Posts

गजल: अहिलेकाे मान्छे

Image
                 ✍️ मुरारीराज मिश्र अहिलेकाे  मान्छे,  मानवीय  धर्मबाट  चुक्दैछ आपसमा  लडाउने,  उपयुक्त  माैका ढुक्दैछ । मैले  पहिल्यै  भनेको   थिएँ,  बसेर  मन  माझाैं देख्यो, कसिएकाे शंकाको गाँठो कसरी फुक्दैछ ! जैले   देखि  मेराे   पक्षमा   दरिलोसंग  उभियाै  भ्रमकाे  खेती  गर्नेहरूकाे बालीनाली  सुक्दैछ । सुन्दरताकाे बयान गर्दा `फुर्क्यायाै´ भन्थ्याै तिमी  हेर,  तिम्लाई देख्दा  चन्द्रमा  लजाएर लुक्दैछ । जब  हामी   एकाकार  भयाैं   प्रेममा   बाँधिएर लाग्छ, त्यै बेलादेखि समय पनि टक्क रूक्दैछ ।                        ~~~~ कविता संसारमा प्रकाशित

लघुकथा: सजाय

       ✍️ मुरारीराज मिश्र “जस्काे कारणले क्षति हुन गएको हाे, उसैले त्यसको उचित क्षतिपूर्ति र सजाय बेहोर्नु पर्छ । त्यसैले, कार्यक्रमकाे नेतृत्वकर्ता भएका कारण पार्टी अध्यक्ष सजायका भागिदार हुने ठहर्छ ।” न्यायाधीशले फैसला सुनाउँदै भने । कुनै राजनीतिक दलले आयाेजना गरेको कार्यक्रमकाे दाैरान आफ्नो घर ताेडफाेड भएको भन्दै दुई बर्ष अघि, तत्कालीन पूर्व प्रधानमन्त्रीले हालेको क्षतिपूर्तिकाे मुद्दामा आज फैसला आएको थियोे । ती पू्र्व प्रधानमन्त्री हाल: वहालवाला थिए ।  “श्रीमान्, याे न्यायीक सिद्धान्त सबैमा लागू हुन्छ ?” पार्टी अध्यक्षले न्यायाधीशसंग प्रश्न राखे । “अवश्य लागू हुन्छ ।” न्यायाधीशबाट जवाफ आयो । “अस्तिका दिन प्रधानमन्त्री मन्दिर गएका थिए । निकै भीडभाड भएको बेला उनको सुरक्षाको नाममा एकघण्टा मन्दिर बन्द गर्दा, भीडले च्यापिएर दुईजना मान्छे मरे । याे फैसलाकाे आधारमा त यस घटनामा प्रधानमन्त्रीले पनि सजायको भागिदार हुनुपर्ला नि उसाेभए !” उसले गम्भीर हुँदै भन्यो । (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७)

लघुकथा: पालाको पैंचाे

              ✍️ मुरारीराज मिश्र "पल्लो घरका बुढा हिजोआज देखिन्नन् त ! बिरामी पाे परेछन् कि क्या हाे ?" कुमारले पत्नीसँग जिज्ञासा राख्यो । "के काे बिरामी हुनु नि ! छाेराबुहारीले बुढा बाबुलाई घरबाट निकालेछन् । अहिले बृद्धाश्रममा छन् रे उनी ।" पत्नीबाट जवाफ आयो । "कलि आजको भाेलि भन्थे, हाे रहेछ ।" पतिले खुइय्य गर्दै भन्याे । "मैले बुझिन । के भन्नुभएको तपाईंले ?" पत्नीले प्रश्नवाचक दृष्टिले हेरिन् । "हाम्राे रगत पसिना परेकाे याे घरबाट हामीलाई ननिकाल बाबु भन्दै करिब पच्चीस वर्ष अघि  उसको आमाबाबु नराम्ररी राेएका थिए । त्याे कारुणीक दृश्य मेरा आँखाले अझैसम्म भुल्न सकेका छैनन् ।" कुमारले विगत सम्झियाे । (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७)

लघुकथा: दृष्टिकोण ✔️

               ✍️ मुरारीराज मिश्र एकजना दृष्टिविहीन ब्यक्ति मन्दिरमा आएको देखेर, लाइनमा बसेकामध्ये एउटा केटाले भन्याे “भगवानलाई देख्न नसक्ने यस्ता मानिस मन्दिरमा आएर के गर्ने हाेला खै ?” केटाकाे कुरा सुनेर सबै गललल हाँस्न थाले । याे घटनाले दृष्टिविहीन ब्यक्ति रिसाएनन् । उनले हाँस्दै गरेकाहरू तर्फ फर्केर मुस्कुराउँदै भने “मैले नदेख्दैमा के फरक पर्छ र ? मेराे भगवानले त मलाई देखिहाल्नुहुन्छ नि !” (उमामहेश्वर मार्ग, कुमारीगाल, का.म.पा.-७) सारथि मा प्रकाशित /२०८१-११-१०

लघुकथा : गुन ✔️

                    ✍️ मुरारीराज मिश्र दुई साथीका बिच कुराकानी चलिरहेको थियोे । "तिमीले त्यतिका सहयोग गरेका छाै तर त्यसबारे कतै भन्दैनाै ! अरूहरू भने आफूले गरेकाे सहयाेगलाई बढाइचढाइ गरेर प्रचार गर्छन् । के तिमीलाई अरूले आफ्नो प्रशंसा गरून् भन्ने लाग्दैन ?" एउटाले साेध्याे । "मैले आफ्नो कर्तव्य पूरा गरेको छु, जसबाट मलाई पूर्ण सन्तुष्टि मिलेको छ । अब घमण्ड र आत्मप्रशंसा चाहिँ किन गर्नुपर्‍याे र ?" अर्कोले जवाफ दियो । "सहयोगकाे बारेमा अरूले पनि थाहा पाउँदा राम्रै हुन्छ नि त । आजकलकाे जमानामा प्रचारप्रसार नै समाजमा चिनिने माध्यम हाे क्या साथी !" पहिलाेले आफ्नो कुरालाई अझै जाेड दिएर भन्यो । "हेर, यस कुरालाई तिमी यसरी बुझ । एउटा घरलाई छत, झ्यालढाेका र जग सबैले गुन लगाएका हुन्छन् । फरक यत्ति हाे कि, छत र झ्यालढाेकाले त्यो गुन देखाउँछन् तर जगले लुकाउँछ ।" अर्कोले गम्भीरतापूर्वक जवाफ फर्कायाे । (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७) सारथिमा २०८१-११-१२ मा प्रकाशित ।

भाग्यले ठगेको ताल लेक सुपेरियर निहार्न पुग्दा ….

Image
 नियात्रा :                   ✍️ मुरारीराज मिश्र लगभग हरेक मिनेटकाे अन्तराल जस्ताेमा देखिने सानाठूला तालहरूलाई पछाडि छाेड्दै प्रतिघन्टा ७०-८० माइलकाे रफ्तारले हाइवेमा वेताेडले कुदिरहेकाे थियोे, हामी चढेको गाडी ।  हामी अर्थात् पत्नी कल्पना, छाेरी डा. सम्पदा, छाेरा इ. काैशल र ज्वाईं डा. टेलर ज्याकाेव सुलेरुड अनि म समेत पाँचजना । छाेरी गाडी चलाउँदै थिइन्, ज्वाईं अगाडिको सिटमा हुनुहुन्थ्यो भने हामी आमाबाबु र छाेरा पछिल्लो सिटमा थियौं ।  हाम्रो भ्रमणको उद्देश्य विश्वको सबैभन्दा ठूलो ताजा पानीको ताल लेक सुपेरियर (Lake Superior) काे अवलोकन र डुलुथ शहरमा बस्ने सम्धी सम्धिनीकाे निमन्त्रणामा वहाँहरूसंग भेटघाट थियोे ।  काठमाडौंबाट ३ वटा प्लेनकाे झण्डै २४ घण्टाकाे उडानपछि ३ अक्टोबर २०२४ काे राति, श्रीमतीजी र म पारिवारिक भेटघाटको क्रममा छाेरी सम्पदाकाे कर्मथलाे अमेरिकी राज्य मिनिसोटा आइपुगेका थियौं । छाेरा काैशल पनि एक महिनाकाे बिदा मिलाएर बेलायतबाट यतै आएको थियोे । यसै मेसाेमा छाेरी-ज्वाईं मिलेर हामीले घुम्ने ठाउँकाे रूपमा छनाैट गरेका...

भजनहरू:

✍️ मुरारीराज मिश्र १. मुखले भज्दछ, हरि-हरि नाम  मनले साेच्दछ, खाली नकाम  के  भरियाे  खै !  हृदय  भित्र मानिस  एउटै,  द्वैध  चरित्र !! स्वार्थ  परेमा,  चिप्लो  घस्छ  मीठो  बाेल्दै,   घरमा   पस्छ  काम बनेपछि,  घाँटी  कस्छ सर्प    बनेर     उल्टै    डस्छ  अचम्म  लाग्दाे, मानव  चित्र कैले   हट्ला,  द्वैध  चरित्र ? छाेड  मनुष्य,  याे   छलछाम केही   गरिदेऊ,   राम्रो  काम मिल्दछ शान्ति, मिल्दछ नाम सुन्दर  बन्छ,   जीवन  तमाम बन्दछ   जगतै,   तिम्रो   मित्र बिन्ती छ त्याग, द्वैध चरित्र ।। २. हे देव !  म, स्वस्थ  शरीर  पाऊँ चलाेस्  गुजारा, त्यतिनै कमाउँ सादा, सफा, शुद्ध म वस्त्र लाउँ गरेर  अर्पण्, ती प्रसादी खाउँ । याे पाउ,  मन्दिर   तिरै   बढाउँ हरेक  दिन्, तीर्थहरू  म...