Posts

लघुकथा: जिज्ञासा

Image
            ✍️ मुरारीराज मिश्र, म : त्यहाँ त `हिन्दु धर्मावलम्बीहरुकाे लागि मात्रै मन्दिरभित्र प्रवेश´ भनेर साइनबोर्ड राखेको छ हैन र ? उ : ए, हाे र ! तर, त्यस मन्दिरको सम्पूर्ण व्यवस्थापन हेर्ने तालुकवाला अफिसकाे मुख्य हाकिम नै गैरहिन्दु छन् रे नि त !´ म : अनि ती हाकिमसाहेव चाहिँ मन्दिर भित्र पस्छन् कि पस्दैनन् हाेला हगि !!! (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७) लघुकथा संसारमा प्रकाशित

लघुकथा: गुराँस

Image
             ✍️ मुरारीराज मिश्र, `गुराँस फुलेकाे एउटा हाँगो भाँचिदिनुस् न मेरा लागि´ उनले भनिन् । `हेरेर रमाऊ, तस्बिर खिच, हाँगै किन चाहियाे तिमीलाई !´ मैले भनें । `उता हेर्नुस् त ! यहाँ आएका सबैका जाेडी, गुराँसका राताम्ये हाँगो बाेकेर रमाउँदै हिँडिरहेका छन्, तस्बिर खिच्दैछन् तर तपाईं भने कति निरस मान्छे हँ ! गुराँस फुलेको एउटा हाँगो लाछिदिन पनि नमान्ने ! कस्तो बुढा पाइछु मैले त !´ उनी ठसक्क पर्दै फत्‌फताईन् । मैले फकाउँदै भने `हेर, भीरका रुखहरुमा ढकमक्क फुलेका गुराँसका फूल कति मनमाेहक देखिएका छन् ! भुइँमा छरपस्ट फूल र हाँगाहरुमा त्यो सुन्दरता भेट्छ्याै तिमी ! प्राकृतिक साैन्दर्य त नियाल्न पाे मजा आउँछ ! याे साैन्दर्यता मास्न उद्दत मानवीय प्रवृत्ति देखेर दिक्क लाग्छ मलाई !´ (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं - ७) (शब्दाङ्कुर २०८१ बैशाखमा प्रकाशित ) दाेहन लघुकथासङ्ग्रहमा समावेश 

लघुकथा: भविष्यद्रष्टा

Image
          ✍️ मुरारीराज मिश्र `तेरा मालिक मालिकनी दुवैलाई एकपटक भेट्न खाेजेकाे छु, खबर गरिदे है बाबु ! भनेर बुबाले भनि पठाउनु भएको छ ।´ भन्दै थियाे ड्राइभरले आएर ! एकपटक जाऊँ न त ! ममताले पति सुशीलसंग भनिन् । "किन हाे, साेधिनाै ?" उसले प्रतिप्रश्न गर्‍यो । "उहाँ बिरामी पनि हुनुहुन्छ रे ! जाओैं न, थाहा भईहाल्छ नि !" पत्नीको जवाफ आयो  सुशीलले पत्नीको मुख पुलुक्क हेर्‍यो । नयाँ ग्यारेज बनाएपछि कम्पाउण्डभित्रकाे कुनामा  प्रयाेजनविहीन रहेको पुरानाे ग्यारेजमा दशबर्ष अघि आमाबुुबाकाे अनिच्छाकाे बाबजुद उहाँहरुलाई बेग्लै रााखिदिएकाे थियोे उसले । त्यसपछिका दिनमा बुबाले यसरी बाेलाएकाे याे नै पहिलोपटक थियोे । दुबै जना सिकिस्त अवस्थामा रहेका बुबालाई भेट्न पुगे । सुतिरहेका बुबालाई बाेलाए । बिस्तारै आँखा उघार्दै बुबाले खाटकाे छेउ देखाएर बस्ने इसारा गर्नुभयो ।  सुशीलले साेध्याे "बुबाले बाेलाउनु भएको रहेछ !" "हाे बाबु, केही भन्नु थियाे त्यसैले बाेलाएकाे मैले । याे टहरामा पानी चुहिन्छ । तेरी आमा बाँचुन्जेल रातभर नसुती नसुती चुहिएको पानी थाप्थी, त्यसैले छानाको जस्ता फ...

लघुकथा: समय

Image
                ✍️ मुरारीराज मिश्र, हिजो : उ विद्यार्थी थियोे । चिच्याउँथ्याे “हामीले पढ्न चाहेर मात्रै के गर्नु ! पढाउने राम्रो शिक्षक पनि त चाहियो !!” आज: उ शिक्षक छ । फेरि चिच्याउँदै छ “हामीले पढाएर मात्र के गर्नु ! राम्रा विद्यार्थी पनि त चाहियो !!" (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७) (शब्दाङ्कुर २०८१ बैशाखमा प्रकाशित )

लघुकथा : मिसकल

Image
         ✍️ मुरारीराज मिश्र, पत्नी : अघिदेखि तपाईंको फाेन बज्याबज्यै गर्‍या´थ्याे है ! कतै जरुरी फाेन पाे हाे कि, हेर्नुस् एकपटक ! म बजार हिडें । पति : ए, त्यै रमेशले गर्‍या रैछ । आ... जरुरी भए फेरि गर्छ, कलब्याक गरेर फाेकटमा एक रूपैयाँ किन खर्च गर्नु ! (एकघण्टा पछि) पत्नी : बजारमा रमेशबाबु भेटिनु भा´थ्याे, खै कता हाे साधारणसभा सकेर आएको रे ! संगै जान फाेन गरेकाे दाइकाे फाेन नै उठेन भन्दै हुनुहुन्थ्यो ! पति : ए हाे त नि, कस्तो हुस्सु भएछु ! सहकारीकाे साधारणसभामा गएको भए पन्ध्रसय भत्ता आउँथ्यो, एक रुपैयाँको लाेभमा ब्यर्थै गुम्याे ! (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७) आलेख २०८३ असार अंकमा प्रकाशित  

मुक्तकहरु - ४

Image
भाेटकाे राजनीतिले गर्नु गर्‍याे देखावटी विकास गाउँमा सर्‍याे अध्ययन बिना नै डाेजर चल्दा बाटोमा जताततै पहिरो झर्‍यो  आयातित संस्कृतिले याे के गरायाे ? बिहेमा दाैरा-सुरुवाल, साडी-चाेलाे हरायाे ! परम्परा मासिंदै गएपछि, युवा जमातले  शेरवानी र लहंगा लगाउन मन परायाे । समय एकाएक टक्क अड्याे मुटुको ढुकढुकी बेस्सरी बढ्याे माैसमले हाे कि तिम्रो साथले ? नपिए नि मनभित्र नशा चढ्यो । आपसमा जब शंका मिसिन्छ न्यानाे सम्बन्ध एकाएक चिसिन्छ यसरी घुमाउँछ परिबन्दले पुरै जिन्दगी नराम्ररी पिसिन्छ । सबै मपाँई मात्र छन्, एकले-अर्कालाई गन्दैन राम्रो गरेछाै तिमीले, स्याबास कसैलाई भन्दैन यहाँका नेता र कार्यकर्ता, सबैका चरित्र देख्दा यस्ताे लाग्दैछ मेरो देश, पुस्ताैं सम्मलाई बन्दैन ! जवानी निकै हतारियोे, पर्खिएन बुढ्याैली फुर्सदमा थियोे, फर्किएन संधै गाली पायाे, निर्दाेष समयले उ एकनास चलिरह्याे, झर्किएन । समय अनि परिस्थितिकाे प्रभाव छ कहिँ सम्पन्नता कतै चरम अभाव छ सबैका चाहना पूरा हुँदैनन् कहिल्यै  केही न केही कुराकाे सबैलाई दवाव छ एकपटक, सुन्दरताकाे परिभाषा फेर्ने मन छ शीतलता र सुन्दरता, अंगालोभरि...

लघुकथा: ऋण

Image
          ✍️ मुरारीराज मिश्र, दुई बर्षसम्म तिर्न सक्दिन भन्छस्, खै कसरी दिऊँ ! नदिउँ पनि कसरी, छिमेकी परिस् ! के गर्ने गर्ने ? धर्मानन्द साहुले आफ्नो दुबिधा पाेखे । साह्रै अप्ठ्यारो परेर हाे हजुर, जसरी हुन्छ मिलाईदिनु पर्‍यो । भाेलाले हात माड्दै भन्याे । हेर् भाेला, आफू ब्याज उठाएर खानुपर्ने मान्छे परें । सयकडा पच्चीस लाग्छ बर्सेनि । फेरि बाहिर गएर धेरै ब्याज लियो भन्न पाईन्न नि ! त्यसाे भन्ने भए यहाँ किन आउँथे र हजुर ! ल त पख्, म कागज बनाउँछु ।  कागजमा सहीछाप सकेर एक बिटा नाेट भाेलाकाे हातमा राखिदिन्छन् साहुले ।  मैले एकलाखकाे पाे कुरा गरेको थिएँ त साहुजी ! भाेलाले नाेट गन्दै भन्छ । ऋण त एक लाखै हाे नि ! त्यसमा दुई बर्षकाे ब्याज पचासहजार कटाएकाे छु क्या ! साहुले कुटिल मुस्कानका साथ भने । (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७)