लघुकथा : हकदार

✍️ मुरारीराज मिश्र,

स्वर्गबाट प्रकाशित हुने दैनिक पत्रिकामा खबर छापिए बमोजिम, ताेकिएकाे दिन चित्रगुप्तकाे कार्यालयकाे हलमा मानिस जम्मा हुन थाले । 

एक, दुई ... गरी हजारौं नेपाली थुप्रिए । सानो हलमा त्यतिका मान्छे अटाउने कुरै थिएन । भित्र नअटेपछि आगन्तुकहरुले आयाेजकलाई घेराउ गरे । "सम्मानका लागि बाेलाएर हामीलाई बस्ने ठाउँ समेत नदिने !" भन्दै नारावाजी र ताेड्‌फाेड् समेत हुनथाल्याे ।

असहज स्थिति र अराजकता बढ्दै गएपछि चित्रगुप्तकाे मध्यस्थतामा वार्ता टाेली बनेर  तत्कालै छलफल सुरु भयो ।

"हामीले चारजना सहिदकाे सम्मान कार्यक्रम पाे राखेका हाैं त, तपाईंहरुलाई सम्मान गर्ने भनेर कस्ले भनेकाे थियोे र ?" छलफलकाे क्रममा आयाेजकले भने । 

याे सुनेर आन्दोलनकारी टाेलीकाे प्रतिनिधि कड्किंदै बाेल्याे "हामी पनि सहिद हाैं, त्यसैले सम्मानका हकदार हाैं !  लागूऔषध ओसारपसार, डकैती या सवारी दुर्घटनामा, जसरी मरेपनि हामीलाई सहिद घाेषणा गरेकै छ सरकारले ! 

(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७)

लघुकथा संसारमा प्रकाशित

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

कालिञ्चाेक यात्राका संस्मरण: