प्रार्थना: चुलियाे अहम्‌ता ...

चुलियाे अहम्‌ता, दाैलत र धनले ।

हरि नाम जप्न, भुलेकाे छ मनले ।।


बिहानै उठे देखि, मन हुन्न शान्त ।

याे तेराे, याे मेराे, संधैकाे लडान्त ।।

पाउन्न रत्ति, आराम् याे तनले ।

हरि नाम जप्न, भुलेकाे छ मनले ।।


छुटाउन खाेज्छु  म लाेभी प्रवृत्ति ।

हरेक दिन बढ्छ, घट्दैन कत्ति ।।

डुबाउन लाग्यो, अहाे ! स्वार्थीपनले ।

हरि नाम जप्न, भुलेकाे छ मनले ।।


आफैं रचेकाे, सेरो र फेराे ।

सर्वत्र देख्छ, मनले अँधेराे ।।

कहाँ मिल्छ शान्ति, भनिदेऊ जनले !

हरि नाम जप्न, भुलेकाे छ मनले ।।

~~~~~~~~~~~~~✍️मुरामि

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

कालिञ्चाेक यात्राका संस्मरण: