Posts

गजल

Image
✍️ मुरामि चाेरलाई चाेर भन्न डराउनु पर्ने बेला आयो । ठगलाई साधु भनी सह्राउनु पर्ने बेला आयो ।। मतलवी भए सबै बिना स्वार्थ केही नगर्ने । आफ्नैलाई घुस दिई काम गराउनु पर्ने बेला आयाे ।। उ फटाहा हाे भन्ने कुरा थाहा नभएको होइन । शक्तिमा छ त्यसैले मनपराउनु पर्ने बेला आयो ।। सत्य कुरा बाेल्दा जिब्रो थुतिने डर देखिंदैछ । झूटाे बाेल्न आफैंलाई अह्राउनु पर्ने बेला आयो ।। के नै हुने रहेनछ यहाँ आफूलाई सत्यवादी बनाएर ! सत्यमा अड्छु भन्नेले अब हराउनु पर्ने बेला आयाे ।। कविता संसारमा प्रकाशित 

लघुकथा: बेवकूफ

Image
                   ✍️ मुरामि, "तेराे नेता फटाहा हाे, त्यसले हाम्राेलाई यस्तो तथानाम आराेप लगायाे ।" "अनि तेराेले हाम्रोलाई नानाथरी गाली गरेको चाँहि सुनिनस् तैंले !" तेराे नेता फटाहा हाे ... तेराे नेता छट्टु हाे .... एकै कार्यस्थल भएका एउटै टाेलका दुबैजना साथीहरू कार्यकक्षमै बाझाबाझ गर्दैथिए । लाग्थ्यो, अब केही बेरमा यी दुईका बिचमा हात हालाहाल नै हुन्छ ! "हैन, के काे झगडा हाे तिमीहरूकाे ?" अर्काे सहकर्मीले भित्र पस्दै भने । दुबैले आक्राेसित अवस्थामा आआफ्नो बेलिबिस्तार लगाए । "म भर्खरै रेष्टुरेन्टबाट फर्किंदै छु, त्यहाँको याे दृश्य हेर पहिले । अनि जति बाझ्नु छ बाझ !" आगन्तुक सहकर्मीले आफ्नो माेवाइल दुबैकाे बिचमा राख्दै भने । उनको  माेवाइलकाे भिडियोमा एउटै टेबुलमा कसेर झगडिया ती दुई नेता रक्सीको नशामा लठ्ठीएर हाँस्दै गफ गर्दै गरेका देखिए ।  उनीहरू भन्दैथे "कठै जनता ! हामी आपसमा बाझेकाे साँच्चिकै भन्ठान्दैै रैछन् ! उनीहरुलाई यसरी बेवकूफ नबनाए हामी कसरी राजनीतिमा टिक्ने !" (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७) लघुकथा संसारमा प्...

लघुकथा: सकारात्मकता

             ✍️ मुरारीराज मिश्र, "त्याे क्यान्टिनवालाले साह्रै नै हेप्याे हामीलाई, अबदेखि त्यसकोमा खान नजाने है ।" पहिलो बाेल्याे । "हाे भन्या, हाफटाइममा खाजा खान गयाे जहिल्यै कुर्नुपर्ने । हामी अफिसका कर्मचारी भन्दा उस्काे ध्यान बाहिरका सेवाग्राही उपर मात्रै हुने । हामीले मगाएका खानेकुरा संधै छैन भन्ने । आज त साहुले क्यान्टिनका केटाहरुलाई `ती पचास रुपैयाँ खर्चने कर्मचारीलाई भन्दा सकभर बाहिरी ग्राहकलाई ध्यान दिनु है´ भनेको फर्कंदै गर्दा झ्वाट्ट मेरै कानमा पर्‍यो ।" दाेश्राेले थप्याे । उसाे भए, भाेलिबाट घरबाटै खाजा ल्याउँ र मिलेर खाऊँ न त, कि कसाे ? तेस्रोले भन्याे । "मनासिब कुरा । ल त्यसै गराैं । कुन दिन कस्ले के ल्याउने सल्लाह गराैं ।" चाैथाेले कुराे टुङ्ग्यायाे । यत्तिकैमा "हैन, के सल्लाह हुँदै छ आपसमा !" भित्र पस्दै हाकिमले साेधे । उनीहरुले हाकिमलाई हालसम्मको घटनाक्रमकाे बेलिबिस्तार लगाए । "ए, ल, क्यान्टिन साहुले एकदमै राम्रो गरेछ, उसलाई धन्यवाद दिनुस् तपाईंहरुले !" कुरा सुनेपछि हाकिमले हाँस्दै भने । हाकिमकाे अप्रत्याशित कुराले अक्क ...

लघुकथा: परम्परा ✔️

           ✍️ मुरारीराज मिश्र, "हैन, रमेशले छाेरीकाे विहेमा हल्दी, मेहन्दी र संगीत कार्यक्रम राखेको छैन कि क्या हाे ! बाेलाएन नि त ?" घरमा आईपुगेकाे निम्ता कार्ड हेर्दै छिमेकी किशोरले आफ्नी श्रीमतीलाई साेध्याे । "टीकाटालाेकाे कार्यक्रम गरिहाले । विहेको मुख्य काम भनेकाे कन्यादान हाे, त्यसमा बाेलाएकै छ त ! अनि, किन चाहियाे तपाईंलाई नानाथरी कार्यक्रम ?" श्रीमतीले जवाफ फर्काईन् । "सबैले गर्न थालेका छन् त अहिले ! त्यत्राे सम्पत्ति भएको मान्छेले, एउटीमात्र छाेरीकाे विहेमा पनि कञ्जुस्याईं नगरेको भए हुन्थ्यो भनेर नि !" "हाम्रो चलन पाे गर्ने त ! आयातित र देखासिखी काम गरेर परम्परा किन बिगार्ने बेकारमा ? नचाहिंदो आडम्बर नदेखाएर रमेश बाबुले उदाहरणीय काम गर्नुभयो ।" "के काे उदाहरणीय काम ! लाेभीले धन बचाएकाे भनन् !" "तपाईं पनि एकदुई छाक बढी खाने लाेभमा परम्परा बिगार्नेहरुकै लाइनमा जाँदै हुनुहुन्छ श्रीमानज्यू ! आखिर, जतिसुकै मीठो र महँगो खाना खुवाएपनि खानेले जस दिदैनन्, एउटा न एउटा खाेट देखाइहाल्छन् क्यारे !" "हेर्नुस्, एउटा पुस्...

लघुकथा: नसाेचेकाे कुरा

         ✍️ मुरारीराज मिश्र "परेको बेलामा यसाे सघाइपघाइ हाेला कि भनेर पाे कामगर्ने मान्छे राखेकाे त, काम पर्दा उसैलाई बिदा दिने हाे भने मान्छे राखेको के फाइदा भयाे ?" कमलाले आफ्नो घरमा काम गर्ने मालतीसँग झर्कंदै भनिन् । "के गर्ने दिदी, भएकी एउटी छाेरी मुख हेर्न भनेर आउँछे, फेरि डाँडा माथिकाे घामजस्ती उमेरकी आमालाई पनि भेट्न जानुपर्छ । त्यसैले पाे छिटो जान खाेजेकी मैले ।" मालतीले नम्र भएर जवाफ दिइन् । "विवाहपछि पहिलोपटक आमाको मुख हेर्न माइती आएकी छ छाेरी । उसले यसपाली नयाँ ढंगले आमाको मुख हेर्ने पर्व मनाउने तैयारी गरेकी छ । त्यसैले आजको सबै काम नसिध्याई तिमिले घर जान पाउन्नाै है ! जाऊ, गएर भान्साकाे सबै काम सक ।" कमलाले अह्राईन् । "धिक्कार छ, कस्ताे कर्म पाएछु मैले ! बरु, याे चाडपर्व पनि धनी र गरीबकाे बेग्लाबेग्लै दिनमा हुने भैदिएकाे भए हामीजस्तालाई कति सुविस्ता हुन्थ्यो !" यिनै कुरा मनभित्र खेलाउँदै मालती भान्सा तर्फ लागिन् । "मालती...ए मालती, यहाँ आऊ त !" केही समयपछि बैठक काेठाबाट कमलाकाे बाेलाहट आउँछ । "घर जान हतार भैसक्याे, फेरि...

गजल/चारु

Image
 ✍️ मुरारीराज मिश्र, मीठो वचन बाेल्न, पैसा पर्दैन । बाेलीमा मह घाेल्न, पैसा पर्दैन ।। के नै पाे दिनुपर्छ र, रिसाउनु ? हाँसेर दैलाे खाेल्न, पैसा पर्दैन । दासै बन्छाै भने त, के भनुँ र खै ? ठीकै छ, हात माेल्न पैसा पर्दैन । महँगो छ त के भाे, लास जलाउन ? ज्यूँदैमा मन पाेल्न, पैसा पर्दैन । आँटेर, पाइला बढाउँदै छु म लाग्छ, लक्ष छिचाेल्न पैसा पर्दैन ।।                  *** वैजयन्ति ९४ चारु अंकमा प्रकाशित ।

नियात्रा : पुर्ख्याैली डाँडामा एकदिन

Image
       ✍️ मुरारीराज मिश्र, भतिज सचिनराज मिश्र बुहारी र छाेरीका साथ फिनल्यान्डबाट बिदामा नेपाल आएको बेला थियोे । यसै मेसाेमा तीन दाजुभाइका परिवार मिलेर पारिवारिक पिकनिक जाने सल्लाह भयाे ।  जाने त जाने तर कहाँ ? कसैले गाेदावरी सुझाए त कसैले घ्याम्पेडाँडा ।  "नजिकैको तर सकभर नगएको ठाउँमा जाऊँ न !" मैले प्रस्ताव गरें ।  "उसाे भए नुवाकोटमा पर्ने कपिलेश्वर महादेव जाने त ?" दाजु नारायणराज मिश्रबाट सुझाव आयाे । एक त पुर्ख्याैली थलाे, उसैमाथि यसअघि पटकपटक जान चाहेर पनि अनुकुलता नमिलेकाे ठाउँ थियोे, नुवाकोटको कविलास र कपिलेश्वर मन्दिर । फेरि, काठमाडौंबाट करिब ४७ कि.मि. काे दुरीमा भएकाले धेरै टाढा पनि थिएन । त्यसैले दाजुकाे सुझावलाई नकार्ने कुरै थिएन, सर्वसम्मत भयो । जाने दिन २०८० फागुन २६ गते शनिबारलाई ताेकियाे ।  बच्चाहरु सहित हामी १६ जना भयाैं जाने ।  पूर्वपरिचित चालक प्रकाश अधिकारी भाइलाई फाेन गरेर माइक्रोबस रिजर्भ गर्ने काम भयो ।  एकदिने भ्रमणमा जाँदा हामी सामान्यतया घरबाटै खाना-पानीको व्यवस्था गरेर जान्थ्याैं । तर यसपटक उहीँ गएर पकाएर खाने सल...