कविता: चरित्र

हेरेर अनुहार 

कालो या गाेराे

कस्तो छ भित्र 

बुझिन्न सार ।


छाेटाे संगतमा

चिनिन्न मान्छे 

संगतपछि मात्रै 

बुझिन्छ व्यवहार ।


जसलाई दिन्छाैं

ईश्वरकाे दर्जा

उसैमा देखिन्छ 

दानवी संस्कार ।


विनयी बनाउँछ 

भन्थे विद्याले

खै, कसरी बढायो 

मान्छेमा अहङ्कार ?

             ✍️ मुरामि

Comments

Popular posts from this blog

भोजनको थालदेखि बालबालिकाको सपनासम्म

यात्रा संस्मरण : "आस्थाकाे यात्राले दिलाएको आत्मबोध"

संस्मरण: वागमतीकाे निर्मलता र गुहेश्वरी वरिपरिकाे परिवेश