Posts

लघुकथा: प्रतिवेदन

Image
✍️ मुरारीराज मिश्र, `वृद्धाश्रमहरुमा आश्रित प्रायः सबै वृद्धहरु सन्तानकाे अवहेलनाकाे कारण त्यहाँ पुगेका देखिन्छन् ।´  वृद्धवृद्धाहरुकाे जीवनलाई कसरी सहज र आरामदायी बनाउन सकिन्छ भन्ने बारेमा प्रतिवेदन पेश गर्न सरकारले गठन गरेकाे कार्यदलका संयाेजक श्रवणकुमारले, मन्त्रीलाई प्रतिवेदन हस्तान्तरण गर्दै भने । `तपाईंहरुले बढाे मेहेनत गरेर प्रतिवेदन तैयार गर्नुभएको छ, यसलाई म राम्ररी अध्ययन गरि लागू गर्ने प्रयास गर्नेछु ।´ समाज कल्याण मन्त्री दयारामले प्रतिवेदन बुझ्दै घाेषणा गरे । कार्यकक्षमा आएर मन्त्रीले प्रतिवेदन पल्टाए । सुरुमा लेखिएको थियोे `प्रत्येक सन्तानले आफूलाई आफ्ना मातापिताले कस्ता कष्ट व्यहोरेर हुर्काएछन् भन्ने महसुस आफू मातापिता भएपछि गर्नुपर्ने हो । तर, समाजमा देखिएका कतिपय दृष्टान्तले त्यस्तो महसुस गरेको देखिन्न । सन्तान स्वार्थी भएजस्तै मातापिता पनि स्वार्थी भइदिए भने समाज कस्तो होला ?´ उनी पढदै गए `आज हामीले गरेका कर्म र व्यवहारको सिको नै हाम्रा सन्तानले गर्ने हुन् । पछि पछुताउन नपरोस् । जिउँदोमा लात, मरेपछि घिउ-भात भनेझैँ मृत्युपछिको आडम्बरले केही अर्थ राख्दैन ।´ अगाडि ले...

लघुकथा: परामर्श

        ✍️ मुरारीराज मिश्र, काला काेटे भनेपछि टाढैबाट तर्कने मान्छेले, आज काला काेटेकै घरमा आएर अपूर्व दर्शन दिनु भाे त ! वरिष्ठ अधिवक्ता दीपकले हाँस्दै छिमेकी विमलसंग भने । त्यस्तो त केही हैन, तपाईंसंग एउटा कानूनी परामर्श लिनुथ्याे त्यसैले आएको । भैहाल्छ नि, आउनुस् भित्रै बसेर कुरा गराैं । ल भन्नुस् त, म बाट के परामर्श चाहनुहुन्छ ? कसैले पालेको चाैपायालाई कसैकाे चाैपायाले मारिदियाे वा घाइते बनायो भने, यस्तो अवस्थामा कानूनी प्रावधान केकस्ता छन् ? बताईदिनुस् त ! स्पष्टै छ, मार्ने वा घाइते पार्ने चाैपायाधनीले पीडित चाैपायाधनीलाई साे काे क्षतिपूर्ति तिर्नुपर्छ । मेराे घरपालुवा खरायोलाई, आज तपाईंको कुकुरले मारेछ । भनेपछि, तपाईंले मलाई खरायोकाे क्षतिपूर्ति वापतकाे तीनहजार दिनुपर्ने भाे त अब ! ए कुराे यस्तो पाे रहेछ ! ठीकै छ, तिर्नु त परिहाल्याे । अँ साँच्ची मेराे परामर्श शुल्क दशहजार हाे, तीनहजार कटाएर बाँकी साताहजार याे खातामा हालिदिनु हाेला है विमलजी ! दीपकले हाँस्दै आफ्नो कार्ड अघि बढाए । (कुमारीगाल, उमामहेश्वर मार्ग, का.म.पा.- ७)

कालिञ्चाेक यात्राका संस्मरण:

Image
✍️ मुरारीराज मिश्र, `यसपटक हामी गाेरखाकाे लिगलिगकाेट घुम्न जाने कि भन्ने सल्लाह गर्दैछाैं, जानुपर्छ नि !´ साथी दीपेन्द्र रेग्मीले काेठामा पस्दै भन्नुभयो ।  `धर्म पनि कमाईने, नयाँ ठाउँ पनि देखिने, यसपटक कालिञ्चाेकतिर जाउँ न ! लिगलिगकाेट अर्काेचाेटी जाउँला नि बरु !´ मैले आफ्नो प्रस्ताव राखें । `मलाई त केही थिएन, तर साथीहरु लिगलिगकाेटनै जाने भन्दैछन् । एकरातकाे बसाइ हाे रमाइलै हुन्छ नि, ल मिलाउनुस् है !´ दीपेन्द्रले जाेड गर्नुभयो । गाेरखातिर पुगिसकेको भएर पनि हाेला शायद, मलाई लिगलिगकाेट भन्दापनि कालिञ्चाेक पुग्ने चाहना थियोे । कहिले के, कहिले के नमिलेर कालिञ्चाेक पुग्न नपाएको म भित्र अकस्मात् याे पटक भने त्यहाँ पुगेरै छाड्ने दृढता जागेर आयाे । झट्ट साथी धनप्रसाद घिमिरे र बिष्णु बस्नेतलाई सम्झें । कालेश्वर गएर फर्कंदा हामीहरूले कालिञ्चाेक पनि संगै जाने सल्लाह गरेका थियौं । धनजीलाई फाेन गरें । उहाँ त एकमहिना अघिमात्रै त्यहाँ पुगेर आईसक्नु भएछ ।  फेरि बिष्णुलाई फाेन गरें । `ल, हामी बुढाबुढी दुबैजना जाने पक्का भाे । व्यवस्था मिलाऊ ।´ उताबाट बिष्णुकाे पक्कापक्की जवाफ प्राप्त भयाे । उस...

लघुकथा : #मापदण्ड

              ✍️ मुरारीराज मिश्र, हैन काका, के काे छलफल हाे ? सबैलाई चिन्तित देख्छु त ! सबैजना बसिरहेको ठाउँमा पस्दै दिनेशले साेध्याे । दशा आइलाग्याे क्या दिनेश बाबु ! छँदाखाँदाकाे घर भत्काउनु पर्ने भाे, बाह्रफिटे बाटो बढेर चाैबीसफिटकाे हुने भाे रे यहाँको ! घनश्याम काकाले भने । ए, ठूलै समस्या पाे परेकाे रैछ त ! उसाेभए बाटोकाे सेण्टरबाट दुबैतर्फ छ-छ फिट बढ्दा त तपाईहरु अठार-बीसजनाकै घर/काेठा जाने देखिन्छ ! अब के गर्ने सल्लाह भयो त काका ? खै बाबु, के गर्ने गर्ने ? हामी त अन्याैलमा पाे छाैं । बाबु यहाँको चल्तापूर्जा मान्छे, अब तपाईंले नै राम्रो सल्लाह दिनुपर्‍यो ! त्यो त ठीकै छ काका, म प्रयास गरिहाल्छु नि ! भन्दै उसले काकालाई अलि छेउमा लगेर केही साउती गर्‍यो । काकाकाे मुहारमा चमक आयाे । त्यसपछि उनी छिमेकीहरु तर्फ गए र केहिबेर फुस्फुसाउँदै सल्लाह गरे । सबै गाउँले हर्षित देखिए । सहमतिस्वरुप टाउको हल्लाए । याे सल्लाह गाेप्य रहाेस् नि काका भन्दै दिनेश फर्कियाे ।  हप्ता दिनपछि बाटाे बिस्तारकाे काम सुरु भयाे । डाेजर ल्याईयाे । सडकको सीमामा जाेडिएकाे सार्वज...

लघुकथा : भूमाफिया

Image
       ✍️ मुरारीराज मिश्र "ए तपाईंले पनि बाटो मिच्नु भा'को पो रैछ त ?" पल्लो टोलमा बस्ने टेकनाथको हाँसो मिश्रित प्रश्नले पर्खाल लगाउँदै गरेकाे रमेश एक्कासी रन्थनियो । हैन, मान्छे पनि कस्ताकस्ता छन् हँ यहाँका ? अरुको नोक्सानीमा रमायाे बस्याे ! "बाटो बिस्तारको क्रममा पटकपटक जग्गा बाटोमा छाेड्नु परेको टेन्सन छ आफूलाई । अरूलाई भने रमाइलो छ ! बुझ्नु न सुझ्नु बाटो मिचेको आरोप लगायो, पुग्यो । यो मेरो हकभोगको पुर्ख्याैली निजी जग्गा हो बुझ्नुभो !" "तपाईं त त्यसै रिसाउनु भो, मेरो आशय त्यस्तो हैन क्या !" टेकनाथले भने । "बाबूको आशय जेसुकै भएपनि बोल्दा चाहिँ ढंग नपुगेकै हो । हामी सानो हुँदा यहाँ दुईहाते गोरेटो बाटो थियो, अहिले बीसफिटे भयो । बाटो बढेको दुबैतर्फका जग्गावालाकै जग्गाले त होला नि ! बाबुजस्ता कसैले जग्गा ल्याएर हालेर यहाँ बाटो बढेको त पक्कै हैन होला ! बाटो पटकपटक बढेको बढ्यै छ तर रमेशजस्ता मान्छेका जग्गा भने विना मुआव्जा घटेको घट्यै छ !” दुबैको सवाल जवाफ सुनिरहेका एक बृद्धले सुस्केरा हाल्दै भने ।  उनले थपे-  “हेर्नुस्, एकातिर राज्यले बाटोमा परेको ज...

लघुकथा: घडेरी

         ✍️ मुरारीराज मिश्र "मुद्दा मामिला नपरेको, शान्त बाताबरणमा एउटा राम्रो घडेरी चाहिएको थियोे, बाबुकाे नजरमा कतै हाेला त त्यस्तो जग्गा ?" बृद्ध रमानाथले पुरानो साथीकाे छाेरा जग्गा काराेवारी खगेन्द्रलाई साेधे । "हैन अंकल, यत्रो चारतले घर छँदाछँदै किन चाहियो तपाईंलाई अर्को घडेरी ?" खगेन्द्रले प्रश्न तेर्सायाे । "एउटा सानो भूईंतले घर बनाएर बस्नुपर्‍यो क्या याे घर बेचेर ! छाेराछाेरी विदेशबाट नफर्कने भन्छन् । हामी बुढाबुढीलाई किन चाहियो यति ठूलो घर अब" रमानाथले जवाफ फर्काए । "किन नहुनु, छ नि अंकल ! एकदुई दिन म अलिक ब्यस्त छु । त्यसपछि माैका मिलाएर तपाईंलाई जग्गा देखाउँला । कुरा मिले चाँडै पास गर्नुपर्छ" भन्दै खगेन्द्र हिंड्याे । दुईदिन पछि, सिमसिम पानी परेकाे बेला खगेन्द्र गाडी लिएर आयाे । जग्गामा पुग्दा पानी परिरहेकै थियोे । खगेन्द्रले गाडीको ढाेका खाेलेर ठूलो छाता ओढाउँदै रमानाथलाई जग्गामा पुर्‍‍यायाे । पानी परेको कारण वरिपरि घुम्न नसकिएपनि हेर्दा राम्रो बाताबरण र चारपाटे मिलेको जग्गा देखेर घडेरीका लागि पाँचआना जग्गा किन्ने निधाेमा पुगे रा...

प्रार्थना : शिव हुन् जगका स्वामी

सेरोफेरो याे सब मेरो,  किन भन्छाैं खै हामी ? जब कि,  शिव हुन् जगका स्वामी ।। भगवान्, शिव हुन् जगका स्वामी ।। खाली हात पठाए प्रभुले, हाम्रो क्षमता जाँच्न । धन कमायाैं, दान गरेनौं  लाग्यौं केवल साँच्न । जानु छ फेरि, खाली हातै के लान्छाै र हामी ? भगवान्,  शिव हुन् जगका स्वामी ।। भगवान्..... शिव प्रभुकै चरणकमलमा,  भेटिन्छन् चारै धाम । तार्छन् उनैले याे भवसागर, लिऊँ उनैकाे नाम । हर्ने भर्ने सबै शिवै हुन् केवल रमिते हामी, भगवान्,  शिव हुन् जगका स्वामी ।। भगवान्.....                   ✍️ मुरामि