Posts

हाइकुहरु

 माैसम जस्तै धुम्मिए मनहरु नाता टुट्दैछन् !९-२० मुसुक्क हाँस्याे निदाएको हिमाल घामले छुँदा ! ९-२५ जिब्रो थुतिन्छ प्रश्न गर्न थालेमा माैन रहनु !९-२५ बर्षा राेकियाे बलेसी तप्किंदैछ यी अाँखा जस्तै !९-२६ माैन अाँखाले धेरै कुरा भनेथे बुझ्याै बुझिनाै !!९-२६ कैले त बुझ मनका कुरा पनि बाेल्नै पर्छ र !९-२७ कता हराए लमतन्न बगर मुस्काए घर  १०-०१ तिमीझैं लाग्छ माघकाे घाम पनि नछाेडाैं जस्तो !१०-३ अन्न पिंध्दैन बिग्रिएकाे जाँताेले हाताे थन्कियाे १०-१६ भवँरा थुन्यो फूलले आफूभित्रै माया पोखियो ! १०-१७ अचम्म दृश्य रमिता छ देशमा मान्छे भुक्दैछन् ! १९-१८ हुस्सु अाेढेर शीतको बिछ्यौनामा निदाइन् धर्ती ! १०-१८ लजाईन् धरा बर्षाले नुहाएर ऋतुकाल झैँ ! १०-२५ तिम्रो स्पर्शले मात्तिएछ बतास सुगन्ध चल्यो ! ११-०३ काेल्टे फेर्दैमा छर्लङ्ग बित्यो रात थाकेनन् अाँखा ! ११-११ लाज लाग्दैन नाङ्गै भैसक्दा पनि तब पाे नेता ! ११-१७ बिहानी भित्र विलीन भयाे रात दिन जन्मियाे !१२-८ लुसुक्क निस्क्याे किन अाज बिरालाे दूध फाटेछ ! १२-०८ । रङ्ग भर्दैछ सिउँदाेमा वसन्त लजाईन् ...

दुई भजन

 आऊ आऊ साथी संगी, पशुपति जाऊँ ! बाग्मतीकाे तिरमा बसी, शिव भजन गाऊँ !! भुत प्रेत साथ लिई बस्दछन् शिव, बाघ छाला कम्बरमा कस्दछन् शिव, तड्कभड्क केही छैन भाेले शम्भुमा, चिता भस्म घसी हिड्छन अङ्ग-अङ्गमा ।।                आऊ आऊ साथी संगी, पशुपति जाऊँ !                बाग्मतीकाे तिरमा बसी, शिव भजन गाऊँ !! नागमाला गलाभरी लाउँछन् शिव, बिष, भाङ, धतुराेमा रम्दछन् शिव, डम्बरु र त्रिशूल लिने दुबै हातमा, चन्द्रमालाई धारण गर्छन् आफ्नाे माथमा ।।                आऊ आऊ साथी संगी, पशुपति जाऊँ !                बाग्मतीकाे तिरमा बसी, शिव भजन गाऊँ !! गङ्गालाई जटा माथि राख्दछन् शिव, पार्वती काखमा राखि हाँस्दछन् शिव, भक्तसँग चाँडै खुशी हुने शंकर, शरण पर्‍याैं भाेले हाम्रो पीर सब हर                आऊ आऊ साथी संगी, पशुपति जाऊँ !                बाग्मतीकाे तिरमा बसी, शिव भजन ग...

नारी

Image
✍️ मुरारीराज मिश्र नारी हुन् प्रेमको बाली, उब्जने खेतका गरा । उब्जाई खुशीकाे बाली, पार्छिन् गृह हराभरा ।। सहन्छिन् दुखका भारी, गुनासो गर्दिनन् उनी । निस्वार्थ भाव मात्रै छ, लाेभ देखिन्न क्यै पनि ।। बसन्त ऋतु हुन् नारी, हरियाली सबैतिर । फूल्दछन् फूल मायाका, प्रेम सिंच्दा उनीतिर ।। नारी हुन् काेकिलाकण्ठी, सुनाैं लाग्ने संधैभरी । राखाैं लाग्छ उनैलाई, यी आँखाकै वरिपरि ।। स्नेहकाे मह घाेलेर, सबैलाई पिलाउँछिन् । म छु है दुखकाे साथी, भनी ढुक्क बनाउँछिन् ।। सुखमा रम्दछिन् साह्रै, पीडामा हात थाम्दछिन् । बनेर बलियो खम्बा, नारी गृह सम्हाल्दछिन् ।। घर बारी उज्यालिन्छ, नारीले मुस्कुराउँदा । आधा दु:ख त्यसै घट्छ, नारीले सुम्सुम्याउँदा ।। नारीकै साथले चल्छ, जिन्दगी सहि ढंगले । नारी त्याे प्राणवायु हाे, खाेज्दछन् अङ्ग अङ्गले ।। भालेकाे डाक देखि नै, फुर्सद् मिल्दैन तापनि । थाकेको छु म भन्दिनन्, नारीले कहिल्यै पनि ।। जिन्दगी कसरी ज्यूने, नारीले त्यो बताउँछिन् । पिएर आँसुकाे प्याला, नारी हाँस्न सिकाउँछन् ।। देवता बस्न सक्दैनन्, सबैका घरमा भनि । पठाए दैवले नारी, पृथ्वीमा जाऊ लाै भनि ।। मायाकी खानी हुन् नार...

तीन भजन

१. भजन भन्छन् ऋषि महर्षि, भन्छन् पुराण शास्त्र - 'श्रीकृष्ण नै जगतमा, हुन् देव एकमात्र' ।। जप हाे स्मरण उनैको, तप् हाे भजन् र पाठ । हाे मन्त्र नाम उन्काे, मुक्ति छ यसबाट ।। दुई हात जाेडी केवल, लिंदा श्रीकृष्ण नाम - सम्पूर्ण पाप कट्छन्, पाईन्छ दिव्य धाम ।। भन्छन् प्रभु गीतामा - 'केवल म हुँ विधाता, छन् नाशवान सारा, स्थायी म हुँ जगत्मा' ।। मेराे र तेराे भन्ने, याे स्वार्थी भाव त्यागाैं । भक्ति गराैं प्रभुकाे, मन कृष्ण मैं लगाअाैं ।। ----------------------------------- ✍️ मुरामि २. भजन सृष्टि भरिका, प्राणी सबै नै, पर्छन् जस्काे शरणमा । करुणामूर्ति, भाेलेबाबा, परें म पनि चरणमा ।। तीर्थ तिमी नै, व्रत तिमी नै, तिमी नै याेग र ध्यान । जति बुझे नि, बुझ्न नसकिने, तिमी नै सारा ज्ञान ।। शब्द तिमी नै, अर्थ तिमी नै, तिमी नै हाै परमार्थ । कर्म तिमी नै, भाग्य तिमी नै, तिमी नै हाै पुरूषार्थ ।। धर्म तिमी नै, सत्य तिमी नै, तिमी नै सारा शास्त्र । नाशवान छन् सारा बस्तु, अविनाशी तिमी मात्र ।। पाप पुण्यका साक्षी तिमी नै, तिमी नै मुक्तिदाता । सारा जगमा, व्याप्त तिमी छाै, तिमी नै एक विधाता ।। आद...

संस्मरण : मुक्तिनाथ यात्रा

Image
  ✍️  मुरारीराज मिश्र शायद  साइत नजुरेर होला, मुक्तिनाथ जाने अवसर पटकपटक आउँदा पनि जाने अनुकूल मिलिरहेको थिएन । यसै क्रममा घरपरिवारमा सल्लाह भयो । केही बर्ष अघि माैलाकालिका गएको बेलामा गृहलक्ष्मीले त्यहाँ लाखबत्ती बाल्ने संकल्प गरेकी रहिछन् ! यसपटक छोरी पनि एकमहिने बिदामा नेपाल आउँदै थिइन् । उनले पनि घुम्नजाने ईच्छा गरिन् । त्यसैले यसपल्ट लाखबत्ती कार्यक्रम सहित देश दर्शनका लागि मुक्तिनाथसम्म जाने मनस्थिति बनाइयाे । साथीभाइ, इष्टमित्र र आफन्तजनहरु सँग  कुराकानी हुँदा उहाँहरुले पनि भ्रमणमा सहभागी हुने इच्छा व्यक्त गर्नुभयो । एक-एक गर्दै ठूलै टोली बन्यो । जाने दिन तय गरेर चिरपरिचित यात्रा व्यवस्थापक सँग छलफल गरि यात्राको सातदिने प्याकेज तयार गरियो । देवघाटधाम, मौलाकालिका, विन्धवासिनी, गुप्तेश्वर महादेव, तालवाराही, छाब्दी बाराही, ब्यास गुफा, गलेश्वर महादेव, बाग्लुङ कालिका र मुक्तिनाथ जाने कार्यक्रम तय भयो । यात्राको प्याकेजमा सवारी भाडा, बिहानकाे चिया, दैनिक दुईछाक खाना र बासको व्यवस्था समावेश थियो । दिउसोको खाजा र साईट सीनको खर्च भने आफैंले ब्यहाेर्नु पर्थ्यो । यात्राक...

तीर्थयात्रा संस्मरण : गाेरखनाथ देखि हरिद्वारसम्म

Image
  ✍️ मुरारीराज मिश्र,  दशैैंकाे समयमा माता वैष्णाेदेवीकाे दर्शन लगायत भारतका केही प्रसिद्ध तीर्थस्थलहरुकाे यात्रा गर्ने पूर्वनिर्धारित कार्यक्रम अनुसार  २०७५  असाेज २९ गते दुर्गा पक्षकाे षष्टी तिथिका दिन बिहान ७ बजे हाम्रो ११ दिने तीर्थयात्राकाे शुरुवात भयाे । दशैंकाे नाैरथाकाे समय हामी नाैजना नै तीर्थयात्री लिएर हामीले बुक गरेकाे ल्याण्डक्रुजर गाडी  काठमाडौंबाट हुँईकियाे । याे गाडीको गन्तव्य हामीलाई सुनाैली नाकासम्म पुर्‍याउनु थियोे । बिहानीपखकाे काठमाडौंकाे माैसममा चिसाेपन आईसकेकाे महसूस भयाे । बिहानकाे चियापान नाैबिसेमा गरि करिव ११:३० बजे तिर चितवनको आँपटाडीमा पुगेर हामीले घरबाटै बनाएर लगेकाे खाना खायौं । त्यहाँबाट खाना खाएर हिंडेका हामी सांझ ४:३० बजे सुनाैली बजार पुग्यौं । एउटा हाेटेलमा हाम्रो रात्री बसाइकाे ब्यवस्थापन भयाे । हाेटेलमा कुराकानी गरेर भाेलिपल्ट बिहान गाेरखपुर जानका लागि याैटा भारतीय जिपकाे अग्रिम बुकिङ्ग गरेर खाना खाईवरी सुतियाे त्यसदिन । भारतीय रेलवेकाे टिकट हामीले काठमाडौंकाे ओरियण्ट प्याराडाइजबाट करिब चार महिना अघि नै बुकिङ्ग गरिसकेको हुना...

लघुकथा : लड्डु

लड्डु छिमेकीको घरमा ठूलै झगडा सुरु भाे । हतियार नउठाएकाेले मात्रै रगत नबगेकाे हाे, शब्दले त भिषण काटमार नै भाे । दाजुभाइहरुका कित्ता छुट्टिन थाल्यो ।नातागोता र आफन्तहरु पनि गुट-गुटमा बाँडिए । अलि सम्पत्तिवाला नै भएकाले दाजुभाइहरुकाे । जग्गा जमिन प्रशस्तै थियाे ।  चतुराे छिमेकी सबै घटनाक्रम नियालिरहेकाे थियोे । बिस्तारै उ पनि सल्बलाउन थाल्यो । सुटुक्क, बेग्लाबेग्लै सम्पर्क गर्न थाल्याे दुबैसंग । हितैषी देखाऊन थाल्यो आफूलाई दुबैकाे । जसरी हुन्छ आफूलाई सहयोग गर्न आग्रह गरे दुबै दाजुभाइले उसलाई । अंशवण्डा हुने त करिब पक्का जस्तै थियाे, फाईदा हुने ठानेर छिमेकी पनि मख्ख पर्‍यो । बर्षाैं देखि आफूले आँखा लगाउँदै आएकाे उनीहरूकाे भाेगचलनकाे जमिन सस्तो दाममा हात पार्ने लाेभ बढ्याे । उसले प्रस्ताव राख्यो, दुबैले सहर्ष सहमति जनाए । अझ याैटाले त बजार भाउभन्दा निकै कम माेलमा दिन्छु पनि भन्याे, उ हाैसिएर अनेक तानाबाना बुन्न थाल्याे ! एक दिन बिहान, उ भर्खरै उठेको मात्रै थियो । छिमेकमा निकै हल्लाखल्ला सुन्याे । हेर्‍यो, धेरै मानिसको जमघट थियाे । उ पनि बिस्तारै गयाे त्यतातिर । देख्यो, माला लगाएर अंकम...