लघुकथा : प्रतिक्रिया

                ✍️ मुरारीराज मिश्र

उसले माेवाइल खाेल्ना साथ "संयुक्त राष्ट्र संघले नेपालकाे फलानो नेतालाई विश्व प्रसिद्ध सम्मान दिने घाेषणा गर्‍यो" भन्ने शीर्षकमा अनलाइनमा समाचार देख्यो ।

उक्त समाचार आएको आधा घण्टाभित्रै दसौं हजारद्वारा सेयर गरिनुका साथै साे समाचारमाथि उत्तिकै संख्यामा प्रतिक्रिया प्रकट भइसकेको रहेछ !

प्रतिक्रियाहरु हेर्दा, नेता र साे पार्टीका पक्षधरबाट साह्रै सकारात्मक र बिपक्षका बाट अति नै नकारात्मक बिचार व्यक्त भएका देखिन्थे ।

उसलाई ज्यादै खुल्दुली लाग्याे, आखिर नेताले सम्मान पाउनु र यस्ता प्रतिक्रिया आउनुको कारण के रहेछ ! उसले समाचार पढ्न दिइएको लिङ्कमा थिच्याे ।

"मानिसमा पढ्दै नपढी प्रतिक्रिया जनाउने प्रवृत्ति बढेको भन्ने बारेमा अध्ययन गर्न हामीले यस्तो काम गरेका हाैं । याे पूर्णत: गलत समाचार हाे ।" भित्र लेखिएको थियोे ।  *

(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७)
 

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

कालिञ्चाेक यात्राका संस्मरण: