Posts

प्रार्थना

आएँ प्रभु म द्वारमा तिम्रो, दर्शनको लिइ इच्छा । दिव्य रुपकाे दर्शन देऊ, गरिरहेछु प्रतिक्षा ।। प्रभु म, गरिरहेछु प्रतिक्षा ... बाल्यकालमा ज्ञान भएन तिम्रो दर्शन गर्ने । ध्यान रहन्थ्याे केवल खेल्ने, कुद्ने, भुँडी भर्ने ।। `मै हुँ भनेरै´ बित्यो जवानी, तन्‌मा बुढ्याैली छायाे । बिना सहारा हिंड्न सक्दिन, कस्तो बेला आयो !! प्रभु याे, कस्तो बेला आयो !! आएँ प्रभु म द्वारमा तिम्रो ....... बाेली अप्रष्ट, दृष्टि धमिलाे, श्रवण शक्ति हरायो । भूल भयाे के ! भन हे विधाता, के ले यस्तो गरायो ! धर्म कर्म त पछि गरुँला, भन्दै टारें पहिले । गल्ती गरेछु, माफि देऊ, भनि रुँदैछु अहिले ।। प्रभुजी, संधै रुँदैछु अहिले । आएँ प्रभु म द्वारमा तिम्रो .......                                            ✍️ मुरामि

लघुकथा: विडम्बना ✔️

      ✍️ मुरारीराज मिश्र, देशकाे सबैभन्दा बढी बिक्ने पत्रिकामा पृष्ठ भरिकाे रंगीन समवेदना छापिएकाे थियो । पत्रिका पढ्दै गरेका रमेशलेे त्याे देखेर साेचे "पचास-साठी हजारभन्दा कममा त पक्कै छापिएन हाेला याे समवेदना !" "हैन, के साेच्दै हुनुहुन्छ मित्र ?" उनका साथीले यसैबेला काेठामा पस्दै साेधे । रमेशले समवेदनाकाे बारेमा आफ्नो मनमा आएको कुरा साथीलाई बताए । "कुन जमानामा हुनुहुन्छ मित्र ? म पनि पत्रिकासंग सम्बन्धित भएकाले जान्दछु कि यस्ताे विज्ञापनकाे पत्रिका अनुसार दशाैं लाखसम्म पर्न सक्छ !" "ओहो ! दान दातव्यबाट जेनतेन चल्दै आएका हाम्राजस्ता आधा दर्जन बृद्धाश्रम र अनाथालयलाई त याैटै समवेदनाकाे रकमले बर्षभरीकाे रासनपानी पुग्ने रहेछ नि !" रमेशले सुस्केरा हाल्दै भने । (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७) संसार न्यूजमा प्रकाशित

लघुकथा : प्रतिक्रिया

Image
                ✍️ मुरारीराज मिश्र उसले माेवाइल खाेल्ना साथ "संयुक्त राष्ट्र संघले नेपालकाे फलानो नेतालाई विश्व प्रसिद्ध सम्मान दिने घाेषणा गर्‍यो" भन्ने शीर्षकमा अनलाइनमा समाचार देख्यो । उक्त समाचार आएको आधा घण्टाभित्रै दसौं हजारद्वारा सेयर गरिनुका साथै साे समाचारमाथि उत्तिकै संख्यामा प्रतिक्रिया प्रकट भइसकेको रहेछ ! प्रतिक्रियाहरु हेर्दा, नेता र साे पार्टीका पक्षधरबाट साह्रै सकारात्मक र बिपक्षका बाट अति नै नकारात्मक बिचार व्यक्त भएका देखिन्थे । उसलाई ज्यादै खुल्दुली लाग्याे, आखिर नेताले सम्मान पाउनु र यस्ता प्रतिक्रिया आउनुको कारण के रहेछ ! उसले समाचार पढ्न दिइएको लिङ्कमा थिच्याे । "मानिसमा पढ्दै नपढी प्रतिक्रिया जनाउने प्रवृत्ति बढेको भन्ने बारेमा अध्ययन गर्न हामीले यस्तो काम गरेका हाैं । याे पूर्णत: गलत समाचार हाे ।" भित्र लेखिएको थियोे ।  (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७) लघुकथा संसारमा प्रकाशित   

पाैराणिक कथा : मित्रता

 पाैराणिक कथा : मित्रता                  कृष्णले रुखबाट फल टिपे । फललाई छ टुक्रामा काटेर आफ्नो बानी अनुसार पहिलो टुक्रा सुदामालाई दिए । सुदामाले पहिलो टुक्रा खाए र भने, '`धेरै स्वादिष्ट रहेछ ! यस्तो फल कहिल्यै खाएको थिइन मैले । मलाई थप एक टुक्रा दिनुहोस् ।" सुदामाले दोस्रो टुक्रा पनि पाए । त्याे खाएपछि उनले कृष्णसँग अर्को एउटा टुक्रा मागे । यसैगरी सुदामाले पाँच टुक्रा मागेर खाए । जब सुदामाले अन्तिम टुक्रा मागे, तब कृष्णले भने, '`यो त न्याय भएन नि मित्र ! आखिर मलाई पनि भोक लागेको छ !! म तिमीलाई माया गर्छु, तर तिमी भने मलाई पटक्कै माया गर्दैनौ।'´ यति भनेर कृष्णले फलको टुक्रा मुखमा हाले । तर मुखमा हाल्नासाथ तुरुन्तै थुकिदिए किनकि फल ज्यादै नै तितो र टर्राे थियोे । फल थुकेपछि कृष्णले भने '`हैन सुदामा, तिमी पागल त भएनौ ! यस्तो तितो र टर्राे फल खान कसरी सकेकाे ?´'   सुदामाको जवाफ थियो ‘`जसका हातबाट संधै मिठा फलफूल खान पाइन्छ, उसंग जाबाे एउटा तितो फलको बारेमा कसरी गुनासो गर्ने ? तिमीलाई थाहा नहोस् भनेर सबै टुक्राहरू खान खाेजेकाे थिएँ ...

छाेटा कविताहरु

Image
 जाे संधै आसपास हुन्छ,  छुन्छ,  तर देखिन्न क्षणभर पनि नभई हुन्न  बाचिन्न हाे, त्यस्तै हुनुपर्छ प्रेम अदृश्य हावाजस्ताे ।            ***** (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं) कविता:  अहिले झैँ घाम पहिले पनि लाग्थ्यो पहिले झैँ पानी अहिले पनि पर्छ ऋतु पहिले मात्र हाेइन  अहिले पनि फेरिन्छ  दिनरात सदा झैँ अहिले पनि हुन्छ  सबै कुरा पहिले र अहिलेकाे  उस्तै उस्तै छन्  मात्रै समय केही फेरिएको छ - पहिले  तुषाराे भई पानी जम्थ्याे, अचेल  सम्बन्धहरु जम्न थालेकाछन् । ✍️ मुरामि (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं) हजुरबुबाकाे पालादेखि छहारी दिँदै आएकाे घर अगाडिको ठूलो रुख, विकासको नाममा बली चढाइयाे ! पर्रर्र तालि पिटे सबैले मलाई लाग्याे - जानेर वा नजानेर एउटा सिंगो इतिहास ढलाइयाे !! कविता: जुका ✍️ मुरारीराज मिश्र जुकाहरु, न कहिले बाेल्छन् न कान सुन्छन्  मात्र, गन्ध सुँघ्छन् बिस्तारै जाग्छन् टाउको उठाउँछन् टपक्क टाँसिन्छन् मज्जाले रगत चुस्छन् !! (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं - ७) https://sahit...

गजल

Image
✍️ मुरामि चाेरलाई चाेर भन्न डराउनु पर्ने बेला आयो । ठगलाई साधु भनी सह्राउनु पर्ने बेला आयो ।। मतलवी भए सबै बिना स्वार्थ केही नगर्ने । आफ्नैलाई घुस दिई काम गराउनु पर्ने बेला आयाे ।। उ फटाहा हाे भन्ने कुरा थाहा नभएको होइन । शक्तिमा छ त्यसैले मनपराउनु पर्ने बेला आयो ।। सत्य कुरा बाेल्दा जिब्रो थुतिने डर देखिंदैछ । झूटाे बाेल्न आफैंलाई अह्राउनु पर्ने बेला आयो ।। के नै हुने रहेनछ यहाँ आफूलाई सत्यवादी बनाएर ! सत्यमा अड्छु भन्नेले अब हराउनु पर्ने बेला आयाे ।। कविता संसारमा प्रकाशित 

लघुकथा: बेवकूफ

Image
                   ✍️ मुरामि, "तेराे नेता फटाहा हाे, त्यसले हाम्राेलाई यस्तो तथानाम आराेप लगायाे ।" "अनि तेराेले हाम्रोलाई नानाथरी गाली गरेको चाँहि सुनिनस् तैंले !" तेराे नेता फटाहा हाे ... तेराे नेता छट्टु हाे .... एकै कार्यस्थल भएका एउटै टाेलका दुबैजना साथीहरू कार्यकक्षमै बाझाबाझ गर्दैथिए । लाग्थ्यो, अब केही बेरमा यी दुईका बिचमा हात हालाहाल नै हुन्छ ! "हैन, के काे झगडा हाे तिमीहरूकाे ?" अर्काे सहकर्मीले भित्र पस्दै भने । दुबैले आक्राेसित अवस्थामा आआफ्नो बेलिबिस्तार लगाए । "म भर्खरै रेष्टुरेन्टबाट फर्किंदै छु, त्यहाँको याे दृश्य हेर पहिले । अनि जति बाझ्नु छ बाझ !" आगन्तुक सहकर्मीले आफ्नो माेवाइल दुबैकाे बिचमा राख्दै भने । उनको  माेवाइलकाे भिडियोमा एउटै टेबुलमा कसेर झगडिया ती दुई नेता रक्सीको नशामा लठ्ठीएर हाँस्दै गफ गर्दै गरेका देखिए ।  उनीहरू भन्दैथे "कठै जनता ! हामी आपसमा बाझेकाे साँच्चिकै भन्ठान्दैै रैछन् ! उनीहरुलाई यसरी बेवकूफ नबनाए हामी कसरी राजनीतिमा टिक्ने !" (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७) लघुकथा संसारमा प्...