Posts

अक्षयतृतीया र वायुदेवताकाे कुलपूजा

Image
                  ✍️ मुरारीराज मिश्र कुलपूजा एउटा धार्मिक संस्कार हो । मानवले व्यवस्थित बसोबास सुरु गरेपछि  आफ्ना पुर्खाहरूले मान्दै आएका देवीदेवतालाई नै कुलदेवता मानेर पूजाआजा गर्दै आएको मान्न सकिन्छ ।  पहिले व्यक्तिसंग प्रशस्त जग्गा जमिन हुन्थ्यो । त्यही अनुपातमा अन्नपातकाे उब्जनी हुने भएकालेे जीवनयापन सहज थियोे । बिस्तारै बिस्तारै उ बसिरहेको ठाउँमा जल-जङ्गल, जमिन र कृषि उत्पादनकाे कमी हुँदै गयाे । मानिसहरूले नयाँ अवसरको खोजीमा बसाइँसराइ गर्न थाले । मूल थलाेबाट टाढा भएको कारण कतिपय अवस्थामा संधै आफ्नो मूल थलाेमा हुने कुलपूजामा सरिक हुन व्यक्तिलाई अनुकूलता मिलेन । त्यसैले मानिसले जहाँ घर बनाएर बस्याे, जहाँ श्राद्ध लगायत विविध धार्मिक कर्म गर्दै आयाे त्यसै ठाउँमा सम्भव भएसम्मका आफ्ना वंशज (कुलभित्रका जूठाे-सुत्केराे लाग्ने) दाजुभाइ जुटेर कुलपूजा गर्ने चलन चलाउँदै गयाे । यसरी एउटै वंशमा पनि विविध स्थान र देवतालाई मानेर कुलपूजा गर्ने चलन चल्दै आएको हाे । कुल भनेको वंश हो र पूजा भनेको श्रद्धा हो । यस अर्थमा, सकेसम्म एकै ठाउँमा जम्मा भए...

लघुकथा : आस्था

Image
             ✍️ मुरारीराज मिश्र “ओहाे ! घाेर अनर्थ भयाे !” “मान्छेभित्र धर्म मरेपछि कस्काे के लाग्छ ?” “भगवानकाे यस्तो अनादर ! यस्ता अधर्मीले त नर्कमा पनि ठाउँ पाउन्नन् ।” मन्दिर छिर्दै गर्दा, फर्किरहेका हरूबाट यस्तै-यस्तै कुरा सुनेकाे उसले, नजिकैकाे मानिससंग जिज्ञासा राख्यो “हैन, भित्र के भएको रहेछ ?” “भीडका कारण देख्न त पाइएन, तर भगवान्‌काे मूर्तिमा एकजनाले खुट्टाले फूल चढायाे भनेर पुजारी लगायतले उसलाई पिट्दै छन् रे !” “अहाे ! याे त साह्रै नराम्रो पाे भएछ !” यति भन्दै उ भीड छिचोल्दै मूर्तिकाे छेउमा पुग्यो । वरपर हातमा लठ्ठी लिएका पुजारीगण देखिन्थे । त्यहीँ अगाडि एउटा युवक रक्ताम्य अवस्थामा लडिरहेको थियोे । उसले अझै नजिकै पुगेर राम्ररी नियालेर हेर्‍यो, उसको दुबै आँखा विस्फारित भए ! लडिरहेको रक्ताम्य साे युवक उसको परिचित र जन्मजात नै दुवै हात विहीन ब्यक्ति थिए ! (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७) https://youtu.be/XD2MLU2povw?si=lSYpn9WRyybXxBI7

लघुकथा : समवेदना

Image
              ✍️ मुरारीराज मिश्र, (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं-७) फेसबुक चलाउँदै गर्दा उनका आँखा समवेदना लेखिएको एउटा तस्बिरमा ठाेक्किए ! मृतककी देवरानीले लेखेको तस्बिर सहितकाे उक्त समवेदना पढदै जाँदा उनका मानसपटलमा अतितका केही दृश्यहरू झल्झली आए । तिनै देवरानीले दुई-तीन महिना अघि बाटोमा भेट्दा उनीसंग भनेकी थिइन् “हेर्नुस् त नानी ! याे घाेरमुखी, कर्कसा, दुच्छर र दुर्मुखाले जथाभावी चुक्ली लगाएर मलाई घरमा टिक्नै नदिने भई । याे मरेपछि घाेर नर्कमा पराेस् । कालले पनि किन लाँदैन हाेला खै यसलाई !” यति मात्र हाेइन, उनीसंग जहाँ भेट्दा पनि हरेक पटक जेठानीकाे बदख्वाईं र बेइज्जत गर्ने गर्थिन् । उनको भनाइलाई आधार मानेर भन्नुपर्दा, याे संसारमा उनको सबैभन्दा ठूलो शत्रु काेही छ भने त्याे उनकाे जेठानी नै थिइन् । समवेदना पढेर सिध्याउँदै गर्दा उनी फिस्स हाँसिन् ।लेखिएको थियोे “… मेरो अत्यन्तै प्रीय, मृदुभाषी, सज्जन, सहयोगी र आमा समान मायालु दिदीकाे निधनले मलाई टुहुराेपनाकाे आभाष भएकाे छ…उहाँको बैकुण्ठबास हाेस्…हार्दिक श्रद्धाञ्जली।”       ...

जुठो सुतक

Image
 

यात्रा संस्मरण : विकास पर्खिरहेको पाँचपाेखरी

Image
   ✍️ मुरारीराज मिश्र भ्रमण केवल एक कर्मकाण्डीय घुमाइ मात्र होइन, अपितु देश दर्शन, प्राकृतिक, सांस्कृतिक र भाैतिक समृद्धिको अनुभव समेत हो ।  भ्रमणले आत्मिक तथा मानसिक शान्ति प्रदान गर्नुका साथै  स्थानीय बाताबरण, प्राकृतिक सौन्दर्य, धार्मिक, साँस्कृतिक एवम् ऐतिहासिक महत्त्व, ग्रामीण जीवनको वास्तविकता, स्थानीय जीवनशैलीकाे अविस्मरणीय अनुभव संगाल्न पनि मद्दत गर्दछ । भ्रमणलाई जीवन जगत बुझ्ने उपयुक्त पाठशाला पनि मान्न सकिन्छ । पाँचपाेखरीकाे बिहान सबेरैकाे दृश्य   करिव तीनहप्ता अघि दाेलखास्थित शैलुङ्काे दुईदिने यात्राबाट फर्के लगत्तै पाँचपोखरीकाे यात्रामा जाने निधाे गरेका भएतापनि हाम्रो भ्रमणको टुंगो भने पाँचदिन अघिमात्रै लागेको थियो । नारायणटार, शिवचाेकमा रहेको आमा याङ्ग्री ह्योल्मो यातायातकाे टिकट काउण्टरबाट सिन्धुपाल्चोककाे भाेताङ, छिम्तीसम्मकाे बस टिकट बुक गरेर हामी भ्रमणको तैयारीमा लाग्यौं । निर्धारित मिति २०८२ जेठ १४ गतेकाे बिहान ६ बजे लक्ष्मी पाण्डे, अञ्जना पाण्डे, कल्पना मिश्र र याे पंक्तिकार कुमारीगालबाट टैक्सी लिएर नारायणटार बसपार्क पुग्यौं । गीता बिष्ट हामीभ...

लघुकथा: पर्स ✔️

            ✍️ मुरारीराज मिश्र “मैले भनेको सामान आज पनि ल्याउनु भएन है तपाईंले ?” बिहानी भ्रमणबाट फर्केका पतिको हात खाली देखेर पत्नीले भनिन् । “हत्तेरीका ! साथीहरूसंग गफ गर्दै आएकाे थिएँ, त्यै धुनमा भुसुक्कै बिर्सेछु, भाेलि चाहिँ पक्कै सम्झेर ल्याउँछु है !” पतिले आश्वासन दिए । “पहिले-पहिले त बाेली मुखबाट भूइंमा खस्न नपाउँदै सामान आइपुग्थ्याे घरमा, अहिले भने हजार पटक भनेको भन्यै गर्दा पनि अत्तोपत्तो हुन्न । खै, कति भुलक्कड भएको हाे हँ याे मान्छे पनि !” पत्नी भुत्‌भुताउँदै भान्सामा पसिन् । भरेङ ओर्लदैं गरेकाे छाेराे आमाबाबुको कुरा सुनेर राेकियाे । केही साेचेर माथि उक्लियाे । बाथरुम छिरेको बाबुकाे खल्ती छामछुम पार्‍यो । उनको पर्स खाेल्याे अनि मनमनै हाँस्दै हतारहतार निस्कियाे । “भाेलि सामान ल्याउँछु त भनेको छु उनलाई !” यही कुरा मनमा खेलाउँदै पति काेठामा छिरे । उनले पर्स छामे, केही फरकपन महसूस भयाे । खाेलेर हेरे, पर्सभित्रकाे अवस्था देखेपछि अचम्म मान्दै भान्सामा पुगेर पत्नीलाई साेधे “मेरो पर्स तिमिले खाेलेकी थियौ ?” “के भन्नुहुन्छ ! म किन खाेल्थें र तपाईंक...

संसारकाे पहिलो तीर्थस्थल मानिने बराहक्षेत्र पुग्दा

Image
 यात्रा संस्मरण :                      ✍️ मुरारीराज मिश्र मलाई लाग्छ, यात्रा भनेकाे केवल घुम्ने, खाने-पिउने र रमाउने क्रियाकलाप मात्रै हाेइन, यथार्थताकाे अनुभूति, फरक अनुभव, ज्ञान र आनन्दकाे प्राप्ति गर्ने माध्यम पनि हाे । हजार शब्द पढेर, सुनेर बुझ्न नसकेको कुरा एकै हेराइमा स्पष्ट बुझिन्छ र याे अमूल्य अनुभव नै यात्राको उपलब्धि हाे । कुनै नपुगेकाे ठाउँमा पुग्नुअघि त्यहाँको बारेमा मनले एकप्रकारकाे दृश्य कल्पना गरिरहेकाे हुन्छ । त्यहाँ यस्तो हाेला, उस्तो हाेला, पुगेर यसाे गर्नुपर्ला, यसरी जाने हाेला !  तर त्यस ठाउँमा पुगेपछि मनमा बनेको काल्पनिक दृश्य अनायास फेरिन्छ । साेचाइ र वास्तविकतामा आकाश जमिनको फरक भेटिन्छ । याे राेचकता पनि यात्राकाे आनन्द हाे । केही बर्ष अगाडि म भारतीय राज्य अरुणाचल प्रदेशमा पर्ने प्रख्यात तीर्थस्थल परशुराम कुण्ड पुगेको थिएँ । जानुअघि मेरो मनले त्याे कुण्ड सायद हाम्रै गाेसाई कुण्डहरू जस्तै खालकाे वा त्योभन्दा पनि विशाल हाेला भन्ने साेचेकाे थियोे । याे साेचाइमा रम्दै त्यहाँ पुगेकाे मलाई, आफ्नो परिकल्पना...