Posts

लघुकथा: परम्परा ✔️

           ✍️ मुरारीराज मिश्र, "हैन, रमेशले छाेरीकाे विहेमा हल्दी, मेहन्दी र संगीत कार्यक्रम राखेको छैन कि क्या हाे ! बाेलाएन नि त ?" घरमा आईपुगेकाे निम्ता कार्ड हेर्दै छिमेकी किशोरले आफ्नी श्रीमतीलाई साेध्याे । "टीकाटालाेकाे कार्यक्रम गरिहाले । विहेको मुख्य काम भनेकाे कन्यादान हाे, त्यसमा बाेलाएकै छ त ! अनि, किन चाहियाे तपाईंलाई नानाथरी कार्यक्रम ?" श्रीमतीले जवाफ फर्काईन् । "सबैले गर्न थालेका छन् त अहिले ! त्यत्राे सम्पत्ति भएको मान्छेले, एउटीमात्र छाेरीकाे विहेमा पनि कञ्जुस्याईं नगरेको भए हुन्थ्यो भनेर नि !" "हाम्रो चलन पाे गर्ने त ! आयातित र देखासिखी काम गरेर परम्परा किन बिगार्ने बेकारमा ? नचाहिंदो आडम्बर नदेखाएर रमेश बाबुले उदाहरणीय काम गर्नुभयो ।" "के काे उदाहरणीय काम ! लाेभीले धन बचाएकाे भनन् !" "तपाईं पनि एकदुई छाक बढी खाने लाेभमा परम्परा बिगार्नेहरुकै लाइनमा जाँदै हुनुहुन्छ श्रीमानज्यू ! आखिर, जतिसुकै मीठो र महँगो खाना खुवाएपनि खानेले जस दिदैनन्, एउटा न एउटा खाेट देखाइहाल्छन् क्यारे !" "हेर्नुस्, एउटा पुस्...

लघुकथा: नसाेचेकाे कुरा

         ✍️ मुरारीराज मिश्र "परेको बेलामा यसाे सघाइपघाइ हाेला कि भनेर पाे कामगर्ने मान्छे राखेकाे त, काम पर्दा उसैलाई बिदा दिने हाे भने मान्छे राखेको के फाइदा भयाे ?" कमलाले आफ्नो घरमा काम गर्ने मालतीसँग झर्कंदै भनिन् । "के गर्ने दिदी, भएकी एउटी छाेरी मुख हेर्न भनेर आउँछे, फेरि डाँडा माथिकाे घामजस्ती उमेरकी आमालाई पनि भेट्न जानुपर्छ । त्यसैले पाे छिटो जान खाेजेकी मैले ।" मालतीले नम्र भएर जवाफ दिइन् । "विवाहपछि पहिलोपटक आमाको मुख हेर्न माइती आएकी छ छाेरी । उसले यसपाली नयाँ ढंगले आमाको मुख हेर्ने पर्व मनाउने तैयारी गरेकी छ । त्यसैले आजको सबै काम नसिध्याई तिमिले घर जान पाउन्नाै है ! जाऊ, गएर भान्साकाे सबै काम सक ।" कमलाले अह्राईन् । "धिक्कार छ, कस्ताे कर्म पाएछु मैले ! बरु, याे चाडपर्व पनि धनी र गरीबकाे बेग्लाबेग्लै दिनमा हुने भैदिएकाे भए हामीजस्तालाई कति सुविस्ता हुन्थ्यो !" यिनै कुरा मनभित्र खेलाउँदै मालती भान्सा तर्फ लागिन् । "मालती...ए मालती, यहाँ आऊ त !" केही समयपछि बैठक काेठाबाट कमलाकाे बाेलाहट आउँछ । "घर जान हतार भैसक्याे, फेरि...

गजल/चारु

Image
 ✍️ मुरारीराज मिश्र, मीठो वचन बाेल्न, पैसा पर्दैन । बाेलीमा मह घाेल्न, पैसा पर्दैन ।। के नै पाे दिनुपर्छ र, रिसाउनु ? हाँसेर दैलाे खाेल्न, पैसा पर्दैन । दासै बन्छाै भने त, के भनुँ र खै ? ठीकै छ, हात माेल्न पैसा पर्दैन । महँगो छ त के भाे, लास जलाउन ? ज्यूँदैमा मन पाेल्न, पैसा पर्दैन । आँटेर, पाइला बढाउँदै छु म लाग्छ, लक्ष छिचाेल्न पैसा पर्दैन ।।                  *** वैजयन्ति ९४ चारु अंकमा प्रकाशित ।

नियात्रा : पुर्ख्याैली डाँडामा एकदिन

Image
       ✍️ मुरारीराज मिश्र, भतिज सचिनराज मिश्र बुहारी र छाेरीका साथ फिनल्यान्डबाट बिदामा नेपाल आएको बेला थियोे । यसै मेसाेमा तीन दाजुभाइका परिवार मिलेर पारिवारिक पिकनिक जाने सल्लाह भयाे ।  जाने त जाने तर कहाँ ? कसैले गाेदावरी सुझाए त कसैले घ्याम्पेडाँडा ।  "नजिकैको तर सकभर नगएको ठाउँमा जाऊँ न !" मैले प्रस्ताव गरें ।  "उसाे भए नुवाकोटमा पर्ने कपिलेश्वर महादेव जाने त ?" दाजु नारायणराज मिश्रबाट सुझाव आयाे । एक त पुर्ख्याैली थलाे, उसैमाथि यसअघि पटकपटक जान चाहेर पनि अनुकुलता नमिलेकाे ठाउँ थियोे, नुवाकोटको कविलास र कपिलेश्वर मन्दिर । फेरि, काठमाडौंबाट करिब ४७ कि.मि. काे दुरीमा भएकाले धेरै टाढा पनि थिएन । त्यसैले दाजुकाे सुझावलाई नकार्ने कुरै थिएन, सर्वसम्मत भयो । जाने दिन २०८० फागुन २६ गते शनिबारलाई ताेकियाे ।  बच्चाहरु सहित हामी १६ जना भयाैं जाने ।  पूर्वपरिचित चालक प्रकाश अधिकारी भाइलाई फाेन गरेर माइक्रोबस रिजर्भ गर्ने काम भयो ।  एकदिने भ्रमणमा जाँदा हामी सामान्यतया घरबाटै खाना-पानीको व्यवस्था गरेर जान्थ्याैं । तर यसपटक उहीँ गएर पकाएर खाने सल...

लघुकथा : बुझक्की भाइ

Image
           ✍️ मुरारीराज मिश्र, "दाइसँग एउटा सल्लाह गर्नुथ्याे !" जर्मनबाट भाइ राजनले मेसेञ्जरमा भन्याे । खाना खाइवरी सुत्ने तरखरमा रहेकाे सुन्दर, भाइकाे कुराले चनाखो भयाे । "के कुरा हाे भन् न भाइ ?" उसले कुरा अघि बढायाे । "हामी यतै सेटल भईसक्याैं । छाेरीहरु त झन् जन्मजात यताकै नागरिक । अब शायद नेपाल फर्कन्नाैं हाेला हामी ! यदि आईएछ भने पनि, काठमाडौंमा आधा राेपनी जग्गा सहितको घर किनिएकै छ !" राजनले भन्दै गयाे । "कुराे के हाे प्रष्ट भन् न ।" सुन्दरले स्पस्ट हुन चाह्याे । "गाउँमा हाम्रो पुर्ख्याैली जग्गा पनि जम्मा  पाँचआना मात्रै हाे । भाग लगाउने हाे भने तीन भाइलाई घडेरी पनि पुग्दैन । तपाईंहरु गाउँमा जमिन खाेस्रेर खाईरहनु भएको छ । मलाई गाउँको जग्गाकाे कामै छैन । त्यो जग्गा संधै  तपाईंहरुसँगै रहाेस् भन्ने मेराे चाहना छ । त्यसैले यताबाट मैले अंश छाेडेकाे कागज पठाईदिन चाहेको ...।" भाइले भन्याे । सुन्दरलाई लाग्याे "मेरो भाइ साँच्चिकै बुझक्की भएछ !" आफूमाथि गरेको गुन बिर्सेकाे रहेनछ भाइले भन्ने साेचेर उसको मनमा अनायास भातृप्रेम ...

लघुकथा : परम्परागत बिहे

Image
 ✍️ मुरारीराज मिश्र, "ल अब कन्यादानकाे समय हुनलाग्याे, तयार हुनुहाेस्" पुराेहितले दुलहीपक्षलाई जानकारी गराए । "कन्यादान भन्ने शब्द प्रयोग नगर्नुस् त गुरु ! के हामी नारी कुनै बस्तु या जनावर हाैं ? मान्छेकाे पनि दान हुन्छ कहीँ ? विदेशतिर त यस्तो चलन छैन ! तपाईंहरु दक्षिणाकाे लागि जेपनि गर्ने ?  याे मलाई पटक्कै मन पर्दैन ।" परम्परागत बिहे गर्नका लागि भनेर विदेशबाट आएकी दुलहीले पुराेहितसंग कड्किंदै भनिन् । दुलहीले भनेका कुराले विवाहमा आएकाहरुकाे ध्यानाकर्षण गर्‍यो । उनीहरू विवाह मण्डप नजिकै झुम्मिएर कहिले दुलाहा, दुलही र कहिले पुराेहितकाे मुख हेर्न थाले । सबैलाई "अब के हुन्छ" भन्ने जिज्ञासा थियोे । दुलहीकाे मुख क्राेधाग्नीका कारण राताे देखिन्थ्यो भने बिचराे दुलहा केही नबुझे झैँ अक्क न वक्ककाे अवस्थामा थियोे । "धुवाँले गर्दा फाेटाे राम्रो आएन- जग्गेमा आगाे नबाल्नुस्, फाेटाे खिच्न समय पुग्दैन- विवाहको विधि छाेट्‌याउनुस्" भन्ने देखि  फाेटाे खिच्दा धकेलमकेल गर्दै पटकपटक यताउता सर्न लगाएपछि, क्यामेराम्यानसंग गुरुकाे यसअघि नै बाझाबाझ परिसकेको थियोे । अहिले...

लघुकथा : बाइककाे साँचाे

Image
   ✍️ मुरारीराज मिश्र, "स्मरण शक्ति कसरी बढाउन सकिन्छ" भन्ने बारेमा तालिम सुरु हुँदै थियोे । संस्थामा कार्यरत सबै कर्मचारीहरु हलमा पुगिसकेका थिए ।  कार्यक्रम सुरु हुनै लाग्दा, तालिम दिन आएका बरिस्ठ प्रशिक्षक "एकै मिनेट कुर्नुस् है" भनेर हलबाट निस्किए ! उनी किन र कता गए भनेर, सबैलाई खुल्दुली लाग्दै थियाे । "माफ गर्नुहाेला, एउटा समस्याले गर्दा तपाईंहरूलाई धेरै कुराएँ मैले" भन्दै निकैबेर पछि उनी तालिम हलभित्र पसे ।  "त्यस्तो के समस्या आइपर्‍याे र सर ?" एकजनाले सहभागीले प्रश्न गरे ।  "हेर्नुस् न, म पनि कस्तो हुस्सु भएछु ! बाइकको साँचाे कता राखें भन्दै एकघण्टा देखि खाेजेकाे खाेज्यै थिएँ, आखिरमा आफ्नै खल्तीमा पाे रहेछ !" प्रशिक्षकले हाँस्दै भने । (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७) हिमाली बेला मा २०८१-०२-०९ मा प्रकाशित ।