Posts

लघुकथा : #मापदण्ड

              ✍️ मुरारीराज मिश्र, हैन काका, के काे छलफल हाे ? सबैलाई चिन्तित देख्छु त ! सबैजना बसिरहेको ठाउँमा पस्दै दिनेशले साेध्याे । दशा आइलाग्याे क्या दिनेश बाबु ! छँदाखाँदाकाे घर भत्काउनु पर्ने भाे, बाह्रफिटे बाटो बढेर चाैबीसफिटकाे हुने भाे रे यहाँको ! घनश्याम काकाले भने । ए, ठूलै समस्या पाे परेकाे रैछ त ! उसाेभए बाटोकाे सेण्टरबाट दुबैतर्फ छ-छ फिट बढ्दा त तपाईहरु अठार-बीसजनाकै घर/काेठा जाने देखिन्छ ! अब के गर्ने सल्लाह भयो त काका ? खै बाबु, के गर्ने गर्ने ? हामी त अन्याैलमा पाे छाैं । बाबु यहाँको चल्तापूर्जा मान्छे, अब तपाईंले नै राम्रो सल्लाह दिनुपर्‍यो ! त्यो त ठीकै छ काका, म प्रयास गरिहाल्छु नि ! भन्दै उसले काकालाई अलि छेउमा लगेर केही साउती गर्‍यो । काकाकाे मुहारमा चमक आयाे । त्यसपछि उनी छिमेकीहरु तर्फ गए र केहिबेर फुस्फुसाउँदै सल्लाह गरे । सबै गाउँले हर्षित देखिए । सहमतिस्वरुप टाउको हल्लाए । याे सल्लाह गाेप्य रहाेस् नि काका भन्दै दिनेश फर्कियाे ।  हप्ता दिनपछि बाटाे बिस्तारकाे काम सुरु भयाे । डाेजर ल्याईयाे । सडकको सीमामा जाेडिएकाे सार्वज...

लघुकथा : भूमाफिया

Image
       ✍️ मुरारीराज मिश्र "ए तपाईंले पनि बाटो मिच्नु भा'को पो रैछ त ?" पल्लो टोलमा बस्ने टेकनाथको हाँसो मिश्रित प्रश्नले पर्खाल लगाउँदै गरेकाे रमेश एक्कासी रन्थनियो । हैन, मान्छे पनि कस्ताकस्ता छन् हँ यहाँका ? अरुको नोक्सानीमा रमायाे बस्याे ! "बाटो बिस्तारको क्रममा पटकपटक जग्गा बाटोमा छाेड्नु परेको टेन्सन छ आफूलाई । अरूलाई भने रमाइलो छ ! बुझ्नु न सुझ्नु बाटो मिचेको आरोप लगायो, पुग्यो । यो मेरो हकभोगको पुर्ख्याैली निजी जग्गा हो बुझ्नुभो !" "तपाईं त त्यसै रिसाउनु भो, मेरो आशय त्यस्तो हैन क्या !" टेकनाथले भने । "बाबूको आशय जेसुकै भएपनि बोल्दा चाहिँ ढंग नपुगेकै हो । हामी सानो हुँदा यहाँ दुईहाते गोरेटो बाटो थियो, अहिले बीसफिटे भयो । बाटो बढेको दुबैतर्फका जग्गावालाकै जग्गाले त होला नि ! बाबुजस्ता कसैले जग्गा ल्याएर हालेर यहाँ बाटो बढेको त पक्कै हैन होला ! बाटो पटकपटक बढेको बढ्यै छ तर रमेशजस्ता मान्छेका जग्गा भने विना मुआव्जा घटेको घट्यै छ !” दुबैको सवाल जवाफ सुनिरहेका एक बृद्धले सुस्केरा हाल्दै भने ।  उनले थपे-  “हेर्नुस्, एकातिर राज्यले बाटोमा परेको ज...

लघुकथा: घडेरी

         ✍️ मुरारीराज मिश्र "मुद्दा मामिला नपरेको, शान्त बाताबरणमा एउटा राम्रो घडेरी चाहिएको थियोे, बाबुकाे नजरमा कतै हाेला त त्यस्तो जग्गा ?" बृद्ध रमानाथले पुरानो साथीकाे छाेरा जग्गा काराेवारी खगेन्द्रलाई साेधे । "हैन अंकल, यत्रो चारतले घर छँदाछँदै किन चाहियो तपाईंलाई अर्को घडेरी ?" खगेन्द्रले प्रश्न तेर्सायाे । "एउटा सानो भूईंतले घर बनाएर बस्नुपर्‍यो क्या याे घर बेचेर ! छाेराछाेरी विदेशबाट नफर्कने भन्छन् । हामी बुढाबुढीलाई किन चाहियो यति ठूलो घर अब" रमानाथले जवाफ फर्काए । "किन नहुनु, छ नि अंकल ! एकदुई दिन म अलिक ब्यस्त छु । त्यसपछि माैका मिलाएर तपाईंलाई जग्गा देखाउँला । कुरा मिले चाँडै पास गर्नुपर्छ" भन्दै खगेन्द्र हिंड्याे । दुईदिन पछि, सिमसिम पानी परेकाे बेला खगेन्द्र गाडी लिएर आयाे । जग्गामा पुग्दा पानी परिरहेकै थियोे । खगेन्द्रले गाडीको ढाेका खाेलेर ठूलो छाता ओढाउँदै रमानाथलाई जग्गामा पुर्‍‍यायाे । पानी परेको कारण वरिपरि घुम्न नसकिएपनि हेर्दा राम्रो बाताबरण र चारपाटे मिलेको जग्गा देखेर घडेरीका लागि पाँचआना जग्गा किन्ने निधाेमा पुगे रा...

प्रार्थना : शिव हुन् जगका स्वामी

सेरोफेरो याे सब मेरो,  किन भन्छाैं खै हामी ? जब कि,  शिव हुन् जगका स्वामी ।। भगवान्, शिव हुन् जगका स्वामी ।। खाली हात पठाए प्रभुले, हाम्रो क्षमता जाँच्न । धन कमायाैं, दान गरेनौं  लाग्यौं केवल साँच्न । जानु छ फेरि, खाली हातै के लान्छाै र हामी ? भगवान्,  शिव हुन् जगका स्वामी ।। भगवान्..... शिव प्रभुकै चरणकमलमा,  भेटिन्छन् चारै धाम । तार्छन् उनैले याे भवसागर, लिऊँ उनैकाे नाम । हर्ने भर्ने सबै शिवै हुन् केवल रमिते हामी, भगवान्,  शिव हुन् जगका स्वामी ।। भगवान्.....                   ✍️ मुरामि

लघुकथा: जाेईटिङ्‌ग्रे छाेराे

             ✍️ मुरारीराज मिश्र, `आमा, चिनी सकिएछ पसलमा गएर एक किलो किनेर ल्याउनुस् त´ रमेशले भन्याे । `मेराे घुँडा दुख्छ भन्ने तँलाई थाहै छ नि, बुहारीलाई पठा न !´ आमाको प्रत्युत्तर आयाे । `बुहारी भर्खरै अफिसबाट थाकेर आएकी छ त, जानुस् न । त्यति गर्न पनि सक्नु हुन्न तपाईं !´ रमेशले फेरि कर गर्‍यो । `कस्तो जाेईटिङ्‌ग्रे बनेछ माेराे ! एकदिन हैन दुई दिन हैन, आफ्नी स्वास्नीलाई काम लगाउन नसकेर म बुढी भएकी आमालाई पाे दिनहुँजसो कजाउन थाल्याे त यसले अब ! के गर्नु जानै पर्‍यो ।´ रमेशकी आमा बिस्तारै भुत्भुताउँदै पसल जान निस्कनु भयाे । आमा भुत्भुताउँदै गएकाे देखेर रमेशका बुढाबुढी एकअर्कालाई हेर्दै मुसुक्क हाँसे । केही समयपछि आमा चिनी लिएर आउनुभयाे । बुहारीले आमालाई `बस्नुस्, म चिया पकाएर ल्याईदिन्छु´ भन्दै भान्सातर्फ लागिन् ।  `तिमीहरू नै खाओ चियासिया, आफूलाई हिँड्न कति गार्‍हो छ । हिँड्याे कि घुँडा दुख्छ । यति पनि बुझ्दैनन् काेही के गर्नु !´ भन्दै आमा आफ्नो काेठातिर लाग्नुभयाे । छाेराकाे काेठा नजिकै पुग्दा भित्रबाट आएको आवाज सुनेर आमा टक्क राेकिनुभयाे । छाेर...

लघुकथा: परिवन्द

          ✍️ मुरारीराज मिश्र, `याे लेखाइ म चिन्छु । याे त रमेशकाे अक्षर हाे´ कमल सरले भने । याे सुनेर प्रधानाध्यापक लगायत सबैकाे अनुहारमा प्रश्न वाचक भाव देखियोे ।  `पक्कै हाे र सर, कसरी चिन्नु भाे ?´ प्रधानाध्यापकले साेधे । `उ मेराे छिमेकी भाइ हाे । उसले लेखेका धेरै साहित्यिक रचनाहरु मैले पढेकाे छु । त्यसैले मलाई पक्का छ, याे लेख्ने रमेश नै हाे सर ।´ कमल सरले ठाेकुवा गरे । कमल सरकाे यस्तो कुरा सुनेपछि, आफूलाई कसैले प्रेमपत्र दिएकाे भन्ने कक्षा १० की छात्राकाे उजुरीका बारेमा शिक्षकहरुसंग छलफल गर्दै गरेका स्थानीय विद्यालयका प्रधानाध्यापकले सहायक प्रधानाध्यापक रामेश्वर र कमल सरलाई आफूसँग आउन अह्राएर रमेशकाे घरतिर लागे ।  घरमा पुगेर कमलले रमेशकाे दाजुलाई आफूहरू आउनुको कारण बताए । रमेशलाई डाकियाे । प्रधानाध्यापकले रमेशलाई गाली गरे ।  `तपाईंले भन्नुभएको केटीलाई म चिन्दिन सर, र मैले उसलाई पत्र लेखेको पनि छैन´ रमेशले प्रतिवाद गर्‍यो ।  प्रधानाध्यापकले पत्र देखाए । आफूले लेखेको प्रेमपत्र देखेपछि रमेश एकछिन जिल्ल पर्‍यो । केही सम्झियाे अनि हाँस्दै भन्...

लघुकथा "प्रश्न"

 ✍️ मुरारीराज मिश्र, "तिमीले गाउँमा एउटा क्रियापुत्री भवन बनाउनका लागि सहयोग जुटाउन सकिन्छ कि भनेर भनेका थियाै नि, मैले त्यसबारेमा मेराे कम्पनीको बाेससंग कुरा गरेकाे थिएँ । उनीबाट त्याे भवन बनाउन सहयोग गर्ने वचन पाएकाे छु । सानैमा केही महिना नेपालमा बसिसकेकाले पनि नेपालीका लागि केही गर्ने बाेसकाे साेच रहेछ । हामी त्यही कामका लागि अर्को हप्ता नेपाल आउँदै छाैं है !" विदेशबाट साथी रमेशले पठाएको उक्त व्यहाेराकाे इमेल प्राप्त गरेपछि दिनेश उत्साहित भयाे । उसले तत्कालै गाउँको टाेल विकास समितिलाई जानकारी गरायाे । टाेलमा छलफल भएर क्रियापुत्री भवन बनाउन सहयोग गर्न चाहने विदेशीलाई स्वागत र निर्माणकार्यमा सहजीकरण गर्न भनेर दिनेशकै अध्यक्षतामा एक्काईस सदस्यीय सर्वपक्षीय समिति बन्याे । निश्चित दिनमा रमेश र उसको कम्पनीको बाेसकाे आगमन भयाे । समितिले विदेशी दातालाई भवव्य स्वागत गर्‍यो । समितिका अध्यक्षकाे नाताले दिनेशले दातालाई समितिका सदस्यकाे एकएक गर्दै परिचय दिंदै भने - उहाँ एमालेकाे प्रतिनिधि, उहाँ काँग्रेसकाे, उहाँ माओवादीकाे, उहाँ राप्रपाकाे, उहाँ रास्वपाकाे, उहाँ जनमाेर्चाकाे, उहाँ ......