लघुकथा: देशप्रेम

 ✍️ मुरारीराज मिश्र,

- विदेश हैन देशकै माटोमा नङ्ग्रा खियाउनुपर्छ ।
- स्वार्थका लागि कुनै हालतमा देश त्याग्नु हुन्न ।
- मातृभूमि भनेकाे आमातुल्य हुन्, हामीले जन्मभूमिकाे ऋण तिर्नुपर्छ ।
- विदेशिनु भनेकाे अरुकाे गुलाम बन्नु हाे ।
सबैसँग यस्तै-यस्तै देशप्रेमका ठूलाठूला कुरा गर्थ्याे उ !
जब डीभी पर्‍यो उस्काे राष्ट्रवाद देखियो !!
(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७)

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

कालिञ्चाेक यात्राका संस्मरण: