कर्मकाे फल : भीष्म पितामह रणभूमिमा शरशैयामा लडिरहेका थिए । अलिकति यताउती सर्दा शरीरभित्र पसेका तीरहरूका कारण ठूलो पीडा हुनुका साथै रगतको धारा बग्थ्याे । यस्तो अवस्थामा सबैजना उनलाई भेट्न आएका थिए । श्रीकृष्ण पनि दर्शन गर्न आएका थिए । कृष्णलाई देखेर भीष्मले मुसुक्क हाँस्दै भने ‘हे जगन्नाथ आउनुस् ! मलाई भन्नुहोस्, मैले त्यस्तो के पाप गरेछु, जसको लागि मलाई यति भयानक सजाय प्राप्त भयो ?´ कृष्णले भन्नुभयो `पितामह ! तपाईंसँग आफ्नो पूर्वजन्म हेर्न सक्ने शक्ति छँदैछ ! त्याे त, तपाईँ आफैले पनि देख्न सकिहाल्नु हुन्छ नि !´ भीष्म : `देवकी नन्दन ! मैले अहिलेसम्म आफ्ना १०० जन्म हेरिसकेको छु, ती १०० जन्महरूमा एउटा पनि कर्म त्यस्तो गरेको छैन, जसको फलस्वरूप मैले याे अवस्थामा रहनुपर्ने हाेस् !´ कृष्ण : `हे कुरुश्रेष्ठ ! यदि तपाईं अझै एक जन्म पछाडि जानुभयो भने, तपाईंले आफ्नो जवाफ पाउनुहुनेछ ।´ भीष्मले ध्यानदृष्टिले हेरे । देखे कि, १०१ ओैं वर्ष पहिले उनी एक नगरको राजा थिए । एकदिन आफ्ना सिपाहीहरूको समूहसँग बाटोमा कतै जाँदै गरेको बेला, एक सिपाही दौडिएर आयो र भन्यो, "महाराज ! बाटोमा एउटा सर्प पुर...