Posts

नियात्रा : फर्किंदा पनि नसकिएको यात्रा

Image
        ✍️ मुरारीराज मिश्र   यात्रामा जाने तानाबाना बुनिदै थियोे । अनायास मनले प्रश्न गर्‍याे “तँ यात्रा किन गर्छस् ? प्रकृतिलाई नजिकैबाट नियाल्न ? ईश्वर भेट्न ? कि आफूलाई आफूले नियाल्न ?”  यात्रालाई कहिल्यै यसरी गहिरिएर नसाेचेकाे म, आफ्नै मनले साेधेकाे प्रश्न सुनेर झस्किएँ ! साेच्न लागें “साँच्चै, म किन घर छाेडेर समयसमयमा यात्रामा निस्कन्छु ? मेराे यात्राको उद्देश्य के हाे ? यात्राले मलाई बोलाउँछ कि म नै यात्रामा गइरहेको हुन्छु ? यात्राबाट मैले के पाउँछु ? के गुमाउँछु ? मनमा यस्तै-यस्तै प्रश्नहरूको लाइन लाग्छ । यसअघिका यात्रा अगाडि, मनमा यस्ता भावनाहरूकाे कम्पन आएका थिएनन् तर आज भने स्पष्टै महसुस गरिरहेको थिएँ । यात्राको प्रत्येक पाइला, मनको एउटा तह खोलिँदै जाने प्रक्रिया जस्तै लाग्छ मलाई ! “जीवन पनि यस्तै हैन र ? कहिले अघि बढ्छ कहिले  रोकिन्छ, फेरि बढ्छ । कहिले उफ्रिन्छ कहिले शान्त हुन्छ ।” मनले फेरि प्रश्न गर्छ । यात्रा संधै नयाँ ठाउँकाे मात्रै हुँदैन । कहिले रहरले त कहिले करले पनि यात्रामा जानुपर्ने हुन्छ । पहिले पुगेका स्थानमा पनि पटकपटक गइन्छ । न...

संस्मरण: वागमतीकाे निर्मलता र गुहेश्वरी वरिपरिकाे परिवेश

Image
"वागमतीकाे निर्मलता र गुहेश्वरी वरिपरिकाे परिवेश "                                  ✍️ मुरारीराज मिश्र बाल्यकालका केही दृश्यहरू यस्ता हुन्छन्, जसलाई स्मृतिले समयसँगै झिनो पार्दैन, बरु अझ प्रखर तुल्याउँछ । गुहेश्वरी मन्दिर र वरिपरिको परिवेशसँग जोडिएका मेरा केही स्मृतिहरू पनि यस्तै छन् । हरेक पटक सम्झिँदा तिनले हरियाली दृश्य, माटोको सुगन्ध, निर्मल पानीको चिसोपन र विश्वासको पवित्रता समेटेर ल्याइदिन्छन् । पचास-बाउन्न वर्ष अघिको समय । गुहेश्वरी मन्दिरको उत्तरी र पूर्वी किनार, आज जहाँ घर, बाटो र पसलले भरिएको छ, त्यो बेला हरियालीले ढाकिएको थियो । वागमती पारि फैलिएका खेतहरू मानौँ आकाशबाट झरेका हरिया ओछ्यानजस्तै देखिन्थे । धान, गहुँ, आलु र अन्य तरकारीका बालीहरू ऋतु अनुसार खेतमा लहराइरहेका हुन्थे । फाट्टफुट्ट रहेका माटोले बनेका झुपडी र परालका छाना प्रकृतिको विशाल काखमा बास बसेका शिशुजस्तै लाग्थे । त्यो समय वागमती शुद्ध र पारदर्शी थियो । हामी त्यही पानी पिउन्थ्यौं, नुहाउँथ्यौं, कपडा धुन्थ्यौं । असला, सिङ्गे, हिले ...

लघुकथा: मृत्युु

Image
            ✍️ मुरारीराज मिश्र “हा हा हा हा…” मार हान्नै लागेकाे बेला अचानक अनाैठाे प्रकारको हाँसोकाे आवाज सुनिएपछि खुकुरी समातेका उसका दुबै हात राेकिए । एकजनाले पछाडिबाट दुईटै खुट्टा समातेको, दाेस्राेले घाँटीमा डाेरीले बाँधेर तानिरहेकाे र तेस्रोले गर्धनमा खुकुरीकाे मार हानेर काटिनै लागेको अवस्थाकाे खसी खित्का छोडेर हाँस्दैथ्याे । त्याे देखेर खुकुरी उज्याएको मानिसले आश्चर्य मान्दै सोध्यो "ए खसी ! मृत्युको मुखमा पर्न लागेको बेलामा पनि तँ किन यसरी हाँसेको हँ ?" “तिमीहरूको भविष्य सम्झेर हाँसेकाे हुँ” खसीले जवाफ दियो । “हाम्रो भविष्य सम्झेर रे !” उसले नबुझेको भावले खसीलाई हेर्‍यो । खसीले भन्यो "हेर मनुज  ! मैले जीवनमा कसैलाई सताएको, रुवाएको, चित्त दुःखाएको, लुटेको र ठगेको छैन । केवल घाँस-पात खाएर जीवन बिताएको छु र पनि मलाई यस्तो दर्दनाक मृत्यु मिल्दैछ ! अब तिमी नै साेच त, दिन-रात मजस्ता निरपराध प्राणीलाई मार्ने तिमीजस्ता हृदयहीन निर्दयी मनुष्यको मृत्यु कस्तो होला ? त्यै साेचेर हाँस्दैछु !" (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं-७) दायित्वमा प्रकाशि...

अक्षयतृतीया र वायुदेवताकाे कुलपूजा

Image
                  ✍️ मुरारीराज मिश्र कुलपूजा एउटा धार्मिक संस्कार हो । मानवले व्यवस्थित बसोबास सुरु गरेपछि  आफ्ना पुर्खाहरूले मान्दै आएका देवीदेवतालाई नै कुलदेवता मानेर पूजाआजा गर्दै आएको मान्न सकिन्छ ।  पहिले व्यक्तिसंग प्रशस्त जग्गा जमिन हुन्थ्यो । त्यही अनुपातमा अन्नपातकाे उब्जनी हुने भएकालेे जीवनयापन सहज थियोे । बिस्तारै बिस्तारै उ बसिरहेको ठाउँमा जल-जङ्गल, जमिन र कृषि उत्पादनकाे कमी हुँदै गयाे । मानिसहरूले नयाँ अवसरको खोजीमा बसाइँसराइ गर्न थाले । मूल थलाेबाट टाढा भएको कारण कतिपय अवस्थामा संधै आफ्नो मूल थलाेमा हुने कुलपूजामा सरिक हुन व्यक्तिलाई अनुकूलता मिलेन । त्यसैले मानिसले जहाँ घर बनाएर बस्याे, जहाँ श्राद्ध लगायत विविध धार्मिक कर्म गर्दै आयाे त्यसै ठाउँमा सम्भव भएसम्मका आफ्ना वंशज (कुलभित्रका जूठाे-सुत्केराे लाग्ने) दाजुभाइ जुटेर कुलपूजा गर्ने चलन चलाउँदै गयाे । यसरी एउटै वंशमा पनि विविध स्थान र देवतालाई मानेर कुलपूजा गर्ने चलन चल्दै आएको हाे । कुल भनेको वंश हो र पूजा भनेको श्रद्धा हो । यस अर्थमा, सकेसम्म एकै ठाउँमा जम्मा भए...

लघुकथा : आस्था

Image
             ✍️ मुरारीराज मिश्र “ओहाे ! घाेर अनर्थ भयाे !” “मान्छेभित्र धर्म मरेपछि कस्काे के लाग्छ ?” “भगवानकाे यस्तो अनादर ! यस्ता अधर्मीले त नर्कमा पनि ठाउँ पाउन्नन् ।” मन्दिर छिर्दै गर्दा, फर्किरहेका हरूबाट यस्तै-यस्तै कुरा सुनेकाे उसले, नजिकैकाे मानिससंग जिज्ञासा राख्यो “हैन, भित्र के भएको रहेछ ?” “भीडका कारण देख्न त पाइएन, तर भगवान्‌काे मूर्तिमा एकजनाले खुट्टाले फूल चढायाे भनेर पुजारी लगायतले उसलाई पिट्दै छन् रे !” “अहाे ! याे त साह्रै नराम्रो पाे भएछ !” यति भन्दै उ भीड छिचोल्दै मूर्तिकाे छेउमा पुग्यो । वरपर हातमा लठ्ठी लिएका पुजारीगण देखिन्थे । त्यहीँ अगाडि एउटा युवक रक्ताम्य अवस्थामा लडिरहेको थियोे । उसले अझै नजिकै पुगेर राम्ररी नियालेर हेर्‍यो, उसको दुबै आँखा विस्फारित भए ! लडिरहेको रक्ताम्य साे युवक उसको परिचित र जन्मजात नै दुवै हात विहीन ब्यक्ति थिए ! (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७) https://youtu.be/XD2MLU2povw?si=lSYpn9WRyybXxBI7

लघुकथा : समवेदना

Image
              ✍️ मुरारीराज मिश्र, (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं-७) फेसबुक चलाउँदै गर्दा उनका आँखा समवेदना लेखिएको एउटा तस्बिरमा ठाेक्किए ! मृतककी देवरानीले लेखेको तस्बिर सहितकाे उक्त समवेदना पढदै जाँदा उनका मानसपटलमा अतितका केही दृश्यहरू झल्झली आए । तिनै देवरानीले दुई-तीन महिना अघि बाटोमा भेट्दा उनीसंग भनेकी थिइन् “हेर्नुस् त नानी ! याे घाेरमुखी, कर्कसा, दुच्छर र दुर्मुखाले जथाभावी चुक्ली लगाएर मलाई घरमा टिक्नै नदिने भई । याे मरेपछि घाेर नर्कमा पराेस् । कालले पनि किन लाँदैन हाेला खै यसलाई !” यति मात्र हाेइन, उनीसंग जहाँ भेट्दा पनि हरेक पटक जेठानीकाे बदख्वाईं र बेइज्जत गर्ने गर्थिन् । उनको भनाइलाई आधार मानेर भन्नुपर्दा, याे संसारमा उनको सबैभन्दा ठूलो शत्रु काेही छ भने त्याे उनकाे जेठानी नै थिइन् । समवेदना पढेर सिध्याउँदै गर्दा उनी फिस्स हाँसिन् ।लेखिएको थियोे “… मेरो अत्यन्तै प्रीय, मृदुभाषी, सज्जन, सहयोगी र आमा समान मायालु दिदीकाे निधनले मलाई टुहुराेपनाकाे आभाष भएकाे छ…उहाँको बैकुण्ठबास हाेस्…हार्दिक श्रद्धाञ्जली।”       ...

जुठो सुतक

Image