Posts

इर्ष्याको ऐनामा समाजको अनुहार

Image
 लेख:                   ✍️ मुरारीराज मिश्र हामीले बारम्बार सुन्दै आएका छौँ- “मानिस स्वभावतः इर्ष्यालु हुन्छ।” यो कथन पूर्णतः सर्वमान्य सत्य नहुन सक्छ, तर समाजका दैनिक व्यवहार, बोली र दृष्टिकोणले यसमा केही न केही यथार्थता भने अवश्य झल्काउँछन् ।  वास्तवमा, इर्ष्या मानव मनको गहिरो भावनात्मक अवस्था हो, जसको जरा प्रायः हीनभावना, असुरक्षा र निरन्तर तुलनामा गाडिएको हुन्छ । समयसँगै यही भावना व्यक्तिगत पीडा मात्र होइन, सामाजिक विग्रहको कारण पनि बन्न पुग्छ । दार्शनिक र चिन्तकहरूले इर्ष्यालाई विभिन्न कोणबाट व्याख्या गरेका छन् । एरिस्टाेलका अनुसार, इर्ष्या अरूले पाएको सुख-समृद्धि देखेर उत्पन्न हुने पीडा हो । फ्रान्सिस वेकनले यसलाई सबैभन्दा लुकेको र खतरनाक भावनाका रूपमा चित्रित गर्दै भनेका छन्- यो अरूलाई भन्दा पहिले आफैंलाई जलाउने आगो हो । त्यस्तै, आर्थर शोपेनहावरले इर्ष्यालाई मानव स्वभावको अभिन्न अंश माने पनि त्यसलाई नियन्त्रण गर्न नसक्नु नै कमजोरी भएको औंल्याएका छन् । बाहिरबाट सभ्य, शालीन र सन्तुलित देखिने धेरै मानिसहरू भित्रभित्रै अरूको उन्नत...

गीत: भाे नबाेल अधरले ...

Image
माैन भाखामा जे-जे, भन्दछन् ती नजरले  बुझ्न थालेको छुु मैले, भाे नबाेल अधरले । जुधाएर आँखा-आँखा, धेरै कुरा भन्न मिल्छ समाएर हात-हात,  सारा व्यथा भुल्न मिल्छ धेरै  माया  संगालेर,  अमर  नाता  गाँसिदेऊ  सारा संसार जित्न सक्छु, एकपल्ट हाँसिदेऊ नयाँ संसार बसाउनु छ, दुबैकाे रहरले भाे नबाेल अधरले, भाे नबाेल अधरले । तिमीलाई खुशी राख्न,  सबैसँग लड्न सक्छु काँडैकाँडा भरिएको, बाटो माथि हिड्न सक्छु  तिम्रो साथ पाएपछि, असम्भव नै के पाे छ र  अंगालोमा  तिमी  भए,   मर्न  पनि  हुन्न  डर  रमाओैं  हामी  आफैं,  नदेखाेस्  याे सहरले भाे नबाेल अधरले, भाे नबाेल अधरले ।। https://youtu.be/6znsvaqTq6M?si=IhJg8FYlMSKSUMiu

लघुकथा : “रगतको मोल”

Image
                ✍️ मुरारीराज मिश्र धेरै दिनपछि उनको होस खुल्यो । बिस्तारै आँखा उघार्दा आफू अस्पतालको शय्यामा पल्टिएको पाए । अलि पर रूञ्चे अनुहार लगाएर बसेकी उनकी श्रीमतीलाई केही मान्छे सान्त्वना दिइरहेका थिए । उनले ती मानिसहरू चिने । चिनेपछि मनमनै कुंढिए । सान्त्वना दिनेहरूमध्ये एकजनाले उनलाई हेरेछन् क्यारे - “उहाँलाई होस आयो जस्तो छ,” भन्दै हँसिलो अनुहारका साथ बेडतर्फ आए । सबैजना आफूतिर आउँदै गरेको देखेपछि बोल्नुपर्ने झन्झटबाट बच्न आँखा चिम्लिएझैँ गरे उनले । “ए, अझै राम्रोसँग होस आएको रैनछ । छिट्टै ठीक हुन्छ, नआत्तिनुस् । हामी फेरि आउँछौँ,” भन्ने आवाज कानमा पर्‍यो । उनीहरू फर्किसके भन्ने लागेपछि उनले आँखा उघारे । श्रीमती हर्षविभाेर भइन्। उनले बिस्तारै सोधे - “के भएको थियो ?” श्रीमतीले बताइन् - “दुर्घटनापछि धेरै रगत चाहियो । तपाईंको ग्रुपको रगत पाउन गाह्रो भयो । साथीभाइ र आफन्त सबैलाई गुहारें । प्रायः सबैले बहाना बनाएर पन्छिए । धन्न दुईजना छिमेकी भाइहरू आएर रगत दिए…नत्र…!” ती दुवैजना उनै छिमेकी थिए, जसलाई आफ्ना उम्मेदवार लिएर भोट माग्न आएको बेला उ...

`भोगाइबाट जन्मिएको जीवनबोध´

Image
कृति परिचय : मानव जीवन अनेक अनुभव, भोगाइ, संघर्ष र सिकाइहरूले भरिएको हुन्छ । ती अनुभवहरू समयसँगै स्मृतिमा सीमित भएर हराउन पनि सक्छन् । आफ्ना जीवनका महत्त्वपूर्ण घटना, अनुभूति र स्मृतिलाई शब्दमा उतारेर सुरक्षित राख्ने प्रयत्न नै संस्मरण लेखन हाे । संस्मरण व्यक्तिगत स्मृति मात्र होइन, समय, समाज र अनुभवको दस्तावेज पनि हो । यसले व्यक्तिको जीवनयात्रालाई मात्र होइन, त्यस समयको सामाजिक-सांस्कृतिक यथार्थलाई पनि उजागर गर्छ । तसर्थ यसलाई महत्त्वपूर्ण साहित्यिक विधा मानिन्छ ।  यसै क्रममा, नेपाली साहित्यिकफाँटमा जीवनका भाेगाइहरू नामक एउटा संस्मरण कृति थपिएको छ । ७३ बर्षिय साहित्यानुरागी समाजसेवी किरण शर्मा द्वारा लिखित याे पुस्तक, उनको बाल्यकालदेखि विद्यार्थी, जागिरे, राजनीतिक र पारिवारिक जीवन भाेगाइको एकमुष्ठ दस्तावेज हो । मानिसले जीवनमा भोगेका सुख-दुःख, सफलता-असफलता, भेटघाट र घटनाहरूलाई लेखेर राख्दा ती भावी दिनका लागि स्मरणीय अभिलेख त बन्छन् नै, यसरी लेखिएका संस्मरणले कुनै व्यक्तिको जीवनयात्रासँगै त्यो समयको सामाजिक परिवेश, संस्कार र जीवनशैलीको चित्र पनि प्रस्तुत गर्छ ।  संस्मरण आत्मअ...

गीत: धरतीमा भेटें मैले

Image
✍️ मुरारीराज मिश्र धरतीमा   भेटें   मैले,    स्वर्गकी   परी बाँधी राखुँ जस्ताे लाग्यो, अंगालो भरी । उनी बाेल्दा बजेजस्ताे, लाग्छ मीठो धून उनी देख्दा लजाएझैं, लाग्छ मलाई जून स्वास फेर्दा, सुगन्धित  हावा चले जस्ताे सम्झँदा नै मन भित्र, हुन्छ कस्तो कस्तो सुन्दरताकाे बर्णन उनको, गरुँ कसाे गरी बाँधी राखुँ  जस्ताे लाग्यो,  अंगालो भरि । माेतीदाना    दन्तलहर,    हेरिरहुँ   लाग्छ  नयनरूपी सागरभित्र,  डुब्ने इच्छा जाग्छ आँखाबाट  भित्रपसी,  मुटुभरि  छाउँछिन् हरेक रात निन्द्रा बनि, सपनीमा आउँछिन् व्याकुल हुने याे मनलाई,  बुझाऊँ के गरि बाँधी राखुँ  जस्ताे  लाग्यो,  अंगालो भरि । धरतीमा   भेटें    मैले,    स्वर्गकी   परी बाँधी राखुँ जस्ताे लाग्यो, अंगालो भरी । https://youtu.be/AqE1639cRpA?si=KmAgsNoSQRKzg7gg

यात्रा संस्मरण : "आस्थाकाे यात्राले दिलाएको आत्मबोध"

Image
 ✍️ मुरारीराज मिश्र मृत्यु जीवनको अन्तिम सत्य हो जसलाई कसैले टार्न सक्दैन । गीतामा भनिएकाे छ- जन्म लिनेको मृत्यु निश्चित छ र मृत्यु हुनेको जन्म पनि निश्चित छ ।  यस कथनबाट बुझ्न सकिन्छ कि, जीवन-मृत्यु एक चक्र हो जसबाट सबै प्राणीहरूले गुज्रिनु पर्छ । र, मृत्युसँगै जीवनको नयाँ सुरुवात पनि हुन्छ। बाँचुञ्जेल जीवन सफल हाेस्, मृत्युु पश्चात् आत्माको परलाेक यात्रा सहज रहोस् तथा अर्को जन्ममा राम्रो शरीर प्राप्त मिलाेस् भन्ने कामनाका साथ विभिन्न धार्मिक संस्कार, जप-तप, पूजा-पाठ, धर्म-कर्म, तीर्थ-व्रत ध्यान आदि गर्न, हाम्रा पाैराणिक धार्मिक ग्रन्थ र परम्पराले हामीलाई सिकाएका छन् ।  आफ्ना लागि गरिने कर्मका साथसाथै हामीले दिवंगत पुर्खाहरूका उद्धार र शान्तिका लागि विविध धार्मिक कर्म पनि गर्दै आएका छाैं । शास्त्रमा भनिएको छ- “पुत्रस्य परमो धर्म: पित्र्यूद्धारसमो नहि ।” अर्थात् पितृहरूकाे उद्धार गर्नु नै पुत्रकाे परम कर्तव्य र धर्म हाे । उसका लागि याे भन्दा ठूलो धर्म अरू केही छैन । यही कुरालाई मनन गरि हाम्रो परम्परागत सामाजिक मान्यता अनुसार हरिहरक्षेत्र, पुनपुन, गया, वैतरनी र काशीमा दिवं...

अनुभूति:: म किन लेख्छु ?

Image
✍️ मुरारीराज मिश्र ‘म किन लेख्छु ?’ यस प्रश्नको ठ्याक्कै उत्तर छैन मसंग । त्यसैले हाेला, यस प्रश्नको जवाफ दिंदा संधै अलमलिन्छु । साँच्चै, “म किन लेख्छु” हाेला ? कतै, आफूलाई नबुझी संसारलाई कसरी बुझ्ने भनेर आफैंलाई बुझ्न लेख्छु कि ? या, आफ्नै अनुभूति, प्रश्न र पीडासँग साक्षात्कार र आत्मसंवाद गर्न पाे लेख्छु ! अथवा, देखेका, भोगेका अनुभव र भेटिएका पात्रहरू, यी सबै आफ्नै स्मृतिमा मात्र सीमित नरहुन् भन्ने चाहनाले पाे भावनाहरूलाई शब्दाकार दिन्छु कि ?  लेखन, मानिस र समाजसंग सम्बन्ध गाँस्ने प्रभावकारी माैन शब्दसम्वाद हाे । लेखाइ, निजी अनुभूति भए पनि सार्वजनिक अभिव्यक्ति हो । लेख्नु भनेको उत्तर दिनु मात्र होइन, प्रश्न जन्माउनु पनि हो । शब्दहरू सशक्त भए तिनले समाजमा चेतना जगाउन र परिवर्तनको बीउ रोप्न सक्छन् भन्ने मेराे धारणा छ । जब लेखक लेख्छ, ऊ समाज र समयसँग बहस गरिरहेको हुन्छ । जीवनको भीडभाडमा देखिने हर्ष, विषाद, अन्याय, करुणा, आशा र निराशाका अनगिन्ती दृश्यहरू लगायतका सबै क्षणहरू क्षणिक हुन्छन; तर शब्दले तिनलाई दीर्घायू बनाउँछ। लघुकथामा म समाजको सानो घटना भित्र लुकेको ठूलो संकेत खोज्छु...

लघुकथा : कुर्सी

Image
✍️ मुरारीराज मिश्र कार्यालयको बैठक कक्षमा राखिएका कुर्सीहरू मिलाउने क्रममा एउटा कुर्सी टेढो देखियो ।  सहयोगी कर्मचारीले नजिकैको साथीसंग भने “यो कुर्सीलाई सिधा बनाउनु पर्छ, नत्र बस्ने मान्छे ढल्छ।” “ढल्ने त कुर्सी पाे हो नि, मान्छे होइन क्यारे !” साथीले हाँस्दै जवाफ दिए । केही बेरमा बैठक सुरु भयो । टेढो कुर्सीमा रमेश अलिक बाङ्गिएर बसेकाे देखिन्थ्यो । एक सहकर्मीले उसलाई व्यङ्ग्य गर्दै भने “रमेशजी, कुर्सीले त तपाईंलाई पनि धनुषटङ्कार गराएछ !” बैठक कक्षमा हाँसो गुन्जियो ।  रमेशले पनि हल्का मुस्कुराउँदै जवाफ फर्कायाे “कुर्सी बाङ्गो परेकाेमा कुनै दुख छैन मित्र ! कुर्सी चाहे जस्तोसुकै हाेस्, त्यसमा बस्नेको आचरण सिधा हुनुपर्छ भन्ने मान्यता छ मेरो ।” रचना: २०८२-१०-२० इ खबरनेट मा २०८२-१२-०७ मा प्रकाशित 

लघुकथा: पुस्तान्तरण

       ✍️ मुरारीराज मिश्र “मरें नि बाबा !” जङ्गलभित्र आवाज गुञ्जियो ।  चरिरहेका खरायोका बथान आवाज आएतिर दाैडिए । रक्ताम्य टाउको समातेर एउटा खरायो आँपकाे रुखकाे छेउमा लडिरहेको थियो । रुख नजिकैको चाैरमा बाँदरका झुन्ड पाकेका आँप स्वाद लिएर चुसिरहेका थिए । “कसरी टाउको फुट्याे हँ तेरो ?” बुढा खरायोले घाइतेलाई साेधे । “यता खेल्दै थिएँ, यी बाँदरले आँप झार्न हानेका ढुंगाको झटाराेले लागेर फुट्याे ।” घाइतेले जवाफ दियाे । “तिमीहरूका कारण यसको टाउको फुटेछ, त्यसैले, ओैषधी उपचार गराउने र क्षतिपूर्ति तिर्नु तिमीहरूकाे कर्तव्य हाे !” बुढा खरायोले बाँदरहरूतर्फ हेर्दै भने । देख्दैमा रिसाहा झैं लाग्ने एक ढेडु बाँदर जङ्गियाे “किन गर्ने हामीले ? यसलाई ढुंगा ताकेर हानेका हाैं र ?”  ढेडुकाे जवाफमा सहमति जनाउँदै सबै  बाँदरहरू गलल्ल हाँसे । “हेर बाबु, आखिर याे घटना तिमीहरूको कारणले नै भएको हाे । जिम्मेवारी त लिनैपर्छ नि !” बुढा खरायोले सम्झाउँदै भने । “हाम्राे उद्देश्य आँप झार्नु थियो, झारियाे । अरू कताकता के-के भयाे, कसले कसलाई के-के गरे हामीलाई त्यसको के मतलव ?” ढेडुले आँपका...

गजल: शीतकाे थाेपा झैँ

Image
              ✍️ मुरारीराज मिश्र शीतकाे  थाेपा सरी  ढलपल  देख्छु लजायाै कि क्या हाे अलमल देख्छु  ओठ टाेक्दै जब मुसुक्क हाँस्छेउ आफ्नै  मनभित्र  हलचल  देख्छु  रूपको बयान खै कसरी गरूँ पूर्णचन्द्र  झैँ  झलमल  देख्छु निस्कन्छाै जब तिमी बजारमा  सर्वत्र  तिम्रै   छलफल  देख्छु  चैन छैन याे मनमा हिजोआज जताततै  तिमी  हरपल  देख्छु चित्त काटिन्छ जब ती आँखामा  मोती  झैं  आँसु  टलपल  देख्छु ।                  *** गारखापत्र शनिबारमा प्रकाशित २०८२-१२-१४

लघुकथा: ल्यापटप

Image
           ✍️ मुरारीराज मिश्र “हेर त ! सडकपारीकाे त्याे पसलबाट निस्कने तिम्रा दिदी-भिनाजु हैनन् भन्या ?” राजनले पत्नी उमासंग भन्याे । “हाे त नि ! साँच्चै, के किन्न आएछन् त यहाँँ !” रमाले जिज्ञासा मिश्रित जवाफ फर्काइन् । बाटो काटेर पारी पुग्दा दिदी-भिनाजु गइसकेका भएतापनि उनीहरू जिज्ञासावश पसलमा छिर्छन् र साेध्छन् “साहुजी, भर्खरै झाेला बाेकेर यहाँबाट निस्केका दुईजनाले के किनेर गए ?” “के काे किन्नु ! ल्यापटप बनाउन आएका थिए, बनाउनुभन्दा नयाँ किन्नै उचित हुने खालको सामान रैछ ! रकमको जाेहाे गरेर आउँछाैं भनेर गए !” पसलेले उत्तर दियो ।  “उनका घरमा दुई-तीनवटा ल्यापटप थियो त, फेरि किन चाहिएछ अर्काे ?” राजनले पत्नीसंग भन्याे ।  याे सुनेर पत्नीभन्दा अगाडि नै पसले जवाफ फर्कायाे “अँ, थियो रे ! खै, कुनै नातेदारले केही दिनकाे लागि जरुरी पर्‍यो भनेर लगेकाे रैछ, सात-आठ महिना बित्दा पनि फर्काएनछ । के गर्नु, आफन्त रिसाउने डरले मुख खाेलेर माग्न पनि सकिएन भनेर आपसमा कुरा गर्दैथे ।” पसलेकाे भनाइ सुनेर उमाले पतिसंग भनिन् “सुन्नुभयाे नि ! उनीहरूकाे अनलाइनकाे काम छ, अप्ठ्य...

लघुकथा : कमाइ

Image
             ✍️ मुरारीराज मिश्र अस्पतालकाे आइसीयूमा एक अचेत बिरामी भेन्टिलेटरकाे सहायताले जेनतेन श्वास फेर्दै थियो । “सास छउन्जेल आश हुन्छ । नआत्तिनुस्, हामी ठीक पारिहाल्छाैं नि ।” डाक्टरकाे यस्तो आश्वासन पाएका आफन्तहरू, प्रेस्क्रिप्सन र झोलाका-झोला औषधि बोकेर भागदौडमा देखिन्थे । बिरामीका दाइ, भतिजोले ल्याएकाे औषधिको थुप्रो हेर्छन् र हैरानी मिसिएको स्वरमा भन्छन् “मजस्तो तन्दुरुस्त मान्छेले दिनभर लगातार खाएपनि नसकिने यत्रो औषधि, बेडमा मुढाे लडे झैं लडेकाे मान्छेले कसरी खान्छ होला खै ?” भतिजो निरुत्तर हुन्छ ! साँझपख नर्स भित्री बाटो हुँदै फार्मेसी पुगेर झोला बुझाउँछिन् । पसलेले काउन्टरबाट झिकेर एउटा मुठा उनलाई दिन्छ । गेटमा डाक्टर कुरिरहेकाे थियो । नर्सले मुठा आधा पारेर डाक्टरलाई दिन्छिन् । “एउटा बिरामीमै यस्तो कमाइ ! सबै बेड भरिएको भए त हामी छिट्टै करोडपति हुने रैछाैं, कसाे सिस्टर !” डाक्टरले मुठाे समात्दै भन्छ ।                              ****** प्रदीप सापकोटाजीकाे ई-खबर...

नियात्रा : फर्किंदा पनि नसकिएको यात्रा

Image
        ✍️ मुरारीराज मिश्र   यात्रामा जाने तानाबाना बुनिदै थियोे । अनायास मनले प्रश्न गर्‍याे “तँ यात्रा किन गर्छस् ? प्रकृतिलाई नजिकैबाट नियाल्न ? ईश्वर भेट्न ? कि आफूलाई आफूले नियाल्न ?”  यात्रालाई कहिल्यै यसरी गहिरिएर नसाेचेकाे म, आफ्नै मनले साेधेकाे प्रश्न सुनेर झस्किएँ ! साेच्न लागें “साँच्चै, म किन घर छाेडेर समयसमयमा यात्रामा निस्कन्छु ? मेराे यात्राको उद्देश्य के हाे ? यात्राले मलाई बोलाउँछ कि म नै यात्रामा गइरहेको हुन्छु ? यात्राबाट मैले के पाउँछु ? के गुमाउँछु ? मनमा यस्तै-यस्तै प्रश्नहरूको लाइन लाग्छ । यसअघिका यात्रा अगाडि, मनमा यस्ता भावनाहरूकाे कम्पन आएका थिएनन् तर आज भने स्पष्टै महसुस गरिरहेको थिएँ । यात्राको प्रत्येक पाइला, मनको एउटा तह खोलिँदै जाने प्रक्रिया जस्तै लाग्छ मलाई ! “जीवन पनि यस्तै हैन र ? कहिले अघि बढ्छ कहिले  रोकिन्छ, फेरि बढ्छ । कहिले उफ्रिन्छ कहिले शान्त हुन्छ ।” मनले फेरि प्रश्न गर्छ । यात्रा संधै नयाँ ठाउँकाे मात्रै हुँदैन । कहिले रहरले त कहिले करले पनि यात्रामा जानुपर्ने हुन्छ । पहिले पुगेका स्थानमा पनि पटकपटक गइन्छ । न...

संस्मरण:

Image
"वागमतीकाे निर्मलता र गुहेश्वरी वरिपरिकाे परिवेश"                                  ✍️ मुरारीराज मिश्र बाल्यकालका केही दृश्यहरू यस्ता हुन्छन्, जसलाई स्मृतिले समयसँगै झिनो पार्दैन, बरु अझ प्रखर तुल्याउँछ । गुहेश्वरी मन्दिर र वरिपरिको परिवेशसँग जोडिएका मेरा केही स्मृतिहरू पनि यस्तै छन् । हरेक पटक सम्झिँदा तिनले हरियाली दृश्य, माटोको सुगन्ध, निर्मल पानीको चिसोपन र विश्वासको पवित्रता समेटेर ल्याइदिन्छन् । पचास-बाउन्न वर्ष अघिको समय । गुहेश्वरी मन्दिरको उत्तरी र पूर्वी किनार, आज जहाँ घर, बाटो र पसलले भरिएको छ, त्यो बेला हरियालीले ढाकिएको थियो । वागमती पारि फैलिएका खेतहरू मानौँ आकाशबाट झरेका हरिया ओछ्यानजस्तै देखिन्थे । धान, गहुँ, आलु र अन्य तरकारीका बालीहरू ऋतु अनुसार खेतमा लहराइरहेका हुन्थे । फाट्टफुट्ट रहेका माटोले बनेका झुपडी र परालका छाना प्रकृतिको विशाल काखमा बास बसेका शिशुजस्तै लाग्थे । त्यो समय वागमती शुद्ध र पारदर्शी थियो । हामी त्यही पानी पिउन्थ्यौं, नुहाउँथ्यौं, कपडा धुन्थ्यौं । असला, सिङ्गे, हिले ज...

लघुकथा: मृत्युु

Image
            ✍️ मुरारीराज मिश्र “हा हा हा हा…” मार हान्नै लागेकाे बेला अचानक अनाैठाे प्रकारको हाँसोकाे आवाज सुनिएपछि खुकुरी समातेका उसका दुबै हात राेकिए । एकजनाले पछाडिबाट दुईटै खुट्टा समातेको, दाेस्राेले घाँटीमा डाेरीले बाँधेर तानिरहेकाे र तेस्रोले गर्धनमा खुकुरीकाे मार हानेर काटिनै लागेको अवस्थाकाे खसी खित्का छोडेर हाँस्दैथ्याे । त्याे देखेर खुकुरी उज्याएको मानिसले आश्चर्य मान्दै सोध्यो "ए खसी ! मृत्युको मुखमा पर्न लागेको बेलामा पनि तँ किन यसरी हाँसेको हँ ?" “तिमीहरूको भविष्य सम्झेर हाँसेकाे हुँ” खसीले जवाफ दियो । “हाम्रो भविष्य सम्झेर रे !” उसले नबुझेको भावले खसीलाई हेर्‍यो । खसीले भन्यो "हेर मनुज  ! मैले जीवनमा कसैलाई सताएको, रुवाएको, चित्त दुःखाएको, लुटेको र ठगेको छैन । केवल घाँस-पात खाएर जीवन बिताएको छु र पनि मलाई यस्तो दर्दनाक मृत्यु मिल्दैछ ! अब तिमी नै साेच त, दिन-रात मजस्ता निरपराध प्राणीलाई मार्ने तिमीजस्ता हृदयहीन निर्दयी मनुष्यको मृत्यु कस्तो होला ? त्यै साेचेर हाँस्दैछु !" (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं-७) दायित्वमा प्रकाशि...

अक्षयतृतीया र वायुदेवताकाे कुलपूजा

Image
                  ✍️ मुरारीराज मिश्र कुलपूजा एउटा धार्मिक संस्कार हो । मानवले व्यवस्थित बसोबास सुरु गरेपछि  आफ्ना पुर्खाहरूले मान्दै आएका देवीदेवतालाई नै कुलदेवता मानेर पूजाआजा गर्दै आएको मान्न सकिन्छ ।  पहिले व्यक्तिसंग प्रशस्त जग्गा जमिन हुन्थ्यो । त्यही अनुपातमा अन्नपातकाे उब्जनी हुने भएकालेे जीवनयापन सहज थियोे । बिस्तारै बिस्तारै उ बसिरहेको ठाउँमा जल-जङ्गल, जमिन र कृषि उत्पादनकाे कमी हुँदै गयाे । मानिसहरूले नयाँ अवसरको खोजीमा बसाइँसराइ गर्न थाले । मूल थलाेबाट टाढा भएको कारण कतिपय अवस्थामा संधै आफ्नो मूल थलाेमा हुने कुलपूजामा सरिक हुन व्यक्तिलाई अनुकूलता मिलेन । त्यसैले मानिसले जहाँ घर बनाएर बस्याे, जहाँ श्राद्ध लगायत विविध धार्मिक कर्म गर्दै आयाे त्यसै ठाउँमा सम्भव भएसम्मका आफ्ना वंशज (कुलभित्रका जूठाे-सुत्केराे लाग्ने) दाजुभाइ जुटेर कुलपूजा गर्ने चलन चलाउँदै गयाे । यसरी एउटै वंशमा पनि विविध स्थान र देवतालाई मानेर कुलपूजा गर्ने चलन चल्दै आएको हाे । कुल भनेको वंश हो र पूजा भनेको श्रद्धा हो । यस अर्थमा, सकेसम्म एकै ठाउँमा जम्मा भए...

लघुकथा : आस्था

Image
             ✍️ मुरारीराज मिश्र “ओहाे ! घाेर अनर्थ भयाे !” “मान्छेभित्र धर्म मरेपछि कस्काे के लाग्छ ?” “भगवानकाे यस्तो अनादर ! यस्ता अधर्मीले त नर्कमा पनि ठाउँ पाउन्नन् ।” मन्दिर छिर्दै गर्दा, फर्किरहेका हरूबाट यस्तै-यस्तै कुरा सुनेकाे उसले, नजिकैकाे मानिससंग जिज्ञासा राख्यो “हैन, भित्र के भएको रहेछ ?” “भीडका कारण देख्न त पाइएन, तर भगवान्‌काे मूर्तिमा एकजनाले खुट्टाले फूल चढायाे भनेर पुजारी लगायतले उसलाई पिट्दै छन् रे !” “अहाे ! याे त साह्रै नराम्रो पाे भएछ !” यति भन्दै उ भीड छिचोल्दै मूर्तिकाे छेउमा पुग्यो । वरपर हातमा लठ्ठी लिएका पुजारीगण देखिन्थे । त्यहीँ अगाडि एउटा युवक रक्ताम्य अवस्थामा लडिरहेको थियोे । उसले अझै नजिकै पुगेर राम्ररी नियालेर हेर्‍यो, उसको दुबै आँखा विस्फारित भए ! लडिरहेको रक्ताम्य साे युवक उसको परिचित र जन्मजात नै दुवै हात विहीन ब्यक्ति थिए ! (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७) https://youtu.be/XD2MLU2povw?si=lSYpn9WRyybXxBI7

लघुकथा : समवेदना

Image
              ✍️ मुरारीराज मिश्र, (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं-७) फेसबुक चलाउँदै गर्दा उनका आँखा समवेदना लेखिएको एउटा तस्बिरमा ठाेक्किए ! मृतककी देवरानीले लेखेको तस्बिर सहितकाे उक्त समवेदना पढदै जाँदा उनका मानसपटलमा अतितका केही दृश्यहरू झल्झली आए । तिनै देवरानीले दुई-तीन महिना अघि बाटोमा भेट्दा उनीसंग भनेकी थिइन् “हेर्नुस् त नानी ! याे घाेरमुखी, कर्कसा, दुच्छर र दुर्मुखाले जथाभावी चुक्ली लगाएर मलाई घरमा टिक्नै नदिने भई । याे मरेपछि घाेर नर्कमा पराेस् । कालले पनि किन लाँदैन हाेला खै यसलाई !” यति मात्र हाेइन, उनीसंग जहाँ भेट्दा पनि हरेक पटक जेठानीकाे बदख्वाईं र बेइज्जत गर्ने गर्थिन् । उनको भनाइलाई आधार मानेर भन्नुपर्दा, याे संसारमा उनको सबैभन्दा ठूलो शत्रु काेही छ भने त्याे उनकाे जेठानी नै थिइन् । समवेदना पढेर सिध्याउँदै गर्दा उनी फिस्स हाँसिन् ।लेखिएको थियोे “… मेरो अत्यन्तै प्रीय, मृदुभाषी, सज्जन, सहयोगी र आमा समान मायालु दिदीकाे निधनले मलाई टुहुराेपनाकाे आभाष भएकाे छ…उहाँको बैकुण्ठबास हाेस्…हार्दिक श्रद्धाञ्जली।”       ...

जुठो सुतक

Image