Posts

लघुकथा: स्वभाव

            ✍️ मुरारीराज मिश्र नजिकै अपार्टमेण्टमा बस्ने उसंग निकै दिन देखि देखादेख भइरहेको थियोे । हरेक दृष्टिकोणले ``त्याे मानिस नेपाली नै हाे´´ भन्ने लागेतापनि बाेलचाल भने भएको थिएन ।  ``उसै पनि विदेशमा स्वदेशी भेट्दा आफन्त भेटे जस्तै हुन्छ, एकपल्ट साेध्दैमा त के नै बिग्रेला र ?´´ यस्तो साेचेर एकदिन रमेशले अघि बढेरै उसलाई साेध्याे ``सुन्नुस् त, तपाईं नेपालबाट हाेइन ?´´ प्रश्न सुनेर उसकाे मुखाकृती केही बदलिए झैं देखियाे । नबुझेकाे भान पारेर ``सरी !´´ भन्दै उ फटाफट् अघि बढ्याे । रमेश जिल्ल पर्‍यो । उसलाई लाग्याे ``कतै मैले मान्छे चिन्न गल्ती त गरिन !´´तर उसकाे मन, त्याे मानिस नेपाली हाेइन भनेर मान्न तैयारै भएन । भाेलिपल्ट अफिस समय अगाडि रमेश त्याे मानिसको अपार्टमेण्टमा गयो । उसको ढाेका अगाडि राखिएको जुत्ताहरु उल्ट्याईदिएर नजिकैको भर्‍याङकाे छेकाे पारेर हेर्न थाल्यो ।  एकैछिनमा त्याे मानिस निस्कियाे । ढाेकामा उल्टिएकाे जुत्ताहरु देखेपछि यताउती हेर्‍यो र निहुरिएर सबै जुत्ता सुल्ट्यायाे । अनि बिस्तारै भुत्‌भुतायाे "थुक्क, हिंड्ने बेलामा उल्टाे जुत्त...

लघुकथा: जनआवाज

Image
           ✍️ मुरारीराज मिश्र, "सरकार भनेको यस्तो पाे हुनुपर्छ, जनआवाजकाे पूर्ण कदर गर्ने । धन्यवाद छ सरकारलाई ।" तल्लाघरे काकाले हातकाे माेवाइल हेर्दै श्रीमतीलाई भने । "हैन, के गरेछ र सरकारले त्यस्तो जनआवाज सुन्ने महान काम चाहिँ ?" काकीले प्रश्न तेर्स्याईन् । "जनताले याे ठीक छैन, यसलाई हटाउनुपर्छ भनेर भनेका मात्र के थिए सरकारले फ्याट्टै हटायाे क्या `टिकटक´ !" काकाले जवाफ फर्काए । "नापियाे ! ठीक छैन भनेर त जनताले उहिले देखि नै, `नेता र संघियता´काे बारेमा पनि आवाज उठाउँदै आएका छन् नि हैन र ?" काकीले ओठ लेब्र्‍याईन् !! (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं-७) हिमाली गुराँसमा प्रेषित 

लघुकथा: फजुलखर्ची

           ✍️ मुरारीराज मिश्र, श्रीमान् राेजगारीकाे क्रममा विदेशमा थिए । घरमा रमिला र चारबर्षे छाेरी मात्रै । श्रीमान्‌काे कमाई राम्रै थियो । विदेशबाट महिना महिनामा रकम पठाउँथे । राेकटाेक गर्ने काेही नभएकाले रमिला माेजमस्तीमा रकम उडाउँथिन् । लाेग्नेकाे पसिनाकाे कमाई उडाउने भई भन्ने चिन्ताले, रमिलाका छिमेकी दम्पतीले पटकपटक सम्झाउँथे । तर उनकाे कानमा बतास लाग्दैन थियोे । उल्टै, उनी हाँस्दै भन्थिन् "हाम्रै लागि कमाएका हुन् क्यारे ! कञ्जुस बनेर दुखजिलाे नगर्नु । राम्रोसँग खानु, लाउनु, रमाउनु र छाेरीलाई पढाउनु भन्नुभएको छ उहाँले पनि । बरु यसाे सरसापट चाहियाे भने अप्ठ्यारो नमान्नु हाेला है !" एकदिन छिमेकी दम्पतीले आपसमा सल्लाह गरे । उनीहरूले पनि रमिलाले मदिरा खाएकाे बेला पारेर पटकपटक उनीसँग रकम मागेर ल्याउन थाले । समय संधै एकनास कहाँ हुन्थ्यो र ! रमिलाका श्रीमान्‌‌ले पनि मन्दीका कारणले कम पैसा पठाउन थाले । रमिलाकाे बानी सुध्रेकाे थिएन । एकाेहाेराे खर्चेपछि कुवेरकाे ढुकुटी त रित्तिन्छ भने उस्काे कतिञ्जेल टिक्थ्याे र ! बचत नहुँदा छाेरीकाे स्कुलकाे शुल्क तिर्न प...

लघुकथा: मृत्यु संस्कार

Image
 ✍️ मुरारीराज मिश्र आज बुबाको मृत्युको तेह्राैं दिन । घरमा आफन्तजन र पाहुनाहरुकाे निकै जमघट थियोे । एकातिर पुराेहितहरु धार्मिक कर्म गराईरहेका थिए भने अर्कोतिर क्याटरिङवालाहरु अनेकन परिकार पकाउँदै थिए ।  महंगा पलङ्ग, ओच्छ्यान लगायत दिवंगत पितृका मनपर्ने वस्तुहरु दान गरिएका थिए । आगन्तुकहरु, मन खाेलेर बुुबाकाे मृत्यु संस्कार गर्ने `मनकारी´ छाेरा-बुहारीकाे प्रशंसा गर्दै थिए । धार्मिक र खानपिन कार्य सकियाे । दिवंगत आत्माको मुक्तिकाे कामना गर्दै सबै फर्किए । बुबाकाे आत्मा भने, तेह्र दिन अघिसम्म आफू सुतेको चिसाे छिंडी, पातलो बिछ्यौना र छाेराबुहारीकाे कर्कस ब्यवहार सम्झंदै दान गरिएका महँगा बस्तुहरु र खानाका परिकार जिल्ल परेर नियाल्दै थियोे ! (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७) साहित्य पाेष्टमा प्रकाशित । https://sahityapost.com/aakhyan/short-story-aakhyan/126779/ शारदामा प्रकाशित  अमर ज्याेति २०८३ जेठमा प्रकाशित

लघुकथा: देशप्रेम

 ✍️ मुरारीराज मिश्र, - विदेश हैन देशकै माटोमा नङ्ग्रा खियाउनुपर्छ । - स्वार्थका लागि कुनै हालतमा देश त्याग्नु हुन्न । - मातृभूमि भनेकाे आमातुल्य हुन्, हामीले जन्मभूमिकाे ऋण तिर्नुपर्छ । - विदेशिनु भनेकाे अरुकाे गुलाम बन्नु हाे । सबैसँग यस्तै-यस्तै देशप्रेमका ठूलाठूला कुरा गर्थ्याे उ ! जब डीभी पर्‍यो उस्काे राष्ट्रवाद देखियो !! (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७) शारदामा प्रेषित 

लघुकथा: आमाको जन्मदिन

Image
      ✍️ मुरारीराज मिश्र, वृद्धाश्रमकाे ढाेका बाहिर दुई पुराना साथीहरू भेटिए । एक प्रतिष्ठित ब्यापारी अर्को साधारण कर्मचारी । भलाकुसारी पछि ब्यापारीले साेध्याे "तिमी यहाँ ! किन ?" "आज मेराे आमाको जन्मदिन । घरमा अष्टचिरञ्जिवीकाे पूजा सकेर उहाँको आशीर्वाद लिएपछि यहाँका वृद्धवृद्धालाई खाना खुवाएर फर्केको ।" "ए, उसाेभए आमा तिमीसंगै बस्नुहुन्छ ?" "हैन साथी, हामी आमासँग बस्छौं । अनि तिमी चाहिँ किन यहाँ ?" ब्यापारी साथीले बिस्तारै भन्याे "आज मेराे आमाको पनि जन्मदिन हाे । म यहाँ उहाँलाई भेट्न आएको !" (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं-७) साहित्य पाेष्टमा प्रकाशित  https://sahityapost.com/aakhyan/short-story-aakhyan/126779/  

लघुकथा: पढाइ

Image
        ✍️ मुरारीराज मिश्र, "तीन-चार दिन देखि राम्ररी पढाइ भएको छैन भनेर भन्दैथ्याे छाेरा ! के कारणले हाेला सर ? बुझ्न आएकाे म त !" प्रशान्तले प्रधानाध्यापकलाई प्रश्न गर्‍यो । "त्यस्तो त केही हाेईन, दशै अगाडि विद्यार्थीहरु पनि पढ्ने मुडमा देखिएनन् । निर्धारित काेर्स पनि सकिएको छ त्यसैले उनीहरूका लागि मनाेरञ्जनात्मक कार्यक्रमहरु गरिएकाे हाे ।" प्रधानाध्यापकबाट जवाफ आयाे । "अनि, प्रत्येक साताकाे अन्तिम दिनमा त नियमित पठनपाठन बाहेकका अतिरिक्त क्रियाकलाप मात्रै गराईने गरिएको छ हैन र सर ? उसै पनि विभिन्न बन्द हडतालका कारण यस अघि केही दिन पढाइ छुट्याे !" "त्यसबेलाको क्षतिपूर्ति त शनिबारे बिदाका दिनहरुमा पढाएर गर्‍यौं नि हामीले !" "मेराे जिज्ञासा यहीँनेर हाे सर ! यदि स्कुल खुलेको बेला नपढाउने हाे भने विद्यार्थीकाे मस्तिष्कले आराम पाउनु पर्ने साप्ताहिक बिदाको दिन चाँहि विद्यालय किन खाेल्ने त ?" (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७) सिक्किमेली लघुकथा सङ्ग्रह २०२६ मा प्रकाशित