लघुकथा: जनआवाज

           ✍️ मुरारीराज मिश्र,

"सरकार भनेको यस्तो पाे हुनुपर्छ, जनआवाजकाे पूर्ण कदर गर्ने । धन्यवाद छ सरकारलाई ।" तल्लाघरे काकाले हातकाे माेवाइल हेर्दै श्रीमतीलाई भने ।

"हैन, के गरेछ र सरकारले त्यस्तो जनआवाज सुन्ने महान काम चाहिँ ?" काकीले प्रश्न तेर्स्याईन् ।

"जनताले याे ठीक छैन, यसलाई हटाउनुपर्छ भनेर भनेका मात्र के थिए सरकारले फ्याट्टै हटायाे क्या `टिकटक´ !" काकाले जवाफ फर्काए ।

"नापियाे ! ठीक छैन भनेर त जनताले उहिले देखि नै, `नेता र संघियता´काे बारेमा पनि आवाज उठाउँदै आएका छन् नि हैन र ?" काकीले ओठ लेब्र्‍याईन् !!

(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं-७)

हिमाली गुराँसमा प्रेषित 


Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

कालिञ्चाेक यात्राका संस्मरण: