लघुकथा: गुराँस


             ✍️ मुरारीराज मिश्र,

`गुराँस फुलेकाे एउटा हाँगो भाँचिदिनुस् न मेरा लागि´ उनले भनिन् ।

`हेरेर रमाऊ, तस्बिर खिच, हाँगै किन चाहियाे तिमीलाई !´ मैले भनें ।

`उता हेर्नुस् त ! यहाँ आएका सबैका जाेडी, गुराँसका राताम्ये हाँगो बाेकेर रमाउँदै हिँडिरहेका छन्, तस्बिर खिच्दैछन् तर तपाईं भने कति निरस मान्छे हँ ! गुराँस फुलेको एउटा हाँगो लाछिदिन पनि नमान्ने ! कस्तो बुढा पाइछु मैले त !´ उनी ठसक्क पर्दै फत्‌फताईन् ।

मैले फकाउँदै भने `हेर, भीरका रुखहरुमा ढकमक्क फुलेका गुराँसका फूल कति मनमाेहक देखिएका छन् ! भुइँमा छरपस्ट फूल र हाँगाहरुमा त्यो सुन्दरता भेट्छ्याै तिमी ! प्राकृतिक साैन्दर्य त नियाल्न पाे मजा आउँछ ! याे साैन्दर्यता मास्न उद्दत मानवीय प्रवृत्ति देखेर दिक्क लाग्छ मलाई !´

(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं - ७)

(शब्दाङ्कुर २०८१ बैशाखमा प्रकाशित )

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

कालिञ्चाेक यात्राका संस्मरण: