लघुकथा: `हत्या याेजना´

     ✍️ मुरारीराज मिश्र

`एकदिन हैन दुईदिन हैन, कतिन्जेल सहने हँ ? अब चाहिँ केही उपाय नगरी भएन है हजुर !´

`पख न, कम्तीमा पनि याे पितृपक्षमा त कुनै पाप कर्म गर्न हुन्न क्या !´

`आ..., त्यसाे भनेर कहाँ हुन्छ र ! आफूलाई दु:ख दिनेलाई ठेगान लगाउन पनि के पक्ष, के साइत ?´

`तैपनि, पहिले घरकाे साेह्रश्राद्ध सकाैं न ! अनि चाहिँ केही सजिलो उपाय प्रयाेग गरेर, धेरै कष्ट नहुने गरी माराैंला नि !´

`त्यस्तो सजिलो उपाय त मैले पहिले नै ठीक पारिसकेकाे छु नि हजुर ।´

`ठीक पारिसक्याै रे ! हैन के हाे त त्यस्ताे ?´

`लाै याे हेर्नुस् ! भर्खरै बजारमा आएको, सानो टुक्रा खाने बित्तिकै मरिहाल्ने, "साङ्लो मार्ने" नयाँ खाले बिषादी हाे याे !´

(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं - ७)

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

कालिञ्चाेक यात्राका संस्मरण: