Posts

राजधानी : एक शव्दचित्र

कविता राजधानी : एक शव्दचित्र - मुरारीराज मिश्र पैसाको लागि – यहाँ इमान बेचिन्छ, स्वार्थको लागि – यहाँ कानून मिचिन्छ, यो विडम्वना नै भनुँ काठमाण्डौंको लागि सत्यको वकालत गर्नेहरुलाई  यहाँ  पद र शक्तिको हतियारले थिचिन्छ । यहाँ – जताततै टुटफुट छ, चारैतिर – जता हे-यो ब्रम्हलुट छ, व्यापारीहरुलाई भाउ बढाउने र  कर्मचारीहरुलाई घुस खाने छुट छ, शत्रुहरुको त कुरै छोडौं शक्ति हत्याउने दाउमा,  यहाँ – बाबु र छोराकै पनि कुटाकुट छ । यहाँका चोक/गल्लीहरुमा – हल्ला र गफका बिउ छरिन्छ, अरुको बेइज्जत र चरित्र हत्या भने – यहाँ फोकटमा नै गरिन्छ, चाकडी, चुक्ली र चाप्लुसी  यहाँ  उन्नति गर्ने मूल मन्त्र हो, सोझा र खुशामद गर्न नजान्नेहरुलाई भने  यहाँ – प्रत्येक दिन विभागीय कारवाही गरिन्छ । यहाँ – भोको पेट र गरीबीसँग जिस्किइन्छ राहतको नाममा – भाषण, नारा र आश्वासन पस्किइन्छ, शायद बानी परेकोले नै हो कि क्या हो ? धूवाँ, धूलो र दुर्गन्धको मात्रा – अलि कम महसूस गर्दा पनि – यहाँका बासिन्दाहरुलाई पिनास हुन्छ । यहाँका मान्छेहरुको चाहना असीमित छ, त्यसैले...

(लघुकथा) समय/संस्कार

लघुकथा #समय/संस्कार - मुरारीराज मिश्र हजुरबुबा : कुखुराले बाटाे काट्दा त्याे बाटो नै नहिंडी अर्कै बाटोबाट घर अाई नुहाएर जनै फेर्नुहुन्थ्यो, बुवा : बाहुनले कुखुरा छुन पाे हुन्न तर कुखुराले काटेको बाटो हिंड्दा फरक पर्दैन भन्नुहुन्थ्यो, म : बाहुनले कुखुरा खानु पाे हुन्न छुंदा केही हुन्न भन्ने मान्छे, छाेरा : बाहुनले कुखुरा काटनु पाे हुन्न अरूले काटेकाे खांदा केही फरक पर्दैन भन्थ्याे, अहिले नातीहरू घरमै कुखुरा काटेर खान्छन् ।

सामाजिक संस्कारमा उत्ताउलो तडक भडक

Image
                                                                                                                                              - मुरारीराज मिश्र, आजभोलि हाम्रा बिभिन्न सामाजिक संस्कारहरु निकै नै खर्चिला हुंदै गएका छन् । सम्पन्न बर्गका सिमित ब्यक्तिहरुमा जागेको सम्पन्नता प्रदर्शन गर्ने महत्वाकांक्षा ले गर्दा मध्यमवर्गका ब्यक्तिहरुको लागि बिभिन्न चाडपर्वहरु लगायत पास्नी, ब्रतवन्ध, बिवाह, मृत्यु संस्कार आदि जस्ता अनिवार्य सामाजिक संस्कारहरु सम्पन्न गर्न कठिन मात्र होईन प्रायः असम्भव नै हुंदै गएको छ । टोल छिमेकका सम्पन्न व्यक्तिले गरेको भव्य समारोहहरुले गर्दा, एउटा सामान्य व्यक्तिले समाजमा आफ्नो उपस्थिति देखाउन (चलन चल्तीको...

गायत्री महाविद्याका २४ देवताहरु

गायत्री महाविद्याका २४ देवताहरुः ॐ भूर्भूवः स्वः तत् सवितुर्वरेण्यंः भर्गाे देवस्य धीमहि । धियो योः नः प्रचोदयात् । गणेश गायत्री; ॐ एक दन्ताय विद्महे, वक्रतुण्डाय धीमहि । तन्नो बुद्धिः प्रचोदयात् । नृसिंह गायत्री; ॐ उग्रनृसिंहाय विद्महे, वज्रमखाय धीमहि । तन्नो नृसिंहः प्रचोदयात् । बिष्णु गायत्री; ॐ नारायणाय विद्महे, वासुदेवाय  धीमहि । तन्नो बिष्णुः प्रचोदयात् । शिव गायत्री; ॐ तत्पुरुषाय विद्महे, महादेवाय  धीमहि । तन्नो रुद्र:  प्रचोदयात् । कृष्ण गायत्री; ॐ देवकी नन्दनाय विद्महे, वासुदेवाय  धीमहि । तन्नो कृष्णः  प्रचोदयात् । राधा गायत्री;  ॐ वृषभानुजायै विद्महे, कृष्ण प्रियायै  धीमहि । तन्नो राधाः  प्रचोदयात् । लक्ष्मी गायत्री; ॐ महालक्ष्म्यै विद्महे, विष्णु प्रियायै  धीमहि । तन्नो लक्ष्मीः  प्रचोदयात् । अग्नी गायत्री; ॐ महाज्वालाय विद्महे, अग्निदेवाय धीमहि । तन्नो अग्निः  प्रचोदयात् । इन्द्र गायत्री; ॐ सहस्रनेत्राय विद्महे, वज्र हस्ताय धीमहि । तन्नो इन्द्र:  प्रचोदयात् । सरस्वती गायत्री; ॐ सरस्वत्यै विद्महे, ब्रह्मप...

लघुकथा : गाईपालन‬

लघुकथा : गाईपालन‬                                - मुरारीराज मिश्र उस्ले अाफ्नाे घर संगै जाेडिएकाे सार्वजनिक जग्गामा काठ गाडेर मान्द्रोकाे भित्ताे र परालको छानाे राखेर ठूलै कटेराे बनायो । छिमेकीहरूले कटेराे बनाउनुकाे कारण साेध्दा- यस ठाउँमा गाई नभएकोले गाेबर, गहुँत र दुधकाे अभावमा धार्मिक कार्य गर्न कठिनाइ परेकाे हुनाले अाफूले २ वटा गाई पाल्न लागेकाे बतायो, छिमेकीहरूले केही भनेनन् । केही महिनापछि कटेराेमा परालको छानाे हटाएर जस्तापाताकाे छानाे हाल्याे, साेध्दा- पानी चुहिएर गाई भिजेकोले छानाे फेरेको बतायाे, छिमेकीहरू फेरि चुप लागे । केही महिनापछि मान्द्रो हटाएर सिमेन्टकाे जाेडाईमा पाकाे ईंटाकाे गाह्रो लगायाे, साेध्दा- चिसाे हावा र स्याँठले गर्दा गाई बिरामी परेकाे कारण देखायो, छिमेकीहरू फेरि पनि चुपचाप लागे । केही महिनापछि जस्तापाताकाे छानाे हटाएर कंक्रिटकाे पक्की ढलान गर्‍याे, साेध्दा- घामले जस्ता तात्दाकाे राप र पानी परेकाे अावाजले गाईलाई असर परेकोले बाध्य भएर ढलान गरेको बतायो, बिचरा छिमेकीहरू यसपटक प...

शिव–पञ्चाक्षर स्तोत्रको नेपाली भावानुवाद

शिव–पञ्चाक्षर स्तोत्रको नेपाली भावानुवाद                                      – भावानुवाद  मुरारीराज मिश्र नागको हार घाँटीमा, तीन्वटा छन् नयन पनि । घसेर अङ्गमा भष्म, दिगम्वर भै–रहने उनी ।। संधै शुद्ध अविनाशी, भोलेनाथ महेश्वर ।  “न” कार रुपी श्री शम्भु, नमन मेरो ग्रहण गर ।। मन्दाकिनी नदीजलले, गर्छन् स्नान संधै भरी । पूजा हुंदा चढाईन्छ, चन्दन, पुष्प थरी–थरी ।। प्रथमगण–नन्दीका स्वामी, अधिपति महेश्वर । “म” कार रुपी श्री शम्भु, नमन मेरो ग्रहण गर ।। शिव– बृष ध्वजाधारी, कल्याण–सूर्यरुपी पनि । दक्ष–यज्ञ बिनास गर्ने, स्वामीहुन गौरीका उनी ।। शोभाशाली उनै ईश्वर, नीलकण्ठ महेश्वर । “शि” कार रुपी श्री शम्भु, नमन मेरो ग्रहण गर ।। वशिष्ठ मुनी, इन्द्रादि, गर्छन् शिरको पूजा पनि । चन्द्र, सूर्य र अग्नी तीन, बस्छन् जस्को नयन बनी ।। मुनी–आराध्य उनै शम्भु, आशुतोष महेश्वर । “व” कार रुपी श्री शम्भु, नमन मेरो ग्रहण गर ।। यक्षरुपी, जटाधारी, हातमा हुन्छ ...

शिव मानसपूजा स्तोत्र (नेपाली भावानुवाद)

Image
     शिव मानसपूजा स्तोत्र               (नेपाली भावानुवाद)                                        – भावानुवाद  मुरारीराज मिश्र हे दीनबन्धु, दयानिधे, हे देव पशुपतिनाथ । गर्न बसेँ म पूजा तिम्रो, छैन सामाग्री साथ ।। रुप सम्झदैँ मनले तिम्रो, भक्ति गर्छु प्रभो । यो सब पूजा–मानसिक हो, ग्रहण गर शम्भो ।।१।। तिम्रो लागि स्वर्ण सिँहासन, मनमै कल्पी बनाएँ । शीतल हिमालयको जलले, तिम्रो स्नान गराएँ ।। रत्न जडेको बस्त्राभूषण– पहि¥याउन ल्याएँ प्रभो । यो सब पूजा–मानसिक हो, ग्रहण गर शम्भो ।।२।। शुद्ध श्रीखण्ड र कस्तुरी हाली ,         चन्दन लेप बनाएँ । अनेकन पुष्प र बेलपत्रको, पुष्पाञ्जलि चढाएँ ।। धूप, दीप सहित शङ्ख बजाई, आरती गर्छु प्रभो । यो सब पूजा–मानसिक हो, ग्रहण गर शम्भो ।।३।। स्वर्णपात्रमा दहि, दुध, घिउ र सर्वत हाली ल्याएँ । जे–जति सम्झेँ – व्यञ्जन सारा, तिम्रै लागि बनाएँ ।। पान, सुपारी र फल पनि ल...