भाेटकाे राजनीतिले गर्नु गर्याे देखावटी विकास गाउँमा सर्याे अध्ययन बिना नै डाेजर चल्दा बाटोमा जताततै पहिरो झर्यो आयातित संस्कृतिले याे के गरायाे ? बिहेमा दाैरा-सुरुवाल, साडी-चाेलाे हरायाे ! परम्परा मासिंदै गएपछि, युवा जमातले शेरवानी र लहंगा लगाउन मन परायाे । समय एकाएक टक्क अड्याे मुटुको ढुकढुकी बेस्सरी बढ्याे माैसमले हाे कि तिम्रो साथले ? नपिए नि मनभित्र नशा चढ्यो । आपसमा जब शंका मिसिन्छ न्यानाे सम्बन्ध एकाएक चिसिन्छ यसरी घुमाउँछ परिबन्दले पुरै जिन्दगी नराम्ररी पिसिन्छ । सबै मपाँई मात्र छन्, एकले-अर्कालाई गन्दैन राम्रो गरेछाै तिमीले, स्याबास कसैलाई भन्दैन यहाँका नेता र कार्यकर्ता, सबैका चरित्र देख्दा यस्ताे लाग्दैछ मेरो देश, पुस्ताैं सम्मलाई बन्दैन ! जवानी निकै हतारियोे, पर्खिएन बुढ्याैली फुर्सदमा थियोे, फर्किएन संधै गाली पायाे, निर्दाेष समयले उ एकनास चलिरह्याे, झर्किएन । समय अनि परिस्थितिकाे प्रभाव छ कहिँ सम्पन्नता कतै चरम अभाव छ सबैका चाहना पूरा हुँदैनन् कहिल्यै केही न केही कुराकाे सबैलाई दवाव छ एकपटक, सुन्दरताकाे परिभाषा फेर्ने मन छ शीतलता र सुन्दरता, अंगालोभरि...