Posts

एकदिन : धार्मिक क्षेत्र तीन

Image
घुमफिर अनुभव;   ✍️ मुरारीराज मिश्र,                                                                                बि.सं.  २०७९ साल पाैष २ गते शनिबारका दिन बिहान आफ्ना सहचालक सहित माईक्रोबस लिएर प्रकाश अधिकारी भाइ ताेकिएकाे समयमै आईपुगे । हामी तैयारी अवस्थामा रहेका थियौं ।बस्ने-खाने सामान गाडीमा राखेर, १७ यात्रु र चालक/सहचालक समेत गरि १९ जनाको टाेली  बिहान ७ बजे एकदिने धार्मिक भ्रमणमा निस्कियाे । हाम्रो गन्तव्य- काठमाडौं महानगरपालिकासंग सिमाना जाेडिएकाे, काठमाडौं जिल्लाभित्रै पर्ने तारकेश्वर नगरपालिका क्षेत्रका तीनवटा धार्मिकस्थल तारकेश्वर महादेव , भुवनेश्वरी मन्दिर र शान्ति धाम (बद्रीनाथ) तर्फ थियोे ।  मीनपचासकाे समय, त्यसमाथि हुस्सु र बादलले धुम्मिएकाे माैसम भएकाले चिसोकाे पाराे राम्रै चढिसकेकाे महसुस भयाे । गाैरीघाट, चाबहिल, माछा पाेखरी, रानीवन, ओशाे आश्रमकाे बा...

प्रार्थना : गर माफ सारा चतुर्भुज हरि

 🙏प्रभु प्रार्थना🙏 न लागें म सद्-मार्ग, बाटो बिराएँ । संधै माेह मायाहरुमैं हराएँ ।। दियाै धेर तिम्ले, न कैल्यै सह्राएँ । संधै क्यै पुगेन, भनेरै कराएँ ।। न कैले दुखीलाई मैले सघाएँ । गरें गाली मात्रै लघारें, रुवाएँ ।। लिई दम्भ मनमा सधैं नै रमाएँ । अहाे ! दिव्य चाेला फगत्‌मा गुमाएँ !! न मानें कुनै धक्, कहीँ पाप गर्दा । रमाएँ अरुकाे, लुटि खल्ती भर्दा ।। तिमीलाई बिर्सें, संधै सुख पर्दा । सघाऊ मलाई, वैतरनी तर्दा ।। न डाकें तिमीलाई, आदर गरी । न राखें याे मनभित्र, श्रद्धा भरी ।। न आएँ म मन्दिर, अगाडि सरी । गर माफ सारा, चतुर्भुज हरि ।।🙏                              - मुरामि

लघुकथा : हड्डी

Image
लघुकथा : हड्डी                      ✍️ मुरारीराज मिश्र किशाेरजी खानाकाे एकदमै शाेखिन । माछामासुका परिकार उनको प्रीय थियो । घरमा प्राय: खसी, कुखुरा र माछा पाक्ने भएतापनि श्रीमतीजीले ल्याउन नदिने भएकाले घरमा ठूलो खसी (राँगा) काे मासु भने पाक्दैनथ्याे । विद्यालयमा जाडाेकाे बिदा भएको थियोे । छाेराछाेरीले मामाघर जाने इच्छा गरेकाले छाेराछाेरी सहित केही दिनकाे लागि श्रीमतीजी माइती गएकाेले किशोरजी घरमा एक्लै थिए । उनकाे मनमा साथीहरुसंग बसेर घरमा खानपिन गर्ने मुड चल्यो । आज, मज्जाले ठूलो खसीको मासु पकाउनु पर्‍यो भनेर उनी बजारतर्फ लागे । नजिकैको पसलमा मासु किन्दा पछि श्रीमतीले थाहा पाउने डरले उनी घरभन्दा अलि परकाे पसलमा पुगेर एक किलाे मासु मागे । यत्तिकैमा ''ओहाे, मलाई त थाहै थिएन, किशाेरजी पनि ठूलाे खसीको मासु खानुहुँदाे रैछ !" भन्दै एक परिचित टुप्लुक्क पसल अगाडि आइपुगे ! श्रीमतीले थाहा पाउने डरले किशाेरजीले "हैन, घरमा पालेको कुकुरको लागि हाे" भनेर फ्याट्ट उत्तर फर्काए । त्याे संवाद सुनेर मासु...

लघुकथा: समुद्रीफल

लघुकथा: समुद्रीफल              ✍️ मुरारीराज मिश्र न्वारानकाे परम्परागत पूजादि कार्य सकिएकाे थियोे । खाना पाक्ने क्रममा रहेकाले पुरेतबाजे सहित परिवारका सदस्य तथा निम्तालुहरु चिया पिउँदै गफ गर्दै थिए ।  गफकाे बिषयवस्तु राजनीति देखि धर्मसम्म, देश-बिदेश, साकाहार-मांसाहार लगायत सबै थियोे । पुरेतबाजेले धर्म, दर्शन र साकाहारकाे पक्षमा दह्रो तर्क राख्नुभयाे ।  सबैजना पुरेतबाजेकाे कुरा चाख मानेर सुन्दै थिए । यसै बेला भान्साबाट खाना तैयार भएकोले खान आउने जनाउ आयाे । पुरेतबाजेलाई अघि लगाएर गफ गर्न बसेका मानिसहरु भान्सामा पसे । पुरेतबाजे अरुले नछाेईने गरी अरुभन्दा छुट्टै ठाउँमा बस्नुभयाे । खाना खाने र थप्ने क्रम चल्दै थियोे । घरकी आमैले माछाकाे परिकार बाँड्दै गर्दा पुरेतबाजेले `दुई टुक्रा माछा यता हाल्नुस् त आमै´ भनेर आफ्नो थाल थाप्नुभयाे । त्याे देखेर छाेराेले आश्चर्य मान्दै भन्याे `गुरु, तपाईं त साकाहारी हैन र ?´ `हाे बाबु म खसीको मासु खान्न, माछा त`समुद्रीफल´ हाे, यसलाई `पानी तरुल´ पनि भनिन्छ ! त्यसैले माछा चाहिँ खान्छु´ प...

लघुकथा: खुशी

Image
 लघुकथा: खुशी                     ✍️ मुरारीराज मिश्र म बजारमा सामान किन्दै थिएँ । मैले किनमेल गर्दै गरेको पसल नजिकै एउटा बालक पनि बेलुनहरुमा हावा भरेर बेच्दै थियोे । बुबाआमासंग बजार आएको अर्को बालकले बेलुनहरु देखेर आफ्नो बुबासंग हावा भरिएको बेलुन किनिदिनका लागि जिद्दी गर्‍याे । बुबाले बालकलाई बेलुन किन्नबाट टार्न निकै सम्झाए, तर बालकले मानेन । बालहठ अगाडि केही नचलेपछि बुबाले बालकलाई पैसा दिएर पठाए । बालकले बेलुन किनेर हातमा लियो । किन्ने-बेच्ने दुबै बालक खुशी देखिन्थे ! याे सबै घटनाक्रम नियालिरहेकाे मलाई लाग्याे, खुशी परिस्थितिमा निर्भर हुँदाे रहेछ ! किनकि, एउटा बालक बेलुन किन्दा खुशी देखिन्थ्याे भने, अर्को बालक बेलुन बेच्दा ।                           *** (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७) हिमाली गुराँसमा प्रेषित 

भजन

 #प्रार्थना  पार्वती माता साथ लिएर, हे शम्भु तिमी आऊ । हाम्रो मनको द्वेष हटाई, प्रेम भाव जगाऊ ।। गर्न जान्दिन पाठ-पूजा म, गर्न जान्दिन ध्यान । कसरी गर्ने तिम्रो साधना, छैन प्रभु क्यै ज्ञान ।। बुद्धि बिनाकाे बालक ठानी, भक्ति गर्न सिकाऊ । हाम्रो मनको द्वेष हटाई, प्रेम भाव जगाऊ ।। छुट्न सकेन लाेभ र माेह, रिस, राग र दम्भ । मर्दा सम्पत्ति लान्छु जस्तै, गर्छ मन याे अचम्म !! ज्ञानरुपकाे दीप जगाई, मायाजाल मेटाऊ । हाम्रो मनको द्वेष हटाई, प्रेम भाव जगाऊ ।। पार्वती माता साथ लिएर, हे शम्भु तिमी आऊ । हाम्रो मनको द्वेष हटाई, प्रेम भाव जगाऊ ।। ------------------------------------ ✍️ मुरामि

लघुकथा: मतदान✔️

लघुकथा: "मतदान"              ✍️ मुरारीराज मिश्र मतदानका लागि आएका एक बृद्धले मतदाता नामावलीमा आफ्नो नाम रुजु गराए पश्चात् मतदान अधिकृतलाई साेधे - "बाबू, मेराे छाेराे दुखीप्रसाद नेपाली अहिले भाेट हाल्न यहाँसम्म आउन सक्दैन । मिल्छ भने मेराे भाेट तपाँईले नै राम्रो उम्मेदवारलाई दिनुस् है बुबा भनेकाे छ, मिल्छ हाेला त !" "भाेट हाल्न ब्यक्ति आफैं उपस्थित हुनुपर्छ, नत्र अरु कसैले हाल्न मिल्दै मिल्दैन ।" रुखाे स्वरमा निर्वाचन अधिकृतकाे जवाफ आयाे । याे संवाद सुनिरहेका एकजना उम्मेदवारका बुथ प्रतिनिधिले त्यस अवधिमा नामावली चेक गरेछन् र बृद्धतर्फ हेर्दै भने - "तपाँईले आफ्नो छाेराकाे नाम दुखीप्रसाद नेपाली भन्नुभएको हैन बुबा ? उहाँले अघि नै आएर भाेट हालिसक्नु भएको देखिन्छ त यहाँ !" याे सुनेर अचम्मित बृद्धले निर्वाचन अधिकृतलाई भने - "ब्यक्ति आफैं नआई भाेट हाल्न मिल्दै मिल्दैन भन्नुभएको हैन अधिकृतज्यू ! मेराे छाेराे त राेजगारीकाे सिलसिलामा गत तीन बर्षदेखि अरबमा पाे छ त !!" (उमामहेश्वर मार्ग, कुमारीगाल, कामपा-७) छछल्का, लघुकथासङ्ग्रहमा प्र...