Posts

लघुकथा: पालाको पैंचाे

              ✍️ मुरारीराज मिश्र "पल्लो घरका बुढा हिजोआज देखिन्नन् त ! बिरामी पाे परेछन् कि क्या हाे ?" कुमारले पत्नीसँग जिज्ञासा राख्यो । "के काे बिरामी हुनु नि ! छाेराबुहारीले बुढा बाबुलाई घरबाट निकालेछन् । अहिले बृद्धाश्रममा छन् रे उनी ।" पत्नीबाट जवाफ आयो । "कलि आजको भाेलि भन्थे, हाे रहेछ ।" पतिले खुइय्य गर्दै भन्याे । "मैले बुझिन । के भन्नुभएको तपाईंले ?" पत्नीले प्रश्नवाचक दृष्टिले हेरिन् । "हाम्राे रगत पसिना परेकाे याे घरबाट हामीलाई ननिकाल बाबु भन्दै करिब पच्चीस वर्ष अघि  उसको आमाबाबु नराम्ररी राेएका थिए । त्याे कारुणीक दृश्य मेरा आँखाले अझैसम्म भुल्न सकेका छैनन् ।" कुमारले विगत सम्झियाे । (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७)

लघुकथा: दृष्टिकोण ✔️

               ✍️ मुरारीराज मिश्र एकजना दृष्टिविहीन ब्यक्ति मन्दिरमा आएको देखेर, लाइनमा बसेकामध्ये एउटा केटाले भन्याे “भगवानलाई देख्न नसक्ने यस्ता मानिस मन्दिरमा आएर के गर्ने हाेला खै ?” केटाकाे कुरा सुनेर सबै गललल हाँस्न थाले । याे घटनाले दृष्टिविहीन ब्यक्ति रिसाएनन् । उनले हाँस्दै गरेकाहरू तर्फ फर्केर मुस्कुराउँदै भने “मैले नदेख्दैमा के फरक पर्छ र ? मेराे भगवानले त मलाई देखिहाल्नुहुन्छ नि !” (उमामहेश्वर मार्ग, कुमारीगाल, का.म.पा.-७) सारथि मा प्रकाशित /२०८१-११-१०

लघुकथा : गुन ✔️

                    ✍️ मुरारीराज मिश्र दुई साथीका बिच कुराकानी चलिरहेको थियोे । "तिमीले त्यतिका सहयोग गरेका छाै तर त्यसबारे कतै भन्दैनाै ! अरूहरू भने आफूले गरेकाे सहयाेगलाई बढाइचढाइ गरेर प्रचार गर्छन् । के तिमीलाई अरूले आफ्नो प्रशंसा गरून् भन्ने लाग्दैन ?" एउटाले साेध्याे । "मैले आफ्नो कर्तव्य पूरा गरेको छु, जसबाट मलाई पूर्ण सन्तुष्टि मिलेको छ । अब घमण्ड र आत्मप्रशंसा चाहिँ किन गर्नुपर्‍याे र ?" अर्कोले जवाफ दियो । "सहयोगकाे बारेमा अरूले पनि थाहा पाउँदा राम्रै हुन्छ नि त । आजकलकाे जमानामा प्रचारप्रसार नै समाजमा चिनिने माध्यम हाे क्या साथी !" पहिलाेले आफ्नो कुरालाई अझै जाेड दिएर भन्यो । "हेर, यस कुरालाई तिमी यसरी बुझ । एउटा घरलाई छत, झ्यालढाेका र जग सबैले गुन लगाएका हुन्छन् । फरक यत्ति हाे कि, छत र झ्यालढाेकाले त्यो गुन देखाउँछन् तर जगले लुकाउँछ ।" अर्कोले गम्भीरतापूर्वक जवाफ फर्कायाे । (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७) सारथिमा २०८१-११-१२ मा प्रकाशित ।

भाग्यले ठगेको ताल लेक सुपेरियर निहार्न पुग्दा ….

Image
 नियात्रा :                   ✍️ मुरारीराज मिश्र लगभग हरेक मिनेटकाे अन्तराल जस्ताेमा देखिने सानाठूला तालहरूलाई पछाडि छाेड्दै प्रतिघन्टा ७०-८० माइलकाे रफ्तारले हाइवेमा वेताेडले कुदिरहेकाे थियोे, हामी चढेको गाडी ।  हामी अर्थात् पत्नी कल्पना, छाेरी डा. सम्पदा, छाेरा इ. काैशल र ज्वाईं डा. टेलर ज्याकाेव सुलेरुड अनि म समेत पाँचजना । छाेरी गाडी चलाउँदै थिइन्, ज्वाईं अगाडिको सिटमा हुनुहुन्थ्यो भने हामी आमाबाबु र छाेरा पछिल्लो सिटमा थियौं ।  हाम्रो भ्रमणको उद्देश्य विश्वको सबैभन्दा ठूलो ताजा पानीको ताल लेक सुपेरियर (Lake Superior) काे अवलोकन र डुलुथ शहरमा बस्ने सम्धी सम्धिनीकाे निमन्त्रणामा वहाँहरूसंग भेटघाट थियोे ।  काठमाडौंबाट ३ वटा प्लेनकाे झण्डै २४ घण्टाकाे उडानपछि ३ अक्टोबर २०२४ काे राति, श्रीमतीजी र म पारिवारिक भेटघाटको क्रममा छाेरी सम्पदाकाे कर्मथलाे अमेरिकी राज्य मिनिसोटा आइपुगेका थियौं । छाेरा काैशल पनि एक महिनाकाे बिदा मिलाएर बेलायतबाट यतै आएको थियोे । यसै मेसाेमा छाेरी-ज्वाईं मिलेर हामीले घुम्ने ठाउँकाे रूपमा छनाैट गरेका...

