Posts

हाइकूहरु

कक्रक्क धर्ती  देख्न सकेन पीडा राेयाे अाकाश शिशिर याम मुटु छेड्ने सिरेटाे मलिन रवि जीवन यात्रा छरपस्ट छन् काँडा गाेरेटाे भरि  ! बाेलीनाै तिमी रमाइलो संसार सुनसान भाे  म‌ैमत्त मन संसार थाम्न खाेज्छ हुटिट्याउँ झैँ   तात्याे अंगेनाे सल्किंदै काठपात धुवां निस्कियाे फूल लजायाे निहुरियाे सुस्तरी अाएछ भृङ्ग बिहान उस्तै बेलुका पनि उस्तै सूर्यको रङ्ग   उजाड रुख पतझड माैसम वसन्त कु्र्दै  चिसो शहर चिसा चिसा मानिस चिसै सम्बन्ध  बुझ्नै कठिन मनभित्र डढेलाे तैपनि जाडो ! झरेको पात उड्दै गयाे रमाइ कतै हरायो  सर्वत्र छल केवल छलफल निस्कन्न फल चर्केकाे भित्ताे लिउनले टालियाे हटेन डाेब ! रुँदैछ झार्दै रक्त मिश्रित अाँसु अाधा अाकाश  ! मुस्कायाै तिमी उज्यालो भयाे मन जुन बिर्सिएँ मदिरा हैन काफी छ तिम्रो साथ मन मात्तिन बाघ ठानेकाे पुच्छर हल्लाउँदै म्याउ पाे गर्र्‍याे याे मन  पाेल्छ अागाेले भन्दा बेसी तिम्रो मायाले थुनेको चराे काटिएका पखेट...

देशकाे गीत

        देशकाे गीत :                         ✍ मुरारीराज मिश्र लुट्पुटिंदै माटाे माथि, हुर्किएकाे ठाँउ । यै हाे मेराे मातृभूमि, नेपाल हाे नाँउ ।। घामकाे पैलाे झुल्का देख्ने, सगरमाथा मेराे । मेची-काली, तराई-पहाड मेरै सेरोफेरो ।। नदी-नाला कलकल बग्ने, सुन्दर मेराे गाउँ । यै हाे मेराे जन्मभूमि, नेपाल हाे नाँउ ।। डाँफे, मुनाल, मयूर नाच्छन्, मेरै वरिपरि । डाँडा पाखा भरि फुल्छन्, गुराँस थरीथरी।। मनले भन्छ- संधै यस्तै, दृश्य देख्न पाऊँ । यै हाे मेराे कर्मभूमि, नेपाल हाे नाँउ ।। अनेक जाति बर्ण धर्म, अनेक भाषा भेष । बसेका छन् मिलि यहाँ, छैन कुनै क्लेश ।। सीता बुद्ध जन्मिएकाे, शान्त मेराे ठाउँ । यै हाे मेराे प्रीयभूमि, नेपाल हाे नाँउ ।। लुट्पुटिंदै माटाे माथि, हुर्किएकाे ठाँउ । यै हाे मेराे मातृभूमि, नेपाल हाे नाँउ ।।              *** समाप्त *** (उमामहेश्वर मार्ग, कुमारीगाल, कामपा-७)

गीत

Image
खालि छ है याे मुटुमा, याैटा काेठा अैले भाडा लिन्न, बस्न यहाँ जाे आउँछ पैले काेठा हेर्ने मन छ भने, आखाबाट पस्नु राम्रोसँग हेर्नु अनि, मन परेमा बस्नु बस्नु अघि खबर गर्नु, सामान सार्ने कैले भाडा लिन्न, बस्न यहाँ जाे आउँछ पैले शर्त छ मेराे, केवल याैटै, डेरावालालाई आफ्नैे घर झैं ठान्नुपर्छ, मेरो काेठालाई मञ्जुर भए सुम्पने छु, तालाचावी मैले भाडा लिन्न, बस्न यहाँ जाे आउँछ पैले खालि छ है याे मुटुमा, याैटा काेठा अैले भाडा लिन्न बस्न यहाँ, जाे आउँछ पैले

राष्ट्र बन्दना

           राष्ट्र बन्दना मलाई मेरो मनले संधै, यही भन्ने गर्छ - 'ऋणी छाैं है देशका हामी, ऋण तिर्नुपर्छ' ।। देश भन्नु भूगोल मात्रै, हैन भावना हाे, हिमाल, पहाड, तराई सबै, हाम्रै अाँगन हाे । मेची-काली, हाम्राे नशा भित्र बग्नुपर्छ, मलाई मेरो मनले संधै, यही भन्ने गर्छ ।। जातजाति, भाषाभेष, संस्कृति र धर्म, पहिचान हाे हाम्रो देशको, एकताको मर्म । परिअाए देशका लागि, प्राणै त्याग्नुपर्छ, मलाई मेरो मनले संधै, यही भन्ने गर्छ ।। मठ-मन्दिर, गुम्वा-चैत्य, मस्जिद, गुरुद्वारा, द्वेष नराख, कर्म गर, भन्छन् धर्म सारा । पहिला हामी नेपाली हाैं, यति बुझ्नुपर्छ, मलाई मेरो मनले संधै, यही भन्ने गर्छ ।। मलाई मेरो मनले संधै, यही भन्ने गर्छ - 'ऋणी छाैं है देशका हामी, ऋण तिर्नुपर्छ' ।।                      - समाप्त -                                - मुरारीराज मिश्र, याे कवितालाई तलकाे लिंकमा पनि पढ्न सकिनेछ- https://sahityapost.c...

भजन

जन्में जब लिई मानव चाेला, माेहपासले बाँध्याे । गर्भ समयका हरि स्मरणहरु,  भुलें स्वार्थले गाँज्याे ।। बाल्य अवस्था शाेक थिएन, मात्र खानकाे ध्यान । रुँदा पुग्दथ्याे सबै चाहनाहरु, केही थिएन ज्ञान ।। समयक्रम संगै बढ्याे उमेर, युवा अवस्था आयाे । रुप, शक्तिको दम्भ भयाे अति, मन्मा आशक्ति छायाे ।। बृद्धअबस्था नजिकिन लागे, जीर्ण हुँदैछ शरीर । कसरी म आउँ तिम्रो द्वारमा, मनमा यहि छ पिर ।। गर्न सकिन यस अघि भक्ति, समय आयाे मरणकाे । चरणकमलमा स्थान देऊ् प्रभु, याेग्य ठानी शरणकाे ।।  ✍  मुरारीराज मिश्र

भजन/श्लोक (भावानुवाद)

Image
१. #मूल_श्लाेक ''सच्चिदानन्द रूपाय विश्वोत्पत्यादि हेतवे, तापत्रय विनाशाय श्री कृष्णाय वयं नमः ।।'' #नेपाली_भावानुवाद रुप छ सत्य-अानन्द, पालनहार हाै विश्वका । उत्पत्ति, स्थिति र संहार, गर्दछाै तिमी सृष्टिका ।। भक्तका तिनवटै ताप, हर्ने, तिम्रै पर्‍याैं भर। सच्चिदानन्द श्रीकृष्ण नमन् हाम्रो ग्रहण गर ।। (भावानुवाद: मुरारीराज मिश्र) २. #मूल_श्लोक करारविन्देन पदारविन्दं मुखारविन्दे विनिवेशयन्तम्। वटस्य पत्रस्य पुटे शयानं बालं मुकुन्दं मनसा स्मरामि।। #नेपाली_भावानुवाद समाई गाेडा, मुखमा पुर्‍याई । चुसिरहेछन् , बहुतै रमाई ।। वट्-पत्रकाे बिच, शयन छ जस्काे । गर्छु स्मरण, बालमुकुन्दजीकाे ।। (भावानुवाद: मुरारीराज मिश्र) ३. #मूल_संस्कृत_श्लोक कर्पूर गौरम करुणावतारं, संसारसारं भुजगेन्द्र  हारम । सदावसन्तं हृदयारविन्दे भवं भवानी सहितं नमामि ।। #नेपाली_भावानुवाद कपूरजस्तै, छ स्वरुप सेताे । दयावतार् हुन् , यी समस्त भक्तको ।। संसारको सार, अाधार नै उनी । भिर्छन् गलामा, उनी नागहार् पनि ।। चिता-खरानी घसी, शाेभित अङ्ग अङ्ग । हुन्छन् यी भक्तहरुमा हर-क्ष...

ग्रहणका बेला शास्त्रले निषेध गरेका कुराहरु:

"निद्रायां जायते ब्याधी मुत्रे दारिद्रमान्नुयात् । पुरिषे कृमियोनिश्ची मैथुने ग्रामसुकर:।। अभ्यज्जने भवेत्कुष्ठी भोजने स्यादधोगती। बन्धने च भवेत् सर्प बधे नरकं व्रजेत् ।।" (भावार्थ: ग्रहणकाे बेलामा सुतेमा रोग लाग्दछ, मूत्रत्याग गरेमा दरिद्र हुन्छ, मलत्याग गरेमा जुका जस्ता किराको योनीमा जन्म हुन्छ, मैथुन गरेमा गाउँको सुँगुर भएर जन्मन्छ, शरीरमा कुनैपनि प्रकारकाे शृङ्गार गरेमा कुष्टराेग हुन्छ, भोजन गरेमा अधोगती (पतन) हुन्छ, कुनै जीवलाई बन्धनमा राखेमा सर्पको योनि हुन्छ र जीवहत्या गरेमा नरकमा जानेछ ।) (#तर बाल, बृद्ध, अशक्त र अातुरहरुलाई भने उपराेक्त कुराहरुमा छुट दिएकाे छ)