Posts

संस्मरण : मुक्तिनाथ यात्रा

Image
  ✍️  मुरारीराज मिश्र शायद  साइत नजुरेर होला, मुक्तिनाथ जाने अवसर पटकपटक आउँदा पनि जाने अनुकूल मिलिरहेको थिएन । यसै क्रममा घरपरिवारमा सल्लाह भयो । केही बर्ष अघि माैलाकालिका गएको बेलामा गृहलक्ष्मीले त्यहाँ लाखबत्ती बाल्ने संकल्प गरेकी रहिछन् ! यसपटक छोरी पनि एकमहिने बिदामा नेपाल आउँदै थिइन् । उनले पनि घुम्नजाने ईच्छा गरिन् । त्यसैले यसपल्ट लाखबत्ती कार्यक्रम सहित देश दर्शनका लागि मुक्तिनाथसम्म जाने मनस्थिति बनाइयाे । साथीभाइ, इष्टमित्र र आफन्तजनहरु सँग  कुराकानी हुँदा उहाँहरुले पनि भ्रमणमा सहभागी हुने इच्छा व्यक्त गर्नुभयो । एक-एक गर्दै ठूलै टोली बन्यो । जाने दिन तय गरेर चिरपरिचित यात्रा व्यवस्थापक सँग छलफल गरि यात्राको सातदिने प्याकेज तयार गरियो । देवघाटधाम, मौलाकालिका, विन्धवासिनी, गुप्तेश्वर महादेव, तालवाराही, छाब्दी बाराही, ब्यास गुफा, गलेश्वर महादेव, बाग्लुङ कालिका र मुक्तिनाथ जाने कार्यक्रम तय भयो । यात्राको प्याकेजमा सवारी भाडा, बिहानकाे चिया, दैनिक दुईछाक खाना र बासको व्यवस्था समावेश थियो । दिउसोको खाजा र साईट सीनको खर्च भने आफैंले ब्यहाेर्नु पर्थ्यो । यात्राक...

तीर्थयात्रा संस्मरण : गाेरखनाथ देखि हरिद्वारसम्म

Image
  ✍️ मुरारीराज मिश्र,  दशैैंकाे समयमा माता वैष्णाेदेवीकाे दर्शन लगायत भारतका केही प्रसिद्ध तीर्थस्थलहरुकाे यात्रा गर्ने पूर्वनिर्धारित कार्यक्रम अनुसार  २०७५  असाेज २९ गते दुर्गा पक्षकाे षष्टी तिथिका दिन बिहान ७ बजे हाम्रो ११ दिने तीर्थयात्राकाे शुरुवात भयाे । दशैंकाे नाैरथाकाे समय हामी नाैजना नै तीर्थयात्री लिएर हामीले बुक गरेकाे ल्याण्डक्रुजर गाडी  काठमाडौंबाट हुँईकियाे । याे गाडीको गन्तव्य हामीलाई सुनाैली नाकासम्म पुर्‍याउनु थियोे । बिहानीपखकाे काठमाडौंकाे माैसममा चिसाेपन आईसकेकाे महसूस भयाे । बिहानकाे चियापान नाैबिसेमा गरि करिव ११:३० बजे तिर चितवनको आँपटाडीमा पुगेर हामीले घरबाटै बनाएर लगेकाे खाना खायौं । त्यहाँबाट खाना खाएर हिंडेका हामी सांझ ४:३० बजे सुनाैली बजार पुग्यौं । एउटा हाेटेलमा हाम्रो रात्री बसाइकाे ब्यवस्थापन भयाे । हाेटेलमा कुराकानी गरेर भाेलिपल्ट बिहान गाेरखपुर जानका लागि याैटा भारतीय जिपकाे अग्रिम बुकिङ्ग गरेर खाना खाईवरी सुतियाे त्यसदिन । भारतीय रेलवेकाे टिकट हामीले काठमाडौंकाे ओरियण्ट प्याराडाइजबाट करिब चार महिना अघि नै बुकिङ्ग गरिसकेको हुना...

लघुकथा : लड्डु

लड्डु छिमेकीको घरमा ठूलै झगडा सुरु भाे । हतियार नउठाएकाेले मात्रै रगत नबगेकाे हाे, शब्दले त भिषण काटमार नै भाे । दाजुभाइहरुका कित्ता छुट्टिन थाल्यो ।नातागोता र आफन्तहरु पनि गुट-गुटमा बाँडिए । अलि सम्पत्तिवाला नै भएकाले दाजुभाइहरुकाे । जग्गा जमिन प्रशस्तै थियाे ।  चतुराे छिमेकी सबै घटनाक्रम नियालिरहेकाे थियोे । बिस्तारै उ पनि सल्बलाउन थाल्यो । सुटुक्क, बेग्लाबेग्लै सम्पर्क गर्न थाल्याे दुबैसंग । हितैषी देखाऊन थाल्यो आफूलाई दुबैकाे । जसरी हुन्छ आफूलाई सहयोग गर्न आग्रह गरे दुबै दाजुभाइले उसलाई । अंशवण्डा हुने त करिब पक्का जस्तै थियाे, फाईदा हुने ठानेर छिमेकी पनि मख्ख पर्‍यो । बर्षाैं देखि आफूले आँखा लगाउँदै आएकाे उनीहरूकाे भाेगचलनकाे जमिन सस्तो दाममा हात पार्ने लाेभ बढ्याे । उसले प्रस्ताव राख्यो, दुबैले सहर्ष सहमति जनाए । अझ याैटाले त बजार भाउभन्दा निकै कम माेलमा दिन्छु पनि भन्याे, उ हाैसिएर अनेक तानाबाना बुन्न थाल्याे ! एक दिन बिहान, उ भर्खरै उठेको मात्रै थियो । छिमेकमा निकै हल्लाखल्ला सुन्याे । हेर्‍यो, धेरै मानिसको जमघट थियाे । उ पनि बिस्तारै गयाे त्यतातिर । देख्यो, माला लगाएर अंकम...

देशको गीत ...चाहे लगाऊ दाैरा-सुरुवाल

Image
चाहे लगाऊ दाैरा-सुरुवाल, चाहे धाेती-गम्छा । नेपाली मन हुनुपर्छ, जे लाएनी हुन्छ ।। बेग्लाबेग्लै भाषा-भेष, बेग्लै बोलीचाली ।  जेजस्तो होस् रहनसहन, हामी हौं नेपाली ॥  सबै भाषा राष्ट्रभाषा, संविधानले भन्छ ।  नेपाली मन हुनुपर्छ, जे बोलेनी हुन्छ ॥ देउडा गाऔं, झ्याउरे गाऔं, या त देउसी भैलो ।  रोदी गाऔं, लोकगीत गाऔं, या त तामाङ सेलो ॥  यहाँ गाइने सबै गीतमा, एकताको धुन छ ।  नेपाली मन हुनुपर्छ, जे गाएनी हुन्छ ॥ स्वाभिमानी बन्नुपर्छ, अल्छी गर्नु हुन्न  मेहनतले उब्जाएर, खानुपर्छ अन्न  भात, रोटी, गुन्द्रुक, ढिंडो, के-के खान पुग्छ ।  नेपाली मन हुनुपर्छ, जे खाएनी हुन्छ ॥ चाहे लगाऊ दौरा-सुरुवाल, चाहे धोती-गम्छा ।  नेपाली मन हुनुपर्छ, जे लाएनी हुन्छ ॥

नारी शिक्षाकाे सतिसाल: पद्मकन्या विद्याश्रम

Image
----------------------------------- ✍️ मुरारीराज मिश्र मानवले आदिमयुग देखि नै बिभिन्न किसिमहरुबाट सिक्दै आएको छ र, यो क्रम कुनै न कुनै रुपमा जीवनपर्यन्त नै निरन्तर रुपमा चलिरहन्छ । मानवको यहि सिक्ने क्रमलाई हामी अहिलेको भाषामा शिक्षा भन्ने गर्दछौ । बालकको पहिलो पाठशाला भनेको घर हो, उस्ले आफ्नी आमारुपी शिक्षिकाबाट सिक्ने क्रमको सुरुवात गर्दछ । दार्शनिक ईमर्सनले भनेका छन्– “आमाले जस्तो बनाउंछिन् मानिस त्यस्तै बन्छ”। अर्थात् आमालाई एक कुशल कुमालेको रुपमा बुझ्न सकिन्छ जस्ले कांचो माटो रुपी बालक लाई एउटा सुन्दर र आकर्षकरुप प्रदान गरि योग्य बनाउंछिन । यसैबाट नारी शिक्षाको महत्व प्रष्ट हुन्छ ।  महिलाहरुले घर बाहिर नै निस्कनु हुंदैन भन्ने सामाजिक सोच रहेको तत्कालिन समयमा “एक पुरुषलाई शिक्षा दिनु एकजनालाई शिक्षित पार्नु हो तर एक महिलालाई शिक्षा दिनु पुरै परिवारलाई शिक्षित पार्नु हो” भन्ने भावनाले प्रेरित भई, “जनताहरु शिक्षित भएमा आफुहरुको शासन धेरै टिक्दैन तसर्थ विद्यालय खोल्नु उचित हुन्न भन्ने आफ्ना भाई भारदारहरुको सुझावको वेवास्ता गर्दै” तत्कालिन राणा प्रधानमन्त्री पद्मशम्शेर जवराले आफ्...

हाइकुहरु

 मकलभरी भर्भराउँदाे आगाे हात सेकियाे ! बत्ती बल्दैथ्याे सलेदाे नै डढेछ काेठै अँध्यारो ! इसाराबाटै जाेडिए मनहरु माया साटियाे !  उत्रियाे लुगा नाङ्गैभयाे शरीर घर झगडा !  नाैनी खाएर मदानी माेटाएछ ठेकी जिल्लियाे ! कसरी तर्नु उर्लिएकाे जंघार पुल भत्केछ ! निदाईन् धर्ती शीतकाे बिछ्याैनामा जुन तापेर !  मग्न भएर कविता काेर्दै थिएँ, मसी सकियो ! अाेसिलाे रात कठ्याङ्ग्रिएछ मन तात्नै मुस्किल !✅८-२१ जिते सूर्यले रातसंगकाे युद्ध हाँस्दै उदाए ! गाडी चल्दैथ्याे पेट्रोल सकिएछ यात्रा राेकियाे ! विद्यार्थी बस्याे भर्चुअल कक्षामा नेट चलेन ! लाेडशेडिङ्ग हटिसक्याे अचेल, बत्ती खाेई त !  भीरकाे यात्रा लर्खरायाे शरीर लठ्ठी सहारा ! खुट्टीकाे रस गजबको पाेषिलो राेगी तङ्ग्रियाे !  श्रीमान लुके श्रीमतीको रजाइँ रात परेछ ! खाेई के भयाे नुनिलो पाे भएछ उखुको लाक्रा ! कसाैंडी भित्र छड्किंदैथ्याे चामल माड पाेखियाे !  पाैष महिना उर्जाहीन'भाे सूर्य मान्छे तात्दैछन् ! बादल भित्रै अलमलिए सूर्य ताताे हरायो ! उषा किरण पातमाथिकाे शीत ...

मानव जीवनमा गीताकाे महत्त्व

"मानव जीवनमा गीताकाे महत्त्व " ------------------------------------ मुरारीराज मिश्र याेगेश्वर भगवान् श्रीकृष्णका मुखारविन्दबाट निस्किएको गीता जस्ताे संसारकै सबैभन्दा उत्कृष्ट, गहन र पवित्र ज्ञान ग्रन्थ; जसमाथि हजारौं बिद्वान् बिदुषीहरुका लाखौं लेख, प्रवचन र पुस्तक सार्वजनिक भएका छन्, त्यसका बारेमा कलम चलाउन खाेज्नु म जस्ताका लागि एउटा दुस्साहसपूर्ण कार्य हाे । गीताका बारेमा जान्न चाहने जिज्ञासु भएतापनि यसका बारेमा केही लेख्ने मेराे कुनै साेच अझ भनाैं आँँट नै थिएन । यसैक्रममा, केही महिना अघि देखि निरन्तररुपमा गीताका गहन संस्कृत शब्दहरुका भावार्थलाई सरल नेपाली भाषामा सामाजिक सञ्जाल मार्फत सुस्वादु रुपबाट पस्कंदै आउनु भएका र निकट भविष्यमै "भक्ति, कर्म र ज्ञानको त्रिवेणी: श्रीमद्भगवद्गीता (पद्य भावानुवाद)" प्रकाशन गर्ने तैयारीमा जुट्नुभएका बरिस्ठ शिक्षाविद् आदरणीय श्री युवराज न्याैपानेज्यूले दिनुभएको प्रेरणा र हाैसलाले गर्दा उहाँप्रति आभारी हुँदै गीताका बारेमा आफ्ना भावनाहरु संक्षेपमा पाेख्ने जमर्को गरेकाे छु । मेरा यी प्रयाश सिन्धुमा विन्दु सरह हुन् । मेराे याे दुस्साह...