Posts

प्रार्थना

Image
कलि मध्य भयाे, क्षय धर्म भयाे, बढ्यो पाप अति, यस पृथ्वी भरी । गर नाश अधर्म र पापहरु, प्रभु फेरि कुनै, अवतार धरि ।। अति उग्र हुँदैछ, अधर्म प्रभु, यहाँ पाप बडो बलशाली भयाे । बन्यो पत्थर झैँ, मन मानिसको, न दया-ममता, मनु लुब्ध भयाे ।। धरती बिचरी, दुखी छिन् बहुतै, अब भार हटाऊ, ढिलाे नगरी । गर नाश अधर्म र पापहरु, प्रभु फेरि कुनै, अवतार धरि ।। गुणी जन् बहुतै, दुखी छन् जगमा, तिमी माथि छ आश, प्रभु सबकाे । सब ताप विनाशक, छाै तिमी नै, तिमी बाहेक पर्नु शरण् कसकाे !! भवमाेचक हाै, तिमी मात्र प्रभाे, यहाँ हुन्छ र के, तिमीले नगरी ? गर नाश अधर्म र पापहरु, प्रभु फेरि कुनै, अवतार धरि ।। कलि मध्य भयाे, क्षय धर्म भयाे, बढ्यो पाप अति, यस पृथ्वी भरी । गर नाश अधर्म र पापहरु, प्रभु फेरि कुनै, अवतार धरि ।।                        ✍️ मुरामि

पाँच हाइकू

~एक~                       ~दुई~ आफ्नै अगाडि            बंगैचा भरी बगिरहेछ नदी             हाँसीरहेछन् फूल ताताे बगर !               उदास काँडा ! ~तीन~                          ~चार~ टल्पल आँसु                  बल्झियाे याद बाध्यताकाे मुस्कान         चहरार्‍याे अतित लाचार मन !                  पीडा थपियो ! ~पाँच~ मन बिझायाे, ओछ्यान भन्ठानेर तन्ना फेरेछु ! यी हाइकुहरु साहित्यपाेस्ट डट कममा प्रकाशित भएका छन् । तलकाे लिंकमा पढ्न सकिन्छ ।https://sahityapost.com/2020/06/8195/

ईश्वर बन्दना

#प्रार्थना  हे प्रभु मेराे आत्म घडामा,  ज्ञानामृतले भरिदेऊ । ब्यर्थ नजाओस् मानव चाेला, बिन्ती कृपा गरिदेऊ ।।🙏 जान्दिन गीता, वेद पुराण क्यै, जान्दिन जप् तप् कर्म । न ता जान्दछु, पूजा पाठहरु, न कुनै जान्दछु धर्म ।। साह्रै सठ छु, याे मनभित्र, प्रेमामृतले भरिदेऊ । ब्यर्थ नजाओस् मानव चाेला, बिन्ती कृपा गरिदेऊ ।।🙏 दृष्टि धमिला, श्रवण मधुरा, काँप्छन् हरेक अङ्ग । सुस्त हुँदै गयाे मन मस्तिष्क, उड्याे रुपकाे रङ्ग ।। जीवन दीयाे निभ्नु अगावै, दयामृतले भरिदेऊ । ब्यर्थ नजाओस् मानव चाेला, बिन्ती कृपा गरिदेऊ ।। हे प्रभु मेराे आत्म घडामा, ज्ञानामृतले भरिदेऊ । ब्यर्थ नजाओस् मानव चाेला, बिन्ती कृपा गरिदेऊ ।।                  ✍️ मुरामि

सरकारी दृष्टिमा ओझेल परेका बर्गः विद्यालय कर्मचारी

Image
शिक्षा क्षेत्र   र विद्यालय सञ्चालनको कुरा गर्दा हामीकहाँ संधै विद्यार्थी र शिक्षकको मात्रै   चर्चा हुने गरेको छ । सरकारले पनि यी दुई पक्षलाई मात्रै सुबिधा र ध्यान दिएको छ । विद्यालय सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्ने वालबिकास शिक्षक र विद्यालय कर्मचारीहरुको भने सामान्यतया कतै उल्लेख समेत गरिन्न । उनीहरुलाई न त राज्यले नै कुनै सुबिधा दिन्छ , संरक्षण गर्नु त परैको कुरो । यस प्रकार विद्यालय कर्मचारीहरु सवै क्षेत्रको पूर्णतः बेवास्ताका कारण ओझेलमा परेका छन । लेखक कुनै पनि विद्यालयको सुचारु सञ्चालन शिक्षक – कर्मचारी – विद्यार्थीको त्रिपक्षिय सहयोग र समन्वयबाट मात्रै सम्भव हुन्छ । एक विना अर्को अपुरो हुन्छ । शिक्षक र विद्यार्थीको सिक्ने सिकाउने कार्यमा विद्यालय कर्मचारीहरुले प्रत्यक्ष र अप्रत्यक्ष दुवै रुपले सहयोग पुर्याउने गर्छन । विद्यालयको सुरक्षा एवं संरक्षण गर्ने , सरसफाई गर्ने , घण्टि लगाउने , विद्यार्थी भर्ना गर्ने , पुस्तकालय व्यवस्थापन गर्ने , लेख...

केही हाइकुहरु

लुट्छ उमेर हरेक सूर्याेदय, उज्यालो दिई । एकै शब्दमा महाकाव्य लेखियाे 'आमा' भनेर । चन्द्र उदायाे सम्झिएँ तिमीलाई दुरुस्तै थियोे । पुरानो घाउ खाटा बस्नै सकेन बल्झिन्छ संधै । नक्सामा आफ्नाे रजगज अर्कैकाे मेराे जमिन । कहिले सुस्ता कहिले कालापानी देश दुख्दैछ । मिलेर बाँचाै माटोको भर ईंटा ईंटाको माटा । दुखेकाे मन परेली बाँध खाेल्दै तप्प चुहियाे । मायाको फूल फुलाउन खाेजेकाे बाेटै सरेन । आफैं देखेर लठ्ठीए ऋतुराज मुस्कायाे फूल ।       ***** ✍️ मुरारीराज मिश्र नाेट: sahityapost.com मा मिति २०७७-०२-१७ गते प्रकाशित भएका यी हाइकुहरु, यस लिंकमा पनि पढ्न सकिन्छ - https://sahityapost.com/2020/05/6987/

भजन

Image
मर्नु छंदै छ एकदिन, बिर्सन्छ किन मनले ? आउँछ अन्त्य बेला, गर्दैन केही धनले !! लाग्छन् अनेक राेग, सिथिल हुन्छ तन याे । ईर्ष्या र लाेभ-माेह, मान्दैन छाेड्न मन याे ।। आराम खाेज्छ देह, दिंदैन मुर्ख मनले ! मृत्यु समीप पुग्दा, गर्दैन केही धनले !! धन् सम्पत्ति र बस्तु, जे छन् सबै घरैमा । छाेडि छ जानु एक्लै, कात्राे भिरी शरीरमा ।। चाेला छ याे अनित्य, बुझ्दैन स्वार्थी मनले ! आगाेमै बल्छ देह, गर्दैन केही धनले !! मर्नु छंदै छ एकदिन, बिर्सन्छ किन मनले ? आउँछ अन्त्य बेला, गर्दैन केही धनले !!                                     ✍ मुरामि

लुछियाे लिम्पियाधुरा

शुभचिन्तक हुँ भन्थ्याे, गर्थ्याे ठूला कुरा पनि । कहिले साँच्चिकै लाग्थ्यो, दु:खकाे साथी हाे भनि ।। एकाएक उसैले नै, धस्दियाे छातीमा छुरा । कालापानी दुख्यो पैले, दुख्दैछ लिम्पियाधुरा ।। सहयोग पनि दिन्थ्याे, कैले काँही अलिअलि । त्यसकै बदला गर्थ्याे, देशभित्र ढलिमलि ।। दाउ हेरि बस्या रैछ, खान याे देश नै पुरा । पैले सुस्ता निल्याे क्वाप्पै, अहिले लिम्पियाधुरा ।। के गर्नु, दाेष छ हाम्रै, देश काट्याैं कुटुकुटु । उसैका पाउमा चाट्याैं, श्वान झैँ भै लुटुपुटु ।। आफैं छाड्याैं सिमा हाम्ले, उस्काे के गर्नु खै कुरा !  काेशी-काली लुछ्याे पैले, लुछियाे लिम्पियाधुरा ।। पहिले जे जति घात, राष्ट्रकाे हामीले गर्‍याैं । स्वीकारी देशका सामु, सच्याउन अघि सराैं ।। सकेनौं यदि याे गर्न, एकताबद्ध भै पुरा । बाँकी हुन्न पुरै देश, के खाेज्नु लिम्पियाधुरा ।।                  *समाप्त* तलको लिंकमा पनि याे कविता पढ्न सकिनेछ । https://sahityapost.com/2020/05/5440/