छाेटा कविताहरु

 जाे संधै आसपास हुन्छ, 

छुन्छ, 

तर देखिन्न

क्षणभर पनि नभई हुन्न 

बाचिन्न

हाे, त्यस्तै हुनुपर्छ प्रेम

अदृश्य हावाजस्ताे ।

           *****

(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं)


कविता:

अहिले झैँ घाम पहिले पनि लाग्थ्यो

पहिले झैँ पानी अहिले पनि पर्छ

ऋतु पहिले मात्र हाेइन 

अहिले पनि फेरिन्छ 

दिनरात सदा झैँ अहिले पनि हुन्छ 

सबै कुरा पहिले र अहिलेकाे 

उस्तै उस्तै छन् 

मात्रै समय केही फेरिएको छ -

पहिले 

तुषाराे भई पानी जम्थ्याे,

अचेल 

सम्बन्धहरु जम्न थालेकाछन् ।

✍️ मुरामि

(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं)


हजुरबुबाकाे पालादेखि

छहारी दिँदै आएकाे

घर अगाडिको ठूलो रुख,

विकासको नाममा बली चढाइयाे !

पर्रर्र तालि पिटे सबैले

मलाई लाग्याे -

जानेर वा नजानेर

एउटा सिंगो इतिहास ढलाइयाे !!


कविता:

जुका

✍️ मुरारीराज मिश्र


जुकाहरु,

न कहिले बाेल्छन्

न कान सुन्छन् 

मात्र, गन्ध सुँघ्छन्

बिस्तारै जाग्छन्

टाउको उठाउँछन्

टपक्क टाँसिन्छन्

मज्जाले रगत चुस्छन् !!

(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं - ७)

















https://sahityapost.com/kabyapost/kabya-poetry/147146/

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

कालिञ्चाेक यात्राका संस्मरण: