Posts

Showing posts from February 7, 2021

समाजको बिकासमा महिला शिक्षाको महत्व

"अन्नदानं परं दानं विद्यादानमतः परम् । अन्नेन क्षणिका तृप्ति र्यावज्जीवं च विद्यया ॥" (भावार्थ; अन्नदान ठूलो दान हाे भने विद्यादान त्याे भन्दा पनि ठूलो दान हाे । किनकि, अन्नबाट क्षणभर मात्र तृप्ति हुन्छ तर विद्याले आजीवन तृप्त गराउँछ) शिक्षाको महत्व : मानव जीवनमा शिक्षाको महत्व कति छ भन्ने कुरा हामी माथिको श्लोकबाट पनि अनुमान लगाउन सक्छौं । वास्तवमा शिक्षा उज्यालोको त्यो श्रोत हो, जुन उज्यालोले हामी मानवलाई जीवनको बिभिन्न क्षेत्रमा अमूल्य मार्गदर्शन गर्ने गर्छ । शिक्षाले मानवको ब्यक्तित्व निमांणमा सहयोग पुर्‍याउंछ । शिक्षाले नै मानिसभित्र आत्मबिश्वास र सकारात्मक बिचार पैदा गर्छ । जीवनमा अघि बढ्न र सफलता प्राप्त गर्न उचित शिक्षा आर्जन गर्नु सवैको लागि अत्यावश्यक छ । शिक्षा आर्जन नगर्नु भनेको अन्धकारमा बस्नु सरह हो । शायद यहि तथ्यलाई बुझेर होला सभ्यताको बिकासक्रम सँगै मानिसले परापूर्वकालदेखिनै बिभिन्न तरिकाबाट सिक्ने र सिकाउने कार्य गर्दै आएको छ । प्राचिनकालमा गुरुकूल, गुम्वा, मदरसा आदिबाट परम्परागतरुपमा दिईने शिक्षा प्रणाली आधुनिक प्रविधिको बिस्तारसँगै हालः कम्प्युटर युगमा