Posts

वृन्दावन चाैरासी काेस परिक्रमाकाे नालिबेली

Image
  यात्रा संस्मरण ;             ✍️ मुरारीराज मिश्र,  "पाेहाेर नै जाने भनेको हाे, परिस्थितिवश राेकियाे । तर यस बर्ष त जसरी पनि वृन्दावन जाने र त्यहाँ सवालाख बत्ती समेत बाल्ने भनेर हाम्रो समूहमा सल्लाह भएको छ । हामी दुबैजना जानुपर्छ है !" काेठामा पस्दै श्रीमतीजी (कल्पना मिश्र) ले भनिन् ।  "दसैंमा छाेराछाेरी भेट्न अमेरिकातिर जाँदैछाैं, अनि कसरी मिल्छ हामीलाई जान ?" मैले प्रतिप्रश्न तेर्साएँ । "अहिले हाेइन नि, हामी उताबाट फर्केपछि मंसिरतिर जाने हाे क्या ।" उनको जवाफ आयो । धार्मिक यात्रा भनेपछि मेराे मन फुरुङ्ग हुन्छ । एक त धर्म कमाइने, अर्काे नयाँ नयाँ ठाउँ पनि देखिने । उसैमाथि चाैरासी काेस परिक्रमा गरेपछि, मृत्युु पश्चात् चाैरासी लाख याेनीबाट मुक्ति पाई जन्ममृत्युकाे चक्करमा पर्नु नपर्ने धार्मिक मान्यता सुन्दै आएकोेले पनि श्रीमतीजीकाे आग्रहलाई नकार्ने कुरै भएन । मैले सहमति जनाएँ ।   जान इच्छुक ब्यक्तिकाे नामावली तैयार भयो । अरु थप १० जना जतिबाट केही दिनमा भ्रमणको टुंगो दिने खबर पाइयो । एक बस यात्रु संख्या पुग्ने देखिएपछि सबैको सल्लाहबा...

लघुकथा : परिणाम

Image
         ✍️ मुरारीराज मिश्र "राेक ! ममाथि यस्ताे प्रहार किन ?" उ पीडाले चिच्यायाे । - हतियारधारी राेकिएन, प्रहार गर्दै रह्यो । "किन यति क्रुर बन्दैछाै ! मैले के बिगारें र तिम्रो ?" उ सकिनसकि बाेल्याे । - हतियार अझै छिटोछिटो चल्न थाल्यो । "मलाई समाप्त गर्ने मूर्खता नगर । नभूल, तिम्रो जीवन मेरै सहायताबाट चल्दैछ ।" उसले आर्त स्वरमा भन्याे । - विवेकहीन हतियारधारीकाे हात राेकिने कुनै छाँट देखिएन । उसले अनेक कुराले सम्झाउने प्रयास गर्‍यो तर सीप केही लागेन । अन्ततः हतियारधारीे विजयी भयो । उ सदाको लागि ढल्याे । आफ्नो जितकाे खुशीयालीमा सुस्ताएर थकाइ मार्दै गरेको हतियारधारी अचानक छाती छाम्दै  छट्पटाउन थाल्छ । उसलाई मृत्युुकाे आभास हुन्छ । क्रमशः चेतना हराउँदै गएका मनभित्र, उसले केही समयअघि सुनेकाे एउटा वाक्य गुन्जिन थाल्यो "हे मानव ! मलाई समाप्त नपार, म धर्तीकाे अन्तिम वृक्ष हुँ ।"  (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७) प्रहरीमा प्रकाशित

तीज गीत

✍️ मुरामि सबै दिदीबहिनीहरु, एकै ठाउँमा भेट्ने हाे । मनकाे व्यथा बिर्सिएर, हाँस्ने धाेकाे मेट्ने हाे ।। बर्ष दिनकाे पर्व याे, पर्व हाम्रो गर्व हाे, छाडापना छाडेर मनाउनु पर्छ हाे । सबै दिदीबहिनीहरु, एकै ठाउँमा भेट्ने हाे । मनकाे व्यथा बिर्सिएर, हाँस्ने धाेकाे मेट्ने हाे ।। तीजको गीत गाएर, छमछमी नाच्ने हाे । खुशी हुँदै रमाउँदै, दुख:भुली बाँच्ने हाे ।। छाेटा लुगा लाइन्न, रक्सी चुराेट खाइन्न, डिस्काे बारमा गएर छाडा गीत गाइन्न । सबै दिदीबहिनीहरु, एकै ठाउँमा भेट्ने हाे । मनकाे व्यथा बिर्सिएर, हाँस्ने धाेकाे मेट्ने हाे ।। अजम्वरी काे छ यहाँ, के घमण्ड गर्ने हाे ? मरि जाँदा लानु के छ, खालि हातै मर्ने हाे ।। दर किनी लानु छ, सबै मिली खानु छ, तीजको दिन व्रत बसी शिव मन्दिर जानु छ । सबै दिदीबहिनीहरु, एकै ठाउँमा भेट्ने हाे । मनकाे व्यथा बिर्सिएर, हाँस्ने धाेकाे मेट्ने हाे ।।

गजल : पानी परिरहेको ...

Image
 पानी परिरहेको ओैंसीकाे  रात छ, चिसो छ माैसम, मनभित्र मात छ । मायाको कुरा कहिल्यै किन नसकिने, बर्षाैंदेखि भन्दैछु अझै पनि खात छ । संसार बिर्साउने खै कस्तो नशा हाे, हुँदैन  याद  जब  हातमा  हात छ । कसरी जाेडे खै विधाताले साईनो नारी र पुरुष अचम्मको जात छ । यही त हाे  जीवन  जिउने आधार,  जहाँ न अविश्वास, न कुनै घात छ ।                               ✍️ मुरामि गरिमामा प्रेषित ८२.१२.०४

लघुकथा: बहाना

Image
        ✍️ मुरारीराज मिश्र `हजुर ! घरमा भ्यान आउँदैछ....´ उताबाट परिचित आवाजले हड्बडाउँदै रमेशलाई सूचना दियाे । सूचना पाए लगत्तै रमेशले कतै फाेन गरे । `नआत्तिनुस्, तैयार रहनु, म छिट्टै आइपुग्छु ।´ उताकाले भने  । पाँच मिनेटमा सुविधा सम्पन्न एम्बुलेन्स घरमा आइपुग्यो । घरबाट रमेशलाई लिएर साइरन बजाउँदै एम्बुलेन्स निस्कनु र प्रहरी भ्यान आइपुग्नु एकैपटक पर्‍यो । ढाेकामा दुबैकाे जम्काभेट भयाे ।   प्रहरी निरीक्षकले भ्यानबाट ओर्लेर एम्बुलेन्सकाे झ्यालभित्र नियाले, रमेश अक्सिजन मास्क लगाएर सुतेका देखिन्थे । संगै रहेका चिकित्सक उनको प्रेसर चेक गर्दै थिए । निरीक्षकले चिकित्सकतर्फ प्रश्नवाचक आँखाले हेरे । `गम्भीर हृदयाघात ...।´ चिकित्सकले हतारिंदै जवाफ दिए । याे सुनेर प्रहरी निरीक्षकले एम्बुलेन्सलाई अगाडि बढ्ने संकेत गरे । एम्बुलेन्स द्रुतगतिमा अघि बढ्यो । प्रहरी निरीक्षक सञ्चार सेटबाट माथिल्लो निकायलाई जानकारी गराउन व्यस्त भए । एम्बुलेन्स केही पर पुगेपछि रमेशले अक्सिजन मास्क झिके । चिकित्सक र बिरामी दुबै मुसुक्क हाँसे । (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं...

कर्मकाे फल :

कर्मकाे फल : भीष्म पितामह रणभूमिमा शरशैयामा लडिरहेका थिए । अलिकति यताउती सर्दा शरीरभित्र पसेका तीरहरूका कारण ठूलो पीडा हुनुका साथै रगतको धारा बग्थ्याे । यस्तो अवस्थामा सबैजना उनलाई भेट्न आएका थिए । श्रीकृष्ण पनि दर्शन गर्न आएका थिए । कृष्णलाई देखेर भीष्मले मुसुक्क हाँस्दै भने ‘हे जगन्नाथ आउनुस् ! मलाई भन्नुहोस्, मैले त्यस्तो के पाप गरेछु, जसको लागि मलाई यति भयानक सजाय प्राप्त भयो ?´ कृष्णले भन्नुभयो `पितामह ! तपाईंसँग आफ्नो पूर्वजन्म हेर्न सक्ने शक्ति छँदैछ ! त्याे त, तपाईँ आफैले पनि देख्न सकिहाल्नु हुन्छ नि !´ भीष्म : `देवकी नन्दन ! मैले अहिलेसम्म आफ्ना १०० जन्म हेरिसकेको छु, ती १०० जन्महरूमा एउटा पनि कर्म त्यस्तो गरेको छैन, जसको फलस्वरूप मैले याे अवस्थामा रहनुपर्ने हाेस् !´ कृष्ण : `हे कुरुश्रेष्ठ ! यदि तपाईं अझै एक जन्म पछाडि जानुभयो भने, तपाईंले आफ्नो जवाफ पाउनुहुनेछ ।´ भीष्मले ध्यानदृष्टिले हेरे । देखे कि, १०१ ओैं वर्ष पहिले उनी एक नगरको राजा थिए । एकदिन आफ्ना सिपाहीहरूको समूहसँग बाटोमा कतै जाँदै गरेको बेला, एक सिपाही दौडिएर आयो र  भन्यो, "महाराज ! बाटोमा एउटा सर्प पुर...

लघुकथा: समर्पण ✔️

Image
 ✍️ मुरारीराज मिश्र "कृपया, मलाई स्वीकार" पानीले याचना गर्‍यो । "जब मलाई तताउँछन्, तिमी त्याे ताप सहन सक्दैनाै । आफ्नो स्वार्थका लागि तिमीलाई संकटमा पार्न चाहन्न म" दूधकाे जवाफ थियोे । "मलाई अंगाल, म कुनै पनि कठिन अवस्थाका लागि तैयार छु" पानीले जिद्दी छाेडेन । "एकपटक गहिरिएर साेच, मलाई तताउँदा उत्पन्न हुने तापले प्रतिक्षण घट्नु (सुक्नु) पर्छ" दूधले सचेत गरायाे । "सबै स्वीकार छ, मेराे अस्तित्व रहुन्जेल हरेक आपतमा तिम्राे रक्षा गर्नेछु" पानी वचनबद्ध भयाे । दुबै मिसिन्छन् । दूधले पानीलाई आफ्नो रंग र रुप दिएर आफूभित्र समाहित गर्छ ।  त्यही वचन पूरा गर्न, दूध तताउँदा आफू सुकेर पनि दुधकाे रक्षा गर्दैछ पानीले ।  (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं - ७) प्रदीप सापकोटाजीकाे अनलाइन ई-खबरनेट डटकम् मा प्रकाशित दाेभानमा प्रकाशित २०८३ बैशाख -असार