Posts

नेपालको महिला शिक्षा र पद्मकन्या विद्याश्रम

Image
- मुुुरारीराज मिश्र शिक्षाकाे महत्व: शिक्षा उज्यालोको त्यो श्रोत हो, जुन उज्यालोले हामी मानवलाई जीवनको बिभिन्न क्षेत्रमा अमूल्य मार्गदर्शन गर्ने गर्छ । शिक्षाले मानवको ब्यक्तित्व निमांणमा सहयोग पुर्याउंछ । शिक्षाले नै मानिसभित्र आत्मबिश्वास र सकारात्मक बिचार पैदा गर्छ । जीवनमा अघि बढ्न र सफलता प्राप्त गर्न उचित शिक्षा आर्जन गर्नु सवैको लागि अत्यावश्यक छ । शिक्षा आर्जन नगर्नु भनेको अन्धकारमा बस्नु सरह हो । शायद यहि तथ्यलाई बुझेर होला सभ्यताको बिकासक्रम सँगै मानिसले परापूर्वकालदेखिनै बिभिन्न तरिकाबाट सिक्ने र सिकाउने कार्य गर्दै आएको छ । प्राचिनकालमा गुरुकूल, गुम्वा, मदरसा आदिबाट परम्परागतरुपमा दिईने शिक्षा प्रणाली आधुनिक प्रविधिको बिस्तारसँगै हालः कम्प्युटर युगमा पुगिसकेको छ । नेपालमा महिला शिक्षा शैक्षिक बिकासक्रमको दृष्टिकोणले नेपालको सन्दर्भमा भने औपचारिक आधुनिक शिक्षाको सुरुवात रानीपोखरीस्थित दरवार हाई स्कूल (भानु मा.वि.) को स्थापनासँगै बि.सं. १९१० बाट भएको हो । सुरुमा राणा परिवारको लागि मात्र खोलिएको उक्त विद्यालयमा बिस्तारै सर्वसाधारणले समेत प्रवेश पाउंदै गए । मह...

“अमरावती कान्तिपुरी नगरी“

Image
कविता “अमरावती कान्तिपुरी नगरी“ ढलजाम, हिलो, छ धुलो उतिनै छ प्रदूषण, बिकृति सब् त्यतिनै । जलमग्न सडक्, छ तलाउ सरि अमरावती कान्तिपुरी नगरी ।। यहाँ रावण–राम, कठिन् चिनिनै यहाँ भद्र–भलादमी, कम् अति नै । जति सज्जन छन् अपवाद सरि अमरावती कान्तिपुरी नगरी ।। घुसखोरी बहुत् यहाँ कानून झैं छ महंगी यहाँ, सुरसा मुख झैं । यहाँ बाँच्न कठिन, संघर्ष गरि अमरावती कान्तिपुरी नगरी ।। गुलिया सपना अनि भाषण त्यो जनमत लुट्ने मुलमन्त्र भयो । ठगीए जनता, बिश्वास गरि अमरावती कान्तिपुरी नगरी ।। न बिकास छ उन्नति एक रति प्रभुकै भर हो, यहाँ जे छ जति । छ चकित, थकित, दुखी बिचरी अमरावती कान्तिपुरी नगरी ।।         –समाप्त–                – मुरारीराज मिश्र,                  उमामहेश्वर मार्ग, कुमारीगाल,                  का.म.पा. - ७

हाइकू : चित्रमा

Image