प्रार्थना : थाहा छैन कहिले हान्छ...

थाहा छैन कहिले हान्छ, यमपाशले धक्का !

अहम् त्यागी बाँच्न सिकाैं, मर्नु पर्छ पक्का ।।


हुँदैन है संधैभरी, एकैनासकाे दिन ।
जे हुनु छ भई नै हाल्छ, व्यर्थै चिन्ता किन ?
मानिसको जिन्दगी हाे, कुमालेकाे चक्का ।
सुखदुःख घुमि-घुमि, आउँछ जान्छ पक्का ।।


ठूलो-सानाे, धनी-गरीब, किन भेदभाव ?
जानुपर्छ खाली हातै, छाेडाैं रिस-राग ।।
धाउनु भन्दा- गुम्बा, मन्दिर, मदिना र मक्का ।
आफैंभित्र खाेज्न थालाैं, ईश्वर मिल्छन् पक्का ।।


थाहा छैन कहिले हान्छ, यमपाशले धक्का !
अहम् त्यागी बाँच्न सिकाैं मर्नु पर्छ पक्का ।।
~~~~~~~~~~~ ✍️ मुरामि ~~~~

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

कालिञ्चाेक यात्राका संस्मरण: