङका स्थानहरूकाे अवलोकन गर्ने हाम्रो भ्रमणको मुख्य उद्देश्य थियोे । त्यहाँ जाने सवारीसाधनकाे व्यवस्था र सुदर्शन भाइसंगकाे समन्वयको काम कल्पना मिश्रबाट भएको थियोे । हामी १४ र चालकदलका २ गरि जम्मा १६ जना चित्लाङ भ्रमणमा जाने भएका थियौं । भ्रमणकाे निर्धारित दिन २०८१ साल पाैष ६ गते बिहानको खाना खाइवरी १० बजे सबैजना जम्मा भयाैं । चालक अरुण पा...
यात्रा संस्मरण ; ✍️ मुरारीराज मिश्र, "पाेहाेर नै जाने भनेको हाे, परिस्थितिवश राेकियाे । तर यस बर्ष त जसरी पनि वृन्दावन जाने र त्यहाँ सवालाख बत्ती समेत बाल्ने भनेर हाम्रो समूहमा सल्लाह भएको छ । हामी दुबैजना जानुपर्छ है !" काेठामा पस्दै श्रीमतीजी (कल्पना मिश्र) ले भनिन् । "दसैंमा छाेराछाेरी भेट्न अमेरिकातिर जाँदैछाैं, अनि कसरी मिल्छ हामीलाई जान ?" मैले प्रतिप्रश्न तेर्साएँ । "अहिले हाेइन नि, हामी उताबाट फर्केपछि मंसिरतिर जाने हाे क्या ।" उनको जवाफ आयो । धार्मिक यात्रा भनेपछि मेराे मन फुरुङ्ग हुन्छ । एक त धर्म कमाइने, अर्काे नयाँ नयाँ ठाउँ पनि देखिने । उसैमाथि चाैरासी काेस परिक्रमा गरेपछि, मृत्युु पश्चात् चाैरासी लाख याेनीबाट मुक्ति पाई जन्ममृत्युकाे चक्करमा पर्नु नपर्ने धार्मिक मान्यता सुन्दै आएकोेले पनि श्रीमतीजीकाे आग्रहलाई नकार्ने कुरै भएन । मैले सहमति जनाएँ । जान इच्छुक ब्यक्तिकाे नामावली तैयार भयो । अरु थप १० जना जतिबाट केही दिनमा भ्रमणको टुंगो दिने खबर पाइयो । एक बस यात्रु संख्या पुग्ने देखिएपछि सबैको सल्लाहबा...
Comments
Post a Comment