लघुकथा: जवाफ

         ✍️ मुरारीराज मिश्र,

'मसंग तिमीभन्दा धेरैगुना बढि शक्ति छ । ठूलो छु, तर पनि तिमीले जसरी चुपचाप काम फत्ते गर्न सक्दिन । जाेड्न हैन फोड्न मात्रै आउँछ मलाई, त्यो पनि धेरै समय लगाएर मात्र । तिमी सानो छ्यौ, तैपनि छिटो छरितो र सजिलै मैले गर्न नसक्ने काम गर्छेउ ! यस्तो किन हँ ?' उसले प्रश्न गर्‍यो ।

'पक्कै पनि तिमी म भन्दा निकै ठूलो र शक्तिशाली छाै । तर आत्मियता र नम्रपना तिमीमा पटक्कै छैन । जोडदैनौ, केवल ताेड्ने स्वभाव छ तिम्रो ! यही कारण तिमीले अरुको मनमा आफ्नो स्थान बनाउन नसकेको हाे । कुनै पनि काम हल्ला गरेर हाेइन, मैले जस्तै चुपचाप मन जितेर गर्न सक्नुपर्छ ।´ साँचोले हथौडालाई जवाफ दियो ।

(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७)

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

कालिञ्चाेक यात्राका संस्मरण: