लघुकथा: उपचार

 ✍️ मुरारीराज मिश्र

"अब सम्पूर्ण बिरामीले अस्पतालमा निशुल्क स्वास्थ्य सेवा पाउनेछन् । अस्पतालका लागि बजेटकाे कुनै कमी हुने छैन । यहाँहरुको सबै समस्याको अविलम्ब समाधान गर्नेछु । याे मेराे वचन भयाे तपाईंहरुलाई ।" अस्पताल निरीक्षणमा आएका नवनियुक्त स्वास्थ्यमन्त्रीले हाैसिंदै भने । 


- बिरामी र कुरुवाहरु उपचार खर्च बच्ने भाे भनेर रमाए ।

- करारका स्वास्थ्यकर्मीहरु स्थायीकाे कल्पनामा हराए ।

- स्थायीहरु बढुवाको आशाले प्रफुल्लित देखिए ।

- पररररर तालि पड्कियाे । 

- राजसी शैलीकाे स्वागत अभिवादन पाएर मन्त्री खुशी हुँदै फर्किए । 



अस्पताल परिसरमा रहेका सबैजना एकछिन अघि मन्त्रीले पस्केका ख्याली पुलाउकाे स्वादमा रम्दै थिए । कुनै बिरामीकाे कुरुवाले सुन्दै गरेकाे एफएममा समाचार बज्याे - "बजेट अभावकाे कारण सरकारले करारमा कार्यरत सबै स्वास्थ्यकर्मीलाई अवकाश दिने निर्णय गरेको छ !" 

(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७)



https://kapanonline.com/archives/155837?fbclid=IwAR3xXXowdeFwWwLwWzMctV9G06EeUORjnC0igJBxyFY27wx24G2r8B6st3s


Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

कालिञ्चाेक यात्राका संस्मरण: