छाेटाे कविता : आँखाको धड्कन

आँखाको धड्कन

          ✍️ मुरारीराज मिश्र

मुटु धड्किनु जीवन हो,

आँखा धड्किनु अनुभूति ।


मुटुले रगत बगाउँछ,

आँखाले भावना ।


त्यसैले

कहिलेकाहीँ

छचल्किएको आँखा

धड्किरहेको मुटुभन्दा

धेरै बोल्छ ।

*****

२०८३-०४-२१
























Comments

Popular posts from this blog

यात्रा संस्मरण : "आस्थाकाे यात्राले दिलाएको आत्मबोध"

भोजनको थालदेखि बालबालिकाको सपनासम्म

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता