Posts

हाइकुहरु

१. ठेकी चर्केछ अंगेनोको रापले घिउ पोखियो ! २. बिस्तारै तात्यो चिसिएको अंगेनो सल्क्यो दाउरा ! ३. कुँडेको दूध पोखियो भुइँभरी बिरालो मख्ख ! ४. गोलो अँगेनो भर्भराउँदो आगो चिसो मौसम ! ५. खेती चटारो उफ्रिंदैछ बाउसे हिलाम्मे खेत ! ६. यौटाको धन र्‍याल काट्दैछ अर्को भ्रमको चास्नी ! ७. मौन आकाश पृथ्वीमा निहार्दैछ जून बालेर ! ८. लफक्कै धर्ती आकाशको आँसुले मोती टल्कियो ! ९. बेचैन मन अनिदा आँखाहरु छर्लङ्ग रात ! १०. लक्ष्य शिखर चिप्लेकिराको चाल हिउँ पग्लियो ! ११. लुछियो मासु मन्दिरभित्र लाश मौन देवता ! १२. साथी शकुनी सत्तामा धृतराष्ट्र विचरा भीष्म ! १३. मुस्कायो फूल मग्मगायो बगैंचा माली रमायो ! १४. बुद्ध छातीमा अग्रसर युद्धमा बुद्धं शरणं ! १५. च्वास्स घोच्दैछ प्यूरीको डस्ना पनि अनिँदो रात ! १६. पूर्ण चन्द्रमा कोठामै उदाउँछ हाँसिदेऊ त ! १७. टुपीमा पुग्दा धोतीका जुम्राहरु रवाफै बेग्लै ! १८. जुनेली रात जुनकीरीको दम्भ उज्यालो मेरै ! १९. अँध्यारो रात सल्काउँदैछु दीयो मन बालेर ! २०. पूरा अपूरा केही थान सपना जीवन यात्रा ! २१....

साेच्दैनन् भेडाहरु

Image
 कविता: "साेच्दैनन् भेडाहरु" -------------- ✍️ मुरारीराज मिश्र के तपाईंले देख्नुभएकाे छ भेडाहरुले साेचेकाे ? पक्कै पनि छैन हाेला ! अहँ, मैले पनि देखेकाे छैन अहिलेसम्म ! निकै स्वामीभक्त हुन्छन् भेडाहरु त्यसैले साेच्द‌नन् ! आँखै अगाडि दुर्घटना देखेपनि साेच्दैनन् परेपनि साेच्दैनन् मरेपनि साेच्दैनन् आज्ञापालन उनीहरूकाे धर्म हाे त्यसैले कहिल्यै साेच्दैनन् ! ऊनका लागि भुत्ल्याईए पनि मासुका लागि रेटिए पनि कहिल्यै गुनासाे गर्दैनन् त्यसैले त पालिन्छन् मीठो-पिठो खुवाएर परेकाे बेला बलि चढाउन भेडाहरु !               *** _______  उमामहेश्वर मार्ग, कुमारीगाल, का.म.पा.- ७ । नाेट: साहित्यपाेष्ट अनलाइनमा प्रकाशित याे कवितालाई यस लिंक https://www.sahityapost.com/2020/12/22151 / मा पनि पढ्न सकिन्छ । कविता संसार अनलाइन मा प्रकाशित ।

सात प्रेमिल हाइकु

रक्तिम ओठ स्पर्श गर्नै पर्दैन हेर्दै मात्तिन्छु  ! घर्तीमा पनि चन्द्राेदय देखिन्छ  केश हटाऊ ! घाईते पार्न हतियार चाहिन्न आँखै काफि छ ! फूल बर्सिन्छ मग्मगाउँछ हावा मुसुक्क हाँस्दा ! काेकिल कण्ठ  सुमधुर आवाज वीणा रेटे झैं ! तुलना व्यर्थ  लजाउँछे उर्वर्शी साैन्दर्य सामु ! प्रेम भावले लजाई निहुरिन्छाै थामिन्छ सृष्टि ! (कुमारीगाल, काठमाडौं-७, उमामहेश्वर मार्ग)                   २०७७-०६-०४ गते साहित्यपाेष्टमा प्रकाशित 

दुई भजन

 दुई भजन १. वारि बस्छिन् गाैरी माता, पारी गुह्येश्वरी । बिचमा भाेलेबाबा बस्छन्, किराँती रुप् धारि ।। माता मनकामना छिन्, गाेरखनाथ संग । बिश्वरुप दर्शन गर्दा, याे मन हुन्छ दंग ।। राममन्दिर, कलिदेव, भष्मेश्वर घाट । नवदुर्गा, वनकाली, जाने यतैबाट ।। श्री वाशुकी बसेका छन्, अलिकति माथी । गराैं दर्शन नागराजलाई, चढाई फूलपाती ।। लाल गणेश, चाैंसठ्ठी, भैरव, ग्रह देव । सबै देव देवी बसुन्, मन् भित्र सदैव ।। जय वागेश्वरी माता, सडकपारी बस्छिन् । माता भुवनेश्वरीले,  सबकाे हित गर्छिन् ।। बागमती किनारामा, बस्छन् भाेलेनाथ । दक्षिण मूर्ति, भैरवनाथ र उमाकुण्ड साथ ।। कैलाश पर्वत, श्लेषमान्तक, मृगस्थली यतै । यस्ता पुण्य तीर्थहरु, पाईन्न है कतै ।। दिनदिनै दर्शन गराैं, मन्दिरमा धाऊँ । मानवकाे जुनीलाई, सार्थक बनाऊँ ।। **************************** २. सम्झाैं प्रभुकाे नाम, गराैं एक यही काम । मुक्ति पाउने उत्तममार्ग, केवल प्रभुकै नाम ।। भनाैं राम राम राम, भनाैं श्याम श्याम श्याम । भजाैं सबै मिलि नाम प्रभुकाे, मिल्दछ मुक्ति धाम ।। सत्ययुगमा फल पाउन, हुन्थ्यो कठिन अति । बडाे कष्टले तप गर्थे रे, बर्ष हजारौं ज...

कृष्ण भजन

लुकीलुकी कहाँ जान लाग्याै भन गाेपी ! दही मखन भरिएको ठेकीहरु बाेकी !! चाेरी खायाे दही भनि माता यशाेधालाई ! किन लायाै चुक्ली सबले, गाेकुलमा आई !! पर्ख, तिमीहरूलाई त्यसै कहाँ छाेड्छु ! दही मखन भरिएको ठेकी सबै फाेड्छु !! बजाउन्न आज देखि बाँसुरी म कहिले ! नुहाउन्न यमुनामा भनिदिएँ अहिले !! अब तिमीहरू संग गाई हेर्न जान्न ! बाेल्दिन म खेल्दिन म केही पनि खान्न !! कृष्णजीका कुरा सुनी गाेपीहरु सारा ! रुन थाले, आँखाबाट झारी अश्रुधारा !! भन्न लागे, गल्ती भयाे कृष्ण माफी देऊ ! तिमी बिना बाँच्नु ब्यर्थ बिन्ती हाँसिदेऊ !! फाेड अब ठेकीहरु दही मखन् खाऊ ! लठ्ठपार्ने कर्णप्रीय बाँसुरी बजाऊ !! हाँसे कृष्ण, दही मखन् खाए मख्ख पर्दै !! नाच्न थाले गाेपीहरु कृष्णलीला हेर्दै !!                                      ✍️ मुरामि

पाँच हाइकु

१. मान्छेले जित्यो  बुनाई प्रतिस्पर्धा  हार्‍याे माकुराे ! २. कठै ! छेपाराे के जित्थ्याे मान्छेलाई  रंग फेर्नमा ! ३. ब्वांसाे चरित्र  हावी भयाे मान्छेमा काेखामा दाँत ! ४. बैगुनी मान्छे  कुकुरबाट सिक्दैन ईमान्दारीता ! ५. ओझेलमा छन् कमिला र माहुरी  बारुलो ठालू ! *****साहित्यपाेष्टमा प्रकाशित ******

झुला गीत

Image
दक्षिणायण, बर्षा ऋतु, साउनकाे महिना । चारैतिर हरियाली, गाेकुल वृन्दावनमा ।। नानारंगी फूलहरु वनैभरी फुले । मीठा मीठा फलहरु, बाेटैभरी झुले ।। पुष्पकाे झुलामा, राधाकृष्ण संगै बसेर । झुल्दैछन् सुस्तरी, हेर्छन् गाेपी मख्ख परेर ।। यमुनाजी उर्लि उर्लि, हेर्छिन् कृष्णलीला । गाेपी-ग्वाला जम्मा हुन्छन्, नगरेर ढिला ।। पशुपंक्षी, रुखपात, लठ्ठ परि हेर्छन् । देवहरु स्तुति गर्दै, पुष्पवृष्टि गर्छन् ।। भुलेछन् भंवरा, वृन्दावनकाे फूल फूलैमा । झुले है श्रीकृष्ण, राधासंग पुष्प झुलामा ।। दही-नाैनी चाेरी खाने, ठेकी फुटाउने । कैले काँही गाेपिनीका, वस्त्र लुकाउने ।। अनेक् अनेक् लीला गरि, दुष्ट नाश गर्ने । उनै एक परमात्मा, सबै हर्ने भर्ने ।। कदमकाे रुखैमा, राधाकृष्ण झुल्छन् हाँसेर । साथ दिन्छन् संगीले, गीत गाई संगै नाचेर ।। पुष्पकाे झुलामा, राधाकृष्ण संगै बसेर । झुल्दैछन् सुस्तरी, हेर्छन् गाेपी मख्ख परेर ।। भुलेछन् भंवरा, वृन्दावनकाे फूल फूलैमा । झुले है श्रीकृष्ण, राधासंग पुष्प झुलामा ।। कदमकाे रुखैमा, राधाकृष्ण झुल्छन् हाँसेर । साथ दिन्छन् संगीले, गीत गाई संगै नाचेर । यही ह...