भजनहरू:

✍️ मुरारीराज मिश्र १. मुखले भज्दछ, हरि-हरि नाम  मनले साेच्दछ, खाली नकाम  के  भरियाे  खै !  हृदय  भित्र मानिस  एउटै,  द्वैध  चरित्र !! स्वार्थ  परेमा,  चिप्लो  घस्छ  मीठो  बाेल्दै,   घरमा   पस्छ  काम बनेपछि,  घाँटी  कस्छ सर्प    बनेर     उल्टै    डस्छ  अचम्म  लाग्दाे, मानव  चित्र कैले   हट्ला,  द्वैध  चरित्र ? छाेड  मनुष्य,  याे   छलछाम केही   गरिदेऊ,   राम्रो  काम मिल्दछ शान्ति, मिल्दछ नाम सुन्दर  बन्छ,   जीवन  तमाम बन्दछ   जगतै,   तिम्रो   मित्र बिन्ती छ त्याग, द्वैध चरित्र ।। २. हे देव !  म, स्वस्थ  शरीर  पाऊँ चलाेस्  गुजारा, त्यतिनै कमाउँ सादा, सफा, शुद्ध म वस्त्र लाउँ गरेर  अर्पण्, ती प्रसादी खाउँ । याे पाउ,  मन्दिर   तिरै   बढाउँ हरेक  दिन्, तीर्थहरू  म...

लघुकथा: कट्टरता

Image
 ✍️ मुरारीराज मिश्र, “पख्नुस् ! तपाईंलाई मन्दिरभित्र जान दिन मिल्दैन ।” ढाेकामा सुरक्षार्थ खटिएको प्रहरीले विदेशीमूलकी जस्ती देखिने एक महिलालाई राेक्दै भने । प्रहरीकाे कुरा सुनेर मन्दिरकाे ढाेकाबाट भित्र पसिसकेकी एक महिलाले फर्केर प्रहरीलाई भनिन् “किन नमिल्ने ? उनी मेरी बुहारी हुन् ।” “उहाँ विदेशीमूलकाे ब्यक्ति भएको र मन्दिरमा हिन्दू धर्मावलम्बीले मात्रै प्रवेश पाउने भएकोले जान मिल्दैन” प्रहरीबाट जवाफ आयो । “तीन बर्ष पहिले उनी मेराे छाेरासंग जापानबाट आएकी हुन् । नेपाली हिन्दू परम्परा अनुसार बिहे भएपछि उनी नेपालमा हामीसँगै बस्दै आएकी छिन् । हामीले गर्दै आएको हरेक ब्रत, तीर्थ र कर्म गर्छिन् । छाेराले गर्ने मेरा दिवंगत पतिकाे श्राद्धमा पिण्ड पकाउँछिन् । यसरी हिन्दू धर्म परम्परा पूर्णरूपमा अपनाएपछि पनि मन्दिर जान नमिल्ने भन्ने हुन्छ र !” ती महिलाले बताइन् । याे घटना नियालिरहेका एक बृद्धले अघि सरेर प्रहरीलाई भने “बाबु ! हामीले जानी नजानी गर्ने यस्तै क्रियाकलापबाट धर्म व्यर्थै बदनाम हुन्छ । धर्म अपनाएपछि त उनले पनि मन्दिरमा जान पाउनुपर्‍यो नि ! नराेक्नुस् । समानता हुनुपर्ने मन्दिरमा यस्त...

महिला शिक्षा र पद्मकन्या विद्याश्रम

Image
  विद्यालयको ७७ओैं बार्षिकाेत्सवकाे सन्दर्भमा:                                  ✍️  मुरारीराज मिश्र, शिक्षाको महत्व : अन्नदानं परं दानं विद्यादानमतः परम् ।        अन्नेन क्षणिका तृप्ति र्यावज्जीवं च विद्यया ॥ ( भावार्थ;  अन्नदान ठूलो दान हाे भने विद्यादान त्याे भन्दा पनि ठूलो दान हाे । किनकि, अन्नबाट क्षणभर मात्र तृप्ति हुन्छ तर विद्याले आजीवन तृप्त गराउँछ) मा नव जीवनमा शिक्षाको महत्व कति छ भन्ने कुरा हामी माथिको श्लोकबाट पनि अनुमान लगाउन सक्छौं । वास्तवमा शिक्षा उज्यालोको त्यो श्रोत हो, जुन उज्यालोले हामी मानवलाई जीवनको बिभिन्न क्षेत्रमा अमूल्य मार्गदर्शन गर्ने गर्छ । शिक्षाले मानवको ब्यक्तित्व निमांणमा सहयोग पुर्‍याउंछ । शिक्षाले नै मानिसभित्र आत्मबिश्वास र सकारात्मक बिचार पैदा गर्छ ।  जीवनमा अघि बढ्न र सफलता प्राप्त गर्न उचित शिक्षा आर्जन गर्नु सवैको लागि अत्यावश्यक छ । शिक्षा आर्जन नगर्नु भनेको अन्धकारमा बस्नु सरह हो । शायद यहि तथ्यलाई बुझेर होला सभ्यताको...