Posts

लघुकथा: निर्वाचन

✍️ मुरारीराज मिश्र याे यस्ताे छ । याे उस्तो छ । यसले समाजमा यस्ताे सकारात्मक सन्देश दिन्छ । यसपछि यस्तो हुन्छ । उस्तो हुन्छ, यस क्षेत्रले फड्को मार्छ । यस्तै-यस्तै खालका भड्किलो प्रचारप्रसार, आश्वासनका पुलिन्दा । कराेडाैं खर्च । अन्त्यमा, निरासाजनक परिणाम अर्थात् हातलाग्याे शून्य ! यस्तै, 'फ्लप' चलचित्रको स्वरुप हाे निर्वाचन ! ~~~~~ (उमामहेश्वर मार्ग, कामपा-७, कुमारीगाल, काठमाडौं)

लघुकथा: प्रायश्चित

✍️ मुरारीराज मिश्र पुराना नेता र पार्टीका ब्यवहारबाट आजित भएकाे उ यसपटकको स्थानीय निर्वाचनमा भने खुलेरै स्वतन्त्र युवा उम्मेदवारकाे पक्षमा लागेको थियोे । जुन कुरा ठूलै पार्टीका वडाध्यक्षका उम्मेदवार उस्काे छिमेकीलाई पटक्कै चित्त बुझेकाे थिएन ।  यसअघि आफ्नो पक्षमा मत माग्दै हिंड्ने उस्लाई स्वतन्त्रकाे पक्षमा नलाग्न छिमेकीले लाेभ-लालच र घुमाउरो किसिमले धम्की पनि नदिएको हैन, तर उ आफ्नो अडानमा अडिग रह्यो । फलतः स्वतन्त्र उम्मेदवार अत्यधिक मतले वडाध्यक्ष पदमा बिजयी भयाे । छिमेकीले हारे पनि बाँकी चार सदस्यमा भने उस्कै प्यानलका पार्टी उम्मेदवारहरुले जित हासिल गरे । समय बित्दै गयाे । तर बर्ष दिन पनि नबित्दै वडाध्यक्षले राजिनामा गरेकाे खबर फैलियो ! त्यसै साँझ छिमेकीले उसलाई सुनायाे - 'तपाईंले स्वतन्त्रलाई जिताएर के-के न पुरुषार्थ गरें भन्नुहुन्थ्यो नि ! खै त त्यसले केही गर्न सकेन ! वडामा हाम्रो बहुमत भएकाेले हामीले वडाध्यक्षलाई हरेक कुरामा असहयोग गरेर आखिर राजिनामा दिन बाध्य पार्‍याैं ! यसपालि मलाई नजिताएर तपाँईहरुले ठूलाे गल्ती गर्नुभयो !'  त्याे सुनेर उस्ले हात जाेडेर छिमेकीलाई भन्या...

लघुकथा: #घरदैलो

 ✍️ मुरारीराज मिश्र चुनावी घरदैलो कार्यक्रम चल्दै थियो । तामझामका साथ आएका नेता सबैसँग परिचित झैँ आत्मियता दर्शाउँदै भाेट माग्दै थिए ।  घरको छतबाट याे सबै नियालिरहेकाे रमेश पनि आफ्नै ढाेकामा आइपुगेको नेताकाे टाेली देखेर घरबाहिर निस्कियाे । नेताले उस्काे हात समातेर हालखबर साेधे, उसले बतायो । नेताले आफ्नाे स्वभाव सत्य बाेल्ने भएकोले गरेका बाचा पूरा गरेरै छाेड्ने प्रतिबद्धता ब्यक्त गर्दै भाेट मागे, उस्ले आश्वासन दियाे ! नेता ढुक्क हुँदै फर्किए । जाँदाजाँदै नेताले रमेशकाे बुबा आफ्नो हितैषी भएको र उहाँसंग समयसमयमा कुराकानी हुने गरेकाे बताउँदै 'बुबालाई साेधेकाे छु भन्दिनु है बाबु' भन्दै भीडमा मिसिए । वाल्ल परेकाे रमेश, सत्य बाेल्ने भनेका नेताका भनाइ र पाँच बर्ष अघि मृत्युु भएका आफ्ना बुबाको सम्झना गर्दै घरभित्र छिर्‍याे । (उमामहेश्वर मार्ग, कुमारीगाल, का.म.पा.-७)

सयवटा थुम्काहरु रहेको स्थान - 'शैलुङ´'

Image
सानाे शैलुङ  पुगेर आएका साथीभाइहरुबाट त्यहाँकाे बारेमा सुनेदेखि नै शैलुङ जाने ईच्छा पलाएको थियो, तर माैका मिलिरहेकाे थिएन । कुराकानीकाे क्रममा शैलुङ भ्रमणका लागि अकस्मात् आठजनाकाे समूह जुटेकाले यसपल्ट त जाने साइत पक्कै नै जुरेकाे रहेछ भन्ने लाग्याे । जाने तय भएपछि शैलुङ आउनेजाने गरेका स्कर्पियाे चालकसंग भ्रमणको बारेमा सरसल्लाह हुँदा, बिहान सबेरै निस्केर साँझसम्म फर्कने याेजना बन्याे । जाने अघिल्लो दिन, गाडीमा समस्या आएर ग्यारेजमा बनाउन पठाएकोले आफू जान नसक्ने भन्दै चालकले आफ्नाे सट्टा परिचित साथी चालकलाई पठाउने जानकारी गराए । हामीलाई त जानु नै थियोे, त्यसैले आपत्ति जनाएनाैं । निर्धारित समयमा पाथिभरा दर्शन लेखिएको बा २१ च ९८४८ नम्बरको स्काेर्पियाे गाडी लिएर चालक चन्द्र तामाङ आईपुगे । उनी यसअघि शैलुङ क्षेत्रमा पुगेका रहेनछन् । हाम्राे पनि त्यताकाे पहिलो  यात्रा थियो । तसर्थ, बाटाे साेध्दै भएपनि जाउँला भन्ने आँट लिएर २०७८ चैत्र १२ गते शनिबारका दिन बिहान पाँचबजेतिर घरबाट शैलुङ्गेश्वर जान निस्कियाैं । मध्य चैत भएतापनि बिहानकाे माैसम केही चिसै थियाे । साँढे छ बजेतिर जिराेकिलाे भ...

दुई लघुकथा:

१.  लघुकथा; #सन्देश                 ✍️ मुरारीराज मिश्र हरिप्रसाद गाउँका एक प्रतिष्ठित ब्यक्ति थिए । आज उनले गर्न लागेका एउटा अनाैठाे कामले समाजलाई तरङ्गित बनाएको थियोे । आफू मरेपछि आफ्नो आत्माले प्रयाेग गर्न पाउँछ भन्ने तर्क दिएर उनी कराेडाैं पर्ने आफ्नोे घरमा आगाे लगाउने तैयारी गर्दै थिए । याे कुरामा सबै गाउँलेले असहमति जनाए । छाेराहरु बिराेधमा उत्रिए । जलाउनु भन्दा बरु कसैलाई दान दिनु पाे महान काम हाे भन्नेमा सबैकाे मतैक्य देखियाे । तर उनी आफ्नोे निर्णयबाट नहटेपछि कसैकाे केही लागेन ।  उनले घरकाे चारैतिर मट्टीतेल छर्किए । सारा गाउँलेहरु स्तब्ध भएर समाजका प्रतिष्ठित ब्यक्तिकाे चर्तीकला हेर्दै थिए । उनले सलाई हातमा लिए । बाताबरण बाेझिलाे बन्याे । गाउँलेहरु कहिले घर र कहिले हरिप्रसादलाई हेर्दै थिए । अकस्मात् हरिप्रसादले सलाई मिल्काए र भीडलाई सम्वाेधन गर्दै ठूलाे स्वरमा भने - 'मलाई पागल ठान्नुभयाे हाेला तपाईंहरुले । मैले साँच्चैमा घर डढाउन खाेजेकाे हाेईन । बर्षाैं देखि समाजलाई बुझाउन खाेज्दा पनि नसकेकाे एउटा सन्देश मात्रै याे कार्य मार...

कविता : सम्बन्ध

Image
 कविता: अहिले झैँ घाम पहिले पनि लाग्थ्यो पहिले झैँ पानी अहिले पनि पर्छ ऋतु पहिले मात्र हाेइन अहिले पनि फेरिन्छ  दिनरात सदा झैँ अहिले पनि हुन्छ  सबै कुरा पहिले र अहिलेकाे  झण्डै-झण्डै उस्तै छन्  अहिले, मात्रै समय थाेरै फेरिएको छ - पहिले जाडाेयाममा  तुषाराे भई पानी जम्थ्याे, अचेल सबैयाममा  सम्बन्धहरु जम्न थालेकाछन् । ✍️ मुरामि

लघुकथा: जमेका सम्बन्ध

✍️ मुरारीराज मिश्र नेत्रप्रसाद अवकाशप्राप्त कर्मचारी । पत्नीको निधन भएको एक वर्ष बितिसकेको थियो । दुई छोरा, बुहारी, नातिनातिना र सबै सुविधा भएको आफ्नै घर, सबै भएर पनि उनीभित्र एउटा गहिरो एक्लोपन थियो । जीवनभरको कमाइ र घरजग्गासमेत उनले छोराहरूको भविष्यका लागि उनीहरूकै नाममा गरिदिएका थिए । आफन्त र इष्टमित्रहरू भेट्न आउँदा घरमा केही चहलपहल हुन्थ्यो र उनको एकान्त केही हलुका बन्थ्यो । एक रात माथिबाट ओर्लँदै गर्दा जेठो छोराको कोठाबाट कान्छोको आवाज सुनियो- “दिनहुँ बुबालाई भेट्न आउने मान्छेले घरै अस्तव्यस्त हुन्छ। भाउजू-बुहारी पनि हैरान छन् । बरु बुबालाई वृद्धाश्रम राख्ने कि, दाइ ?” केही क्षणको मौनतापछि जेठोले भन्यो- “सबैको यही विचार हो भने त सोच्न सकिन्छ ।” नेत्रप्रसाद चुपचाप आफ्नो कोठामा ओर्लिए । त्यो रात उनीभित्र केही नराम्ररी चर्कियाे तर आवाज निस्किएन । एक सातापछि, चिसो बिहान । दस वर्षे नातिले मुख धुँदै भन्यो- “हजुरबुबा, कस्तो चिसो पानी !” नेत्रप्रसाद मुस्कुराए र भने- “हाम्रो पालामा त पानी जमेर हिउँ बन्थ्यो, बाबु ।” नातिले कौतूहलले सोध्यो- “अहिले त त्यसरी जम्दैन नि, किन ?” उनले टाढा कतै हे...