Posts

लघुकथा: पढाइ

Image
        ✍️ मुरारीराज मिश्र, "तीन-चार दिन देखि राम्ररी पढाइ भएको छैन भनेर भन्दैथ्याे छाेरा ! के कारणले हाेला सर ? बुझ्न आएकाे म त !" प्रशान्तले प्रधानाध्यापकलाई प्रश्न गर्‍यो । "त्यस्तो त केही हाेईन, दशै अगाडि विद्यार्थीहरु पनि पढ्ने मुडमा देखिएनन् । निर्धारित काेर्स पनि सकिएको छ त्यसैले उनीहरूका लागि मनाेरञ्जनात्मक कार्यक्रमहरु गरिएकाे हाे ।" प्रधानाध्यापकबाट जवाफ आयाे । "अनि, प्रत्येक साताकाे अन्तिम दिनमा त नियमित पठनपाठन बाहेकका अतिरिक्त क्रियाकलाप मात्रै गराईने गरिएको छ हैन र सर ? उसै पनि विभिन्न बन्द हडतालका कारण यस अघि केही दिन पढाइ छुट्याे !" "त्यसबेलाको क्षतिपूर्ति त शनिबारे बिदाका दिनहरुमा पढाएर गर्‍यौं नि हामीले !" "मेराे जिज्ञासा यहीँनेर हाे सर ! यदि स्कुल खुलेको बेला नपढाउने हाे भने विद्यार्थीकाे मस्तिष्कले आराम पाउनु पर्ने साप्ताहिक बिदाको दिन चाँहि विद्यालय किन खाेल्ने त ?" (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७) सिक्किमेली लघुकथा सङ्ग्रह २०२६ मा प्रकाशित 

लघुकथा: उपचार

Image
 ✍️ मुरारीराज मिश्र "अब सम्पूर्ण बिरामीले अस्पतालमा निशुल्क स्वास्थ्य सेवा पाउनेछन् । अस्पतालका लागि बजेटकाे कुनै कमी हुने छैन । यहाँहरुको सबै समस्याको अविलम्ब समाधान गर्नेछु । याे मेराे वचन भयाे तपाईंहरुलाई ।" अस्पताल निरीक्षणमा आएका नवनियुक्त स्वास्थ्यमन्त्रीले हाैसिंदै भने ।  - बिरामी र कुरुवाहरु उपचार खर्च बच्ने भाे भनेर रमाए । - करारका स्वास्थ्यकर्मीहरु स्थायीकाे कल्पनामा हराए । - स्थायीहरु बढुवाको आशाले प्रफुल्लित देखिए । - पररररर तालि पड्कियाे ।  - राजसी शैलीकाे स्वागत अभिवादन पाएर मन्त्री खुशी हुँदै फर्किए ।  अस्पताल परिसरमा रहेका सबैजना एकछिन अघि मन्त्रीले पस्केका ख्याली पुलाउकाे स्वादमा रम्दै थिए । कुनै बिरामीकाे कुरुवाले सुन्दै गरेकाे एफएममा समाचार बज्याे - "बजेट अभावकाे कारण सरकारले करारमा कार्यरत सबै स्वास्थ्यकर्मीलाई अवकाश दिने निर्णय गरेको छ !"  (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७) https://kapanonline.com/archives/155837?fbclid=IwAR3xXXowdeFwWwLwWzMctV9G06EeUORjnC0igJBxyFY27wx24G2r8B6st3s स्वर्णद्वार, नेपालभाषा त्रैमासिक २०८३ बैशाख -असार अङ्...

लघुकथा: `हत्या याेजना´

     ✍️ मुरारीराज मिश्र `एकदिन हैन दुईदिन हैन, कतिन्जेल सहने हँ ? अब चाहिँ केही उपाय नगरी भएन है हजुर !´ `पख न, कम्तीमा पनि याे पितृपक्षमा त कुनै पाप कर्म गर्न हुन्न क्या !´ `आ..., त्यसाे भनेर कहाँ हुन्छ र ! आफूलाई दु:ख दिनेलाई ठेगान लगाउन पनि के पक्ष, के साइत ?´ `तैपनि, पहिले घरकाे साेह्रश्राद्ध सकाैं न ! अनि चाहिँ केही सजिलो उपाय प्रयाेग गरेर, धेरै कष्ट नहुने गरी माराैंला नि !´ `त्यस्तो सजिलो उपाय त मैले पहिले नै ठीक पारिसकेकाे छु नि हजुर ।´ `ठीक पारिसक्याै रे ! हैन के हाे त त्यस्ताे ?´ `लाै याे हेर्नुस् ! भर्खरै बजारमा आएको, सानो टुक्रा खाने बित्तिकै मरिहाल्ने, "साङ्लो मार्ने" नयाँ खाले बिषादी हाे याे !´ (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं - ७)

लघुकथा: ब्यापार

Image
 ✍️ मुरारीराज मिश्र, अहिले काँक्रा कति छन् हँ तेराे बारीमा ? हाेलसेल ब्यापारी प्रकाशले फाेनमा रमेशलाई साेध्याे ।  सालाखाला पाँचसय किलो जति हाेलान् दाइ !  मलाई सबै पठा न त, अस्तिकै मोल दिन्छु !! अस्तिको मा त घाटा हुन्छ दाइ, लगानी पनि उठ्दैन । अलिकति थप्नु पर्ला है यसपटक ! हेर रमेश, मैैले पनि होला कि भनेर लगानी गर्ने हो ! ढुवानी भाडा तिर्नै पर्‍याे। कति नै बच्छ र ? तर के गर्ने, आफ्नै मान्छे परिस् । ल ल, भैगो पाँचरूपैयाँ थपीदिएँ । पच्चीस रुपैयाँ किलो भन्दा चाँहि दिन सक्दिन है । दिने भए रुटको त्यै बसमा हालेर पठाईदे, नभए अरुलाई नै बेच्नु ! तपाईंले नलिएको भन्ने थाहापाएपछि अरु कसैले पनि किन्दैनन् । यहाँ बजार छैन, बिक्दैन ! के गर्नु खै ! बारीमा कुहाउनु भन्दा त बरु घाटै सहनु बेस् । हुन्छ दाइ, म पठाईदिन्छु । रमेशको कुरा सुनेपछि प्रकाशले तरकारीको थोक ब्यापारीलाई फोन गर्‍याे – ल भाइ, काँक्रो आउने भो । बसवालालाई दुईहजार भाडा दिनु र किलोको सयको दरले मेरो खातामा पठाउनु । उ फोन राख्दै थियोे, उसकी श्रीमती चीया लिएर फत्फताउँदै कोठामा छिरिन् – हैन, कति मात्रै ठग्न सकेका हुन हँ यी व्यापारीले...

लघुकथा: जवाफ ✔️

Image
         ✍️ मुरारीराज मिश्र, 'मसंग तिमीभन्दा धेरैगुना बढि शक्ति छ । ठूलो छु, तर पनि तिमीले जसरी चुपचाप काम फत्ते गर्न सक्दिन । जाेड्न हैन फोड्न मात्रै आउँछ मलाई, त्यो पनि धेरै समय लगाएर मात्र । तिमी सानो छ्यौ, तैपनि छिटो छरितो र सजिलै मैले गर्न नसक्ने काम गर्छेउ ! यस्तो किन हँ ?' उसले प्रश्न गर्‍यो । 'पक्कै पनि तिमी म भन्दा निकै ठूलो र शक्तिशाली छाै । तर आत्मियता र नम्रपना तिमीमा पटक्कै छैन । जोडदैनौ, केवल ताेड्ने स्वभाव छ तिम्रो ! यही कारण तिमीले अरुको मनमा आफ्नो स्थान बनाउन नसकेको हाे । कुनै पनि काम हल्ला गरेर हाेइन, मैले जस्तै चुपचाप मन जितेर गर्न सक्नुपर्छ ।´ साँचोले हथौडालाई जवाफ दियो । (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७) संसार न्यूजमा प्रकाशित २०८२-०९-१९

लघुकथा: जागिरे बुहारी

Image
✍️ मुरारीराज मिश्र, `घरमा परिवारहरु पनि छन्, समयमै खाना पकाएर खुवाउनु पर्छ भन्ने त बुझ्नुपर्छ नि ! यसरी ढिला आएर पनि घर चल्छ ? यस्ता जागिरे त सबै छन् !´ सासुले भनिन् `हाे भन्या आमा ! बल्लतल्ल दुईचार दिनका लागि माइती आयाे, न समयमा खाना, न कसैसँग कुराकानी !´ नन्दले थपिन् । `त्यै त बहिनी ! म अफिसबाट अघि नै आएर बसिसकें, यस्काे भने भर्खर दर्शन पाइंदै छ ! अब कुनबेला खाना पाक्ने हाे, यहाँ आफ्नो पेटमा मुसाे कुदिसक्याे !´पतिले भन्यो । अफिस सकेर काेठामा छिर्न पाएकाे छैन, यसअघि कहिल्यै सुन्न नपरेको आफन्तका यस्ता कुराहरू सुनेर सुशीला जिल्ल परिन् । एकछिन त, के गरुँ कसाे गरुँ भन्ने जस्तो भयाे उनलाई । तत्कालै सम्हालिएर `आज बजार पनि जानुपर्ने थियोे, त्यसैले केही ढिला भयाे, म एकैछिनमा खाना पकाईहाल्छु´ भन्दै काेठामा पसिन् ।  झट्पट् लुगा फेरेर, हातखुट्टा धाेई हतारहतार भान्छामा छिर्दा खानाहरू पाकेर तैयार थियोे ! उनी अचम्म मान्दै यताउता हेर्न थालिन् । एकाएक ढाेकाबाट सासू, पति र नन्द भित्र पसे ।  `जन्मदिनको धेरै धेरै शुभकामना । याे मेरै याेजनामा मञ्चन भएको नाटक थियोे भाउजू ।´ नन्दले फूलको गुच्छा सु...

लघुकथा: प्रतिवेदन

Image
✍️ मुरारीराज मिश्र, `वृद्धाश्रमहरुमा आश्रित प्रायः सबै वृद्धहरु सन्तानकाे अवहेलनाकाे कारण त्यहाँ पुगेका देखिन्छन् ।´  वृद्धवृद्धाहरुकाे जीवनलाई कसरी सहज र आरामदायी बनाउन सकिन्छ भन्ने बारेमा प्रतिवेदन पेश गर्न सरकारले गठन गरेकाे कार्यदलका संयाेजक श्रवणकुमारले, मन्त्रीलाई प्रतिवेदन हस्तान्तरण गर्दै भने । `तपाईंहरुले बढाे मेहेनत गरेर प्रतिवेदन तैयार गर्नुभएको छ, यसलाई म राम्ररी अध्ययन गरि लागू गर्ने प्रयास गर्नेछु ।´ समाज कल्याण मन्त्री दयारामले प्रतिवेदन बुझ्दै घाेषणा गरे । कार्यकक्षमा आएर मन्त्रीले प्रतिवेदन पल्टाए । सुरुमा लेखिएको थियोे `प्रत्येक सन्तानले आफूलाई आफ्ना मातापिताले कस्ता कष्ट व्यहोरेर हुर्काएछन् भन्ने महसुस आफू मातापिता भएपछि गर्नुपर्ने हो । तर, समाजमा देखिएका कतिपय दृष्टान्तले त्यस्तो महसुस गरेको देखिन्न । सन्तान स्वार्थी भएजस्तै मातापिता पनि स्वार्थी भइदिए भने समाज कस्तो होला ?´ उनी पढदै गए `आज हामीले गरेका कर्म र व्यवहारको सिको नै हाम्रा सन्तानले गर्ने हुन् । पछि पछुताउन नपरोस् । जिउँदोमा लात, मरेपछि घिउ-भात भनेझैँ मृत्युपछिको आडम्बरले केही अर्थ राख्दैन ।´ अगाडि ले...