कविता : मौनता र मन

कति शान्त छ- आकाश !

तर

उस्तै अशान्त छ- मान्छे ।


तारा टाँगेर 

घाउ सिउँछ आकाश ।


मान्छे भने

मुस्कान भित्र चर्किन्छ ।


माथि-

मौन आकाश ।


तल-

कोलाहल मन ।


     ✍️ मुरारीराज मिश्र



Comments

Popular posts from this blog

यात्रा संस्मरण : "आस्थाकाे यात्राले दिलाएको आत्मबोध"

भोजनको थालदेखि बालबालिकाको सपनासम्म

भजन/श्लोक (भावानुवाद)