Posts

लघुकथा: अन्तिम गन्तव्य

Image
              ✍️ मुरारीराज मिश्र "यस्तो कर्मले तिमी पक्कै नर्क जान्छाै बुढा" मन्त्रीपत्नीले च्याँठ्ठिदै भनिन् । "अं, तैंले भन्दैमा नर्क परुँला नि ! त्यस्ताे के गरेको छ र मैले" पतिले हाँस्दै प्रतिप्रश्न गरे ।" "मैले मात्रै भन्या हाे र ! पत्रिका र टीभी पनि हेर्न छाड्याै कि क्या हँ बुढा ? के-के गर्‍या छाै त त्यतै छरपस्ट छन् नि ! सारा जनता छिछि र दुरदुर गर्दैछन्, लाजै मर्दाे !" "हेर बुढी, झिंगाको सरापले डिंगा मर्दैन ! म त सिधै चित्रगुप्तसंग भेटेर आफ्नो स्पष्टीकरण दिने हाे मरेपछि ।" "चित्रगुप्तलाई भेट्न त स्वर्ग पुग्नु पर्‍‍याे नि, आफ्नो कर्म हेर्दा स्वर्ग जाउँला जस्तो लाग्छ अझै तिमीलाई !" बुढी फतफताउँदै भान्सा तिर पसिन् । (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७) sabdankur २०८२ मङ्सिर ma प्रकाशित

लघुकथा समय / संस्कार

Image
मेरा हजुरबुवा, आफू हिंडदै गरेको बाटो कुखुराले काट्यो भने पनि त्यो बाटो नहिंडी अर्कै बार्टीबाट घर आएर नुहाउने गर्नुहुन्थ्यो । बुबा, कुखुराले बाटो काट्दासम्म त केही भन्नु हुन्न थियो । तर कुखुराले छोयो भने चाहिं जनै फेरेर सुनपानी छर्कनु हुन्थ्यो । म पुरानो संस्कारमा हुर्किएको मान्छे । तर कुखुरालाई छुनुसम्म मलाई कुनै आपत्ति छैन । तापनि कुखुराको मासु भने म खान्न । मेरो छोरोलाई आधुनिकताको हावा लागेको छ । ऊ भन्छ - "बाउनहरूले कुखुरा काट्न पो हुँदैन, अरुले काटेको कुखुरा खान के फरक पर्छ र ?" समयसँगै संस्कार बदलिएको छ । औहले नातिहरू घरमै ल्याएर कुखुरा काट्ने गर्दछन् ।  मधुपर्क/२०५२ साउन/पेज नं.४६

लघुकथा: निरीक्षण भ्रमण

Image
✍️ मुरारीराज मिश्र  "म रमेश बाेलेकाे हजुर । यता भर्खरै ठूलाे भुकम्प आयाे । सयाैं घर भत्किएर निकै हताहती भएकाे छ ।" गाउँबाट मध्यरातमा जिल्ला स्तरीय कार्यकर्ताले नेतालाई माेवाइलमा दुखद खबर सुनाए । याे खबर सुनेपछि, राज्यको ठूलै पदमा रहेका ती नेताजी केही बेर साेचमग्न बने । मस्त निन्द्रामा रहेकी आफ्नी श्रीमतीलाई एकपटक हेरे । लगत्तै, मन्त्रालयका सचिवलाई फाेन गरेर "प्राकृतिक विपत्तिका कारण म तत्कालै निरीक्षण भ्रमणमा गाउँ जानु पर्ने भयाे । एकघण्टाभित्र हेलिकप्टरकाे ब्यवस्था गरेर खबर गर्नुस् है" भनेर अह्राए । यसपछि, सुतेकी श्रीमतीलाई घच्घच्याउँदै उनले भने "धेरै दिन देखि हेलिकप्टर चढाएर गाउँ घुमाउन लग्नुस् न" भन्दैथ्याै नि तिमी ! ल तुरुन्तै तैयार हाेऊ, मैले तिम्रो ईच्छा पुर्‍याउन हेलिकप्टर मगाएकाे छु ।" (उममहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं ७) sabdankur मा प्रकाशित 

मुक्तक ५

Image
#मुक्तक नबोली  बस्नु  सधैं  उपयुक्त  हुँदैन, मौनताले  सत्य  अभिव्यक्त हुँदैन । जसले  जतिसुकै  देखाऊन्  फुर्ति, मालिक फेरिँदैमा दास मुक्त हुँदैन । हरेक  पहेँलो  बस्तु  सुन   र  सेतो  चाँदी  हुँदैन हरेक  मीठो  बोलीमा    सधैँ  इमानदारी   हुँदैन परिस्थितिले पनि लाचार बन्छ कैलेकाहीँ मान्छे, सबै  रुने  पीडित, माफी माग्ने अपराधी हुँदैन ।                                 हिजोआज याे मन, बनेको छ जाति ज-जसले भनून् जे, दुख्दैन छाती  बिताएछु जीवन, डराइ डराइ सिकेँ बल्ल जिउन, आगाे समाति । हरेक मुटुमा मानवताको बलियो आधार चाहिन्छ  दुःखका बेला आँसु पुछ्‌ने आत्मीय संस्कार चाहिन्छ खरानी र धुवाँको मात्रै कथा लेख्छ आगो ओकल्नेले मन जित्न त मीठो बोली र मधुर व्यवहार चाहिन्छ । मुटु चिर्न चाहिन्न तरबार, काफी हुन्छ वचनकै प्रहार मुखौटा लगाएर हिँड्छन् मान्छे, कहाँ चिनिन्छ हेरेर अनुहार ? नयनरूपी  ...

प्रेरक प्रसंग :

एक दिन सत्संग सकिएपछि पनि एक जना मानिस बसिरहे ।  महात्माले यसबारेमा सोध्दा उनले भने "म तपाईंबाट एउटा समस्याको समाधान चाहन्छु । म एक गृहस्थी हुँ, मेरो घरमा श्रीमतीसंग प्रायः झगडा परिरहन्छ। मलाई बताईदिनुस् कि, किन मेरो घरमा यस्तो समस्या छ ? महात्मा केही बेर चुपचाप बसे, त्यसपछि उनले आफ्नी श्रीमतीलाई "मैनबत्ती बालेर ल्याउन" भने । उनकी श्रीमतीले तत्कालै बलेको मैनबत्ती ल्याएर दिईन् । याे देखेर त्याे मानिस साेच्न लाग्यो "दिउँसोकाे टन्टलापुर घाममा पनि महात्माले किन मैनबत्ती मागेका होलान् !!!" यत्तिकैमा महात्माले फेरि श्रीमतीलाई भने "मलाई केही मीठो खानेकुरा ल्याईदेऊ ।" यसपटक उनकी श्रीमतीले मिठाईको सट्टा नुनिलो खानेकुरा दिएर गइन् । त्यो मानिसले सोच्याे कि "यो पागल मानिसहरूकाे घर पाे रहेछ ! मध्यान्हमा बलेको मैनबत्ती, मिठाईको सट्टा नुनिलाे कुरा ! अब यहाँबाट मेराे समस्याको निराकरण हुनेछैन" । अनि भन्यो, "महात्माजी, म जाँदैछु ।" महात्माले सोधे "के तिमीले आफ्नो समस्याको समाधान फेला पार्‍याै वा अझै केही शंका बाँकी छ ?"  ती व्यक्तिले भने ...

पाैराणिक लघुकथा: नियति ✔️

कैलाशमा कुनै पर्व थियोे । शिव-पार्वतीसंग भेटघाटका लागि प्रमुख देवताहरुकाे कैलाशमा आउने क्रम जारी थियोे । बिष्णुजी भित्र गएकाले उहाँका वाहन गरुडजी कैलाश बाहिर बसेर सुस्ताउँदै हुनुहुन्थ्यो । यत्तिकैमा कालका देवता यमराजजी पनि आउनु भयाे । भित्र पस्नु अघि उहाँले द्वारकाे छेउमा बसेकाे एउटा सुन्दर सानाे चरालाई अनाैठाे पाराले निकै बेर हेरेर केही साेच्दै अघि बढ्नुभयाे । याे दृश्य नियालिरहेका गरुडजीलाई लाग्यो "याे सानाे चरामाथि काल देवताकाे बक्र दृष्टि पर्‍यो, अब यसलाई कसरी बचाउने ?" उहाँको मनमा चराप्रति दयाभाव उर्लेर आयो । चराको जीवन जसरी पनि बचाउनु पर्छ भन्ने साेचेर यमराजजी फर्कनु अगाडि नै गरुडजीले त्यसलाई ढाडमा राखेर वायुवेगले हजारौं काेश टाढाकाे कुनै टापुमा पुर्‍याएर आउनुभयो ।  केही बेरपछि यमराजजी निस्कनु भयाे । चरालाई पहिलेकाे ठाउँमा नदेखेर उहाँ आश्चर्यचकित भई यताउता हेर्न थाल्नुभयाे । यसैबेला गरुडजीले यमराजजीकाे नजिक आएर साेध्नुभयाे "प्रभु, के हेर्दै हुन्छ यसरी ?" यमराजजीले भन्नुभयो "हे गरुड, म आउँदा यहाँ एउटा सानाे चरा थियोे ! त्याे चरा आधा घण्टापछि यहाँबाट हजारौं...

अमरावती कान्तिपुरी नगरी

Image
यहाँ चोर पुजिन्छन् सज्जन झैँ   घुसखोर पुरस्कृत हुन्छन् संधै तर साधु गनिन्नन् कौडीसरि  अमरावती कान्तिपुरी नगरी ! महंगी, गरिबी अनि दुःख, पीडा  छ कतै लुटपाट, कतै झगडा ।  छ विकार अति र अनेक थरी अमरावती कान्तिपुरी नगरी ॥ कहीं हुन्छ जुलुस अनि उग्र कुरा  कहीं बन्द, कतै हड्ताल पूरा ।  सर्वत्र छ, क्रान्ति अनेक थरी  अमरावती कान्तिपुरी नगरी ॥ कहीं भोग, विलास र सुख सबै  कहीं भोक, दरीद्र, छ दुःख सधैं  छ पीडा र अभाव सहस्र थरी  अमरावती कान्तिपुरी नगरी ! न इमान, छ नैतिक मूल्य कुनै  जति लक्ष्य छ त्यो, पद पाउन नै  जसरी तसरी गुथने पगरी  अमरावती कान्तिपुरी नगरी । छ धूलो र धूवाँ, दुर्गन्ध अति  छ विकार, प्रदूषणकै फजिती ।  छ चकित, थकित, दुःखी विचरी  अमरावती कान्तिपुरी नगरी । यहाँ राजनीति, बिजनेस बन्यो, न लगानी कुनै, बसी नाेट गन्याे । भयाे राष्ट्र निजी, धनसार सरि, अमरावती कान्तिपुरी नगरी ।।१।। छ संधै मुखमा, बकवास कुरा, न छ अध्ययनै, बन्याे बिज्ञ पुरा । जनता गफ सुन्छन, जिल्ल परी, अमरावती कान्तिपुरी नगरी ।।२।। न कुनै छ खुबी, न छ ...