कविता : अदृश्य जग

माटोमुनि

दबिएको

मौन

जग ।


माथि

रङ्गीन झ्यालहरू

पारिलो घाम ताप्छन्,

छत मुस्कुराउँछ ।


तर

जग कहिल्यै भन्दैन—

“यो घर

मेरै काँधमा उभिएको छ।”


भूकम्प आउँछ

घर हल्लिन्छ,

झ्याल-ढोका-छत आत्तिन्छन्

जग अझ गहिरिन्छ ।


त्यही नदेखिने बल,

मौन धरातल,

अडिग आड

पिता हाे ।

Comments

Popular posts from this blog

यात्रा संस्मरण : "आस्थाकाे यात्राले दिलाएको आत्मबोध"

भोजनको थालदेखि बालबालिकाको सपनासम्म

भजन/श्लोक (भावानुवाद)