लघुकथा: जिज्ञासा
✍️ मुरारीराज मिश्र,
म : त्यहाँ त `हिन्दु धर्मावलम्बीहरुकाे लागि मात्रै मन्दिरभित्र प्रवेश´ भनेर साइनबोर्ड राखेको छ हैन र ?
उ : ए, हाे र ! तर, त्यस मन्दिरको सम्पूर्ण व्यवस्थापन हेर्ने तालुकवाला अफिसकाे मुख्य हाकिम नै गैरहिन्दु छन् रे नि त !´
म : अनि ती हाकिमसाहेव चाहिँ मन्दिर भित्र पस्छन् कि पस्दैनन् हाेला हगि !!!
(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७)
लघुकथा संसारमा प्रकाशित

Comments
Post a Comment