गजल

✍️ मुरामि

चाेरलाई चाेर भन्न डराउनु पर्ने बेला आयो ।

झुटलाई सत्य बनाउन कराउनु पर्ने बेला आयो ।।


मतलवी भए सबै बिना स्वार्थ केही नगर्ने ।

आफ्नैलाई घुस दिई काम गराउनु पर्ने बेला आयाे ।।


थाहा नभएकाे कहाँ हाे र उ फटाहा हाे भन्ने कुरा !

शक्तिशाली छ त्यसैले मनपराउनु पर्ने बेला आयो ।।


सत्य कुरा बाेल्दा जिब्रो थुतिने डर देखिंदैछ ।

मन नपरेनि उन्‌का कुरा सह्राउनु पर्ने बेला आयो ।।


के पाे गर्नु र व्यर्थमा आफूलाई सत्यवादी ठानेर !

सत्यमा अड्छु भन्नेले अब हराउनु पर्ने बेला आयाे ।।

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

कालिञ्चाेक यात्राका संस्मरण